Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • खानेपानी आयोजना निर्माणमा अवरोध
खानेपानी आयोजना निर्माणमा अवरोध
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन २४, २०७८
tyanki 2
Hardik health
ताप्लेजुङ–खानेपानीको चरम अभावमा रहेको पाथीभरा मन्दिर क्षेत्रका लागि सञ्चालित ताप्लेजुङ सहलगानी खानेपानी आयोजनाको निर्माण कार्यमा अवरोध सिर्जना भएको छ । आयोजना निर्माणको करिब ८० प्रतिशत बढी काम सकिनै लाग्दा ट्यांकीसहित मुख्य संरचना रहने क्षेत्रको जग्गामा विवाद उत्पन्न भएपछि निर्माण नियमित हुन सकिरहेको छैन । करिब चार किलोमिटर तल रहेको मुहानबाट लिफ्टिङ गरी मन्दिरसहित आसपासका बस्तीमा खानेपानी पु¥याउने लक्ष्यसहित नेपाल सरकारको ७० र उपभोक्ता संस्थाको ३० प्रतिशत लागत रहने गरी गत वर्षको कात्तिकदेखि आयोजनाको काम भइरहेको छ । तर, खानेपानीको संरचना तयार भइसकेको जग्गा नै आफ्नो भागमा पर्ने भन्दै उक्त संरचना हटाउन पाथीभरा देवी दर्शन केवलकार प्रालिले निवेदन गरेको छ । प्रालिले गत असार २८ गते संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय इलामलाई संरचना हटाइदिन लिखित निवेदन गरेको हो । पाथीभरा देवी दर्शन केवलकार प्रालिले आफ्नो निजी जग्गा पर्ने भनिएको क्षेत्रमा ५० हजार लिटर क्षमताको एउटा ट्यांकी र पम्प हाउस निर्माण भएका छन् । पटक–पटक उक्त ठाउँमा संरचना नबनाउन निर्माण पक्षलाई मौखिक जानकारी गराउँदा बेवास्ता गरेको प्रालिको निवेदनमा उल्लेख छ । यता निर्माण पक्षका अनुसार आयोजना सम्झौता भई ट्यांकी निर्माणको काम सुरु भएको केही दिनमै पाथीभरा ताप्लेजुङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिद्वारा भएको मौखिक जानकारीपछि करिब एक महिना काम रोकिएको थियो । यस्तै, एक महिनापछि उपभोक्ता समिति र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका इञ्जिनियर पुगेर संरचना बनाउन अर्कै ठाउँ यकिन गरेर देखाएका थिए । उनीहरूले देखाएको ठाउँमा संरचना निर्माणको ५० प्रतिशत काम सकिनै लाग्दा फेरि उपभोक्ता समिति र केवलकार प्रालिका प्रतिनिधि पुगेर काम अघि नबढाउन भनिएको र १ फागुनदेखि १९ जेठसम्म काम स्थगन गर्नुपरेको निर्माण कम्पनी, प्रेरा विष्णु जेभी इलामका प्रतिनिधि नन्दकुमार ओझाले बताए । उनका अनुसार पुनः समितिको निर्देशनअनुसार नै ट्यांकी बनिसकेको छ । जग्गा विवाद आदिले पटक–पटक स्थगन गर्दै लैजाँदा आयोजनामा अवरोध सिर्जना भएको ओझाले बताए । उनका अनुसार मुहान रहने ठाउँ र त्यसपछि एउटा ट्यांकी र पम्प हाउस बनेको ठाउँमा विवाद उत्पन्न भएको छ । अन्य ठाउँको काम सकिनै लाग्दा मुहान क्षेत्र र मुख्य ट्यांकी रहने क्षेत्रको जग्गा विवादले आयोजनाको काममा अवरोध सिर्जना भएको ओझाले बताए । यता उपभोक्ता समितिले भने १० साउनमा बैठक बसी मुहान र कलेक्सन ट्यांकी निर्माण हुने ठाउँको जग्गा पाथीभरा दर्शन केवलकार प्रालिको नाममा रहेकाले उक्त क्षेत्रभित्र कुनै पनि संरचना निर्माण नगर्ने र नगराउने निर्णय गरेको छ । समितिका तर्फबाट जग्गा उपलब्धताका बारेमा नियमित परामर्श तथा पहल भइरहेको तर केवलकार प्रालिका तर्फबाट भने कुनै जानकारी नआएको बैठकको निर्णयमा उल्लेख छ । केवलकार प्रालिले खानेपानी आयोजनाको संरचना हटाइदिन गरेको निवेदनपछि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले जग्गा व्यवस्थापनसहित समस्या समाधान गरेर काम अघि बढाउन उपभोक्ता समितिलाई ४ साउनमा गरेको पत्राचारपश्चात समितिले उक्त निर्णय गरेको हो । खानेपानी आयोजनाको संरचना बन्ने क्षेत्र केवलकार प्रालिको जग्गा परेकाले र केवलकारको समेत मुख्य संरचना त्यही ठाउँमा रहने भएकाले केवलकार प्रालिसँग समन्वय गरी काम अघि बढाउने तयारीमा रहेको उपभोक्ता समितिका अध्यक्ष गोपाल न्यौपानेले बताए । खानेपानीको संरचना अन्यत्रै बनाउने वा सोही ठाउँमै कायम राख्ने भन्ने विषयमा छलफल भइरहेकाले तत्काललाई आयोजनाको अन्य कामबाहेक त्यहाँको काम नगर्ने/नगराउने निर्णय भएको उनको भनाइ छ । जग्गाको विषयमा समस्या हुने अवस्था आएपछि नै समितिले निर्माण पक्षलाई अन्य काम नियमित गर्न तर केवलकार प्रालिसँग समन्वय नहुँदासम्म विवादित ठाउँको काम स्थगन गर्न अनुरोध गरेको उनको भनाइ छ । यता खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले भने खानेपानी आयोजनाका लागि आवश्यक पर्ने संरचना निर्माणका लागि उपभोक्ता समितिले जग्गा उपलब्ध गराउने सर्तअनुसार निर्माणका लागि ठेक्का सम्झौता भई उपभोक्ता समितिले नै उपलब्ध गराएको जग्गामा संरचना बनिरहेको जनाएको छ । काम हुँदै गर्दा पाथीभरा दर्शन केवलकार प्रालिले आफ्नो क्षेत्रभित्र खानेपानीको संरचना बनेको र हटाउन गरेको अनुरोधपछि समस्या समाधानका लागि उपभोक्ता समितिलाई अनुरोध गरिएको खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका इञ्जिनियर रूपक पराजुलीले बताए । समस्या समाधानका लागि केवलकार प्रालिलाई आफ्नो जग्गाको कति नम्बर कित्तामा ट्यांकी र टहरा पर्छ यकिन गर्न र हटाउनुपर्ने कारण खुलाउन लिखित अनुरोध गरिएको उनको भनाइ छ । वर्षौँदेखि खानेपानीको चरम अभावमा परेको पाथीभरा क्षेत्रका बासिन्दा र मन्दिरमा पुग्ने दर्शनार्थी लाभान्वित हुने गरी चालू आर्थिक वर्षमै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अघिल्लो आर्थिक वर्षबाट खानेपानी आयोजनाको काम सुरु भएको थियो । कूल लागत आठ करोड २२ लाख १६ हजार ३६० मध्ये उपभोक्ता संस्थाले ३० प्रतिशत अर्थात् दुई करोड ४६ लाख ६४ हजार ९०८ व्यहोर्ने सम्झौतामा उल्लेख छ । उक्त सम्झौता गत वर्षको १० असारमा उपभोक्ता संस्था र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामबीच भएको थियो । आयोजनाको मुहान फुङलिङ नगरपालिका–१० स्थित डढेले खोल्सीमा पर्छ । मुहानबाट काफ्लेपाटीसम्म ६५ एमएमको जिआई पाइप र मुहानबाट नै मन्दिरसम्म ८० एमएमको अर्को पाइप जडान हुने आयोजनाले जनाएको छ । मुहानबाट मन्दिरसम्मको दूरी झण्डै चार किलोमिटर पर्छ । आयोजनाका लागि ५० हजार लिटरका दुईवटा र ३० हजार लिटरका गरी छ वटा ट्यांकी निर्माण भइसकेका छन् भने हाल पाइप जडानको कार्य भइरहेको छ । पाइप जडान सकिएलगत्तै पम्प र ट्रान्सफर्मर जडानको काम थालिने र केन्द्रीय प्रसारण लाइनको विद्युतसमेत लैजाने कार्य अघि बढ्ने निर्माण पक्षले जनाएको छ । रासस
प्रकाशित मिति: आइतबार, साउन २४, २०७८  ०३:२१
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP