Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • प्रहरीसँग सक्कली हतियार माग
प्रहरीसँग सक्कली हतियार माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन २१, २०७८
aakash adhikari
Hardik health
काठमाडौं– हलिउड/बलिउडजस्ता उद्योगमा चलचित्र छायांकनको क्रममा सक्कलीभन्दा आकर्षक देखिने नक्कली हातहतियारको प्रयोग गर्न दिइन्छ । त्यसकारण चलचित्रमा देखाइने हातहतियार सक्कलीजस्तै लाग्छन् । त्यसले दर्शकमा पार्ने प्रभाव पनि बलियो हुन्छ । त्यसले चलचित्रको प्रभावकारिता वृद्धि गर्दछ । तर, नेपालमा भने चलचित्रमा यस्ता हतियारहरू प्रयोग गर्न प्रतिबन्ध छ । त्यसैले चलचित्र निर्माता तथा निर्देशकहरू साधारण प्लास्टिकका खेलौनालाई फिल्ममा हतियारको रूपमा देखाउने गर्दछन् । जसले गर्दा नेपाली चलचित्रको गुणस्तर नबढेको आरोप खेप्न निर्माता निर्देशकहरू बाध्य छन् । नेपाल चलचित्र निर्माता संघले फिल्म छायांकनका लागि आवश्यक पर्ने हातहतियार प्रयोग गर्न दिन माग गरेको छ । सक्कलीजस्तै देखिने तर, नक्कली हतियारको प्रयोगमाथिको प्रतिबन्ध हटाउन माग गर्दै संघले नेपाल प्रहरीलाई ज्ञापन पत्र बुझाएको छ । संघले नक्कली तर सक्कलीजस्तै देखिने हातहतियार प्रयोग गर्ने वातावरण मिलाउन माग गर्दै प्रहरी प्रधान कार्यालयलाई ज्ञापन पत्र बुझाएको हो । संघका अध्यक्ष तथा फिल्म निर्देशक आकाश अधिकारीले प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामालाई संघको तर्फबाट ज्ञापन–पत्र बुझाएका हुन् । नेपालमा नक्कली हातहतियार आयात गर्ने कम्पनीलाई निश्चित परिधिभित्र राखेर राज्यबाट नियमित रूपमा सुपरीवेक्षण र प्रहरी प्रधान कार्यालयको प्रत्यक्ष निगरानीमा त्यस्ता हातहतियारको प्रयोगलाई संस्थागत गरी छायांकनमा नक्कली प्लास्टिकका हातहतियार प्रयोग गर्ने वातावरण मिलाउन र प्रहरीकै निगरानीमा सक्कली हातहतियार प्रयोग गर्ने अनुमति दिन पनि संघले आग्रह गरेको छ । ज्ञापनपत्रमा निर्माताले छायांकनका लागि हतियारको माग गरेमा प्रहरीले संघसँगको समन्वयमा उपलब्ध गराउने वातावरण मिलाउन सक्ने उपाय पनि सुझाइएको छ । संघले चलचित्रमा आवश्यक पर्ने हातहतियार तथा द्वन्द्वका दृश्यको बारेमा अध्ययन गरेर त्यसको लागि आवश्यक सहजीकरण गर्नसक्ने भएकाले प्रहरी र संघबीचको समन्वयमा त्यस्ता हतियार दिनसकिने उल्लेख छ । उक्त हातहतियार प्रहरीसँग माग भएको तीनदिनभित्र उपलब्ध गराउने वातावरण बनाउन पनि संघले माग गरेको छ । फिल्म छायांकनमा प्रहरी जवानको आवश्यकता परेको खण्डमा २५ देखि ५० प्रतिशत जवान उपलब्ध गराउनुका साथै प्रतिव्यक्ति ५ हजारबाट घटाएर १ हजार शुल्क कायम गर्न, छायांकनमा प्रहरीको भ्यानका लागि बुझाउनु पर्ने शुल्क घटाएर १ हजार वा १५ सय कायम गर्न पनि संघको माग छ । प्रहरी नायव महानिरीक्षक लामाले संघको माग पूरा गर्न प्रयास गर्ने आश्वासन दिएको अध्यक्ष अधिकारीले जानकारी दिएका छन् ।
प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  ०३:३३
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
पारिवारिक कथामा बन्यो ‘हर्ष’
पारिवारिक कथामा बन्यो ‘हर्ष’ बिहीबार, कात्तिक २०, २०८२
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा बिहीबार, कात्तिक २०, २०८२
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक बुधबार, कात्तिक १९, २०८२
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त मंगलबार, कात्तिक १८, २०८२
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा मंगलबार, कात्तिक १८, २०८२
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै आइतबार, कात्तिक १६, २०८२
नेपालकै पहिलो इम्प्रभ कमेडी शो  प्रसारण शुरु
नेपालकै पहिलो इम्प्रभ कमेडी शो प्रसारण शुरु आइतबार, कात्तिक १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP