Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • मेलम्चीका बाढीपीडित फेरि विस्थापित
मेलम्चीका बाढीपीडित फेरि विस्थापित
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन १८, २०७८
Hardik health
मेलम्ची– भ्रेमाथाङमा गत असार १ मा बाढीसँगै आएको पहिरोले क्षति पुर्‍याएको ४७ दिनपछि मेलम्ची खोलामा फेरि बाढी आएर २० घर र करोडौँ मूल्यका खेत बगाएको छ । बिस्तारै सामान्य स्थितिमा आउन लागेका हेलम्बु र मेलम्चीका बाढीपीडित फेरि विस्थापित भएका छन् । हेलम्बु– १ का आशा लामा भन्छन्, ‘बस्ने ठाउँ नभएर होस्टेलमा बसेका थियौँ यहाँ पनि जोखिम बढ्यो अब कहाँ बस्ने ?’ उनीजस्तै ९० परिवारको घर असार १ को पहिराले पूर्ण क्षति भएर पाल, टहरा र आफन्तकामा आश्रय लिएर बसेका छन् । हेलम्बुकै सरस्वती मगर घाम र पानीका बेला पालमा जीवन गुर्जान गाह्रो भएको गुनासो गर्छिन् । मेलम्ची बजारवासीको पनि उस्तै पीडा छ । केही आफ्ना घर पसल सफा गरी सरिसकेका थिए तर शनिबारको बाढीपछि उनीहरू फेरि सुरक्षित स्थानतर्फ लागेका छन् । शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका २० घरटहरा बगाएको छ । बाढीले रेडियो मेलम्चीको भवन पनि बगाएको छ । पक्की र कच्ची गरी २० घर टहरा बगाएको र तीन घर डुबेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । उनका अनुसार असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर फेरी शनिबार रातिको बाढीले बगाएको हो । ती घर खाली थिए । बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीय हस्त पण्डितले दिएको जानकारीअनुसार राति ७ : ४५ बजे पुल बगाएको हो । मेलम्ची– ७ र ८ पाँचपोखरी– १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एकमात्र विकल्पको यो पुल थियो । पुल बगाएसँगै अब यो भेगमा सवारीसाधनको आवतजावत बन्द भएको छ । त्यस्तै ग्यालथुमको एउटा झोलुङे पुल बगाएको छ । बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ । अहिले ग्याल्थुमका ४० घर जोखिममा परेका छन् । अब मेलम्ची बजारदेखिमाथि कुनै पुल बाँकी नरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिए । खोलामा लेदोसहितको बाढी आएको र बाढी घट्ने, बढ्ने भइरहेको उनको भनाइ थियो । हेलम्बु राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा मेलम्चीबाट हेलम्बुमा सवारीसाधन जान नसकेको त्यहाँका नगरप्रमुख डम्बर अर्यालले जानकारी दिए । बजारवासी आन्दोलित नगरपालिकाले नदी नियन्त्रण गरी बस्ती जोगाउन चासो नदिएको भन्दै मेलम्ची बजारवासी आन्दोलित भएका छन् । आइतबार उनीहरूले नगरप्रमुख र त्यहाँका पदाधिकारी नदी नियन्त्रण गरी बस्ती जोगाउन उदासिन रहेको भन्दै नाराबाजी गरे । बाढी आएको दिनदेखि नगरका प्रतिनिधि आफ्नो क्षतिग्रस्त बस्तीमा नआएको स्थानीय बाढी प्रभावित एवं मेलम्ची पुनर्निर्माण समितिका अगुवा सागर श्रेष्ठले बताए । जोखिम घटने स्थिति छैनः शेर्पा बाढीग्रस्त क्षेत्रको मुहान हेलिकोप्टरमार्फत पुगेर अनुगमन गरी काठमाडौं फर्किएका गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले तत्काल पहिरोको जोखिम घटने स्थिति नभएको बताए । मेलम्ची करिडोरका बासिन्दालाई तत्काल अन्यत्र सुरक्षित ठाउँमा सार्नुको विकल्प नभएको उनको भनाइ थियो । लेदो भीमथाङबाट बग्ने क्रम जारी छ, वैकल्पिक बसोबासका लागि म प्रयासरत छु, यही क्रममा गृहमन्त्रीसँग वस्तुस्थितिको जानकारी गराइसकेको छु । ‘प्रधानमन्त्रीसँग समेत भेटेर जानकारी गराउनेछु,’ उनले भने, ँत्यहाँको पहिरो रोक्नका लागि सरकारले विज्ञ पठाएर अनुसन्धान गर्नुपर्ने उनको माग थियो । विज्ञसहितको टोली भेम्राथाङ पठाइने गृहमन्त्री बालकृष्ण खाँणले मेलम्ची नदीमा आएको भीषण बाढी र पहिरोबारे अध्ययन गर्न विज्ञको टोली पहिरो उद्गमस्थल भ्रेमाथाङ पठाउन निर्देशन दिएका छन् । बाग्मती प्रदेशसभा सदस्य निमा लामाका अनुसार पहिरोको उद्गमस्थल पुगेर त्यहाँको अवस्थाबारे अध्ययन गर्न राष्ट्रिय विपद् व्यवस्थापन न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललाई गृहमन्त्री खाँणले निर्देशन दिएका थिए । चनौटेमा तत्काल बेलिब्रिज निर्माण गरिने हेलम्बु गाउँपालिकालाई सडक सञ्जालसँग जोड्ने चनौटेको रातोपुलको स्थानमा तत्काल बेलिब्रिज निर्माण गरिने भएको छ । बाढीले आइतबार बिहान सो पुल बगाएको थियो । नेपाली कांग्रेसका नेता तथा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाल सरकारको सहयोगमा तत्काल आवतजावतका लागि सहजीकरण गर्ने उद्देश्यले बेलिब्रिज निर्माणका लागि पहल गरिने बताए । बाढीबाट भएको क्षतिबारे प्रधानमन्त्री तथा गृहमन्त्रीलाई जानकारी गराइएको बताउँदै उनले तत्काल पुल निर्माण सुरु गरिने प्रतिबद्धता व्यक्त गरे ।
प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  ०३:१७
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
राज घिमिरे
राज घिमिरे
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP