Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • वीरमा स्वास्थ्यकर्मी र प्रहरीबीच झडप
वीरमा स्वास्थ्यकर्मी र प्रहरीबीच झडप
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन १८, २०७८
Bira
Hardik health
काठमाडौं– वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि आइतबार दुई पक्षबीच झडप भएको छ । कोरोना भाइरस (कोभिड–१९)विरुद्ध अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी र कर्मचारीले केहीदिन पहिलेदेखि अस्पतालमा परिसरमा प्रदर्शन गरिरहेका छन् । कोरोना महामारीको समयमा सरकारले उपलब्ध गराउने भनेको जोखिम भत्ता पाउनुपर्नेलगायतका मागसहित उनीहरू आन्दोलित बनेका हुन् । सोमबार आन्दोलनरत स्वास्थ्यकर्मी तथा कर्मचारीले अस्पतालका प्रशासकीय अधिकृत डा.जागेश्वर गौतमविरुद्ध प्रदर्शनमा उत्रिएका थिए । त्यसक्रममा स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रहरीले लाठीचार्ज गरेर घाइते बनाएको आन्दोलनरत कर्मचारी दीपक मुडभरीले बताएका छन् । झडपका क्रममा चार जना घाइते भएको उनले जानकारी दिए । सरकारले कोभिड १९ नियन्त्रणसम्बन्धी अध्यादेश ल्याई वीर अस्पताललाई कोभिड युनिफाइड अस्पताल बनाउने घोषणा गरी डा. गौतमलाई प्रमुख नियुक्त गरेको थियो । तर, त्यसपछि अस्पतालको सेवामा कुनै सुधार नभएको बरु आर्थिक अनियमितता भएको भन्दै स्वास्थ्यकर्मी र कर्मचारी प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले आठ महिनादेखि कोभिड–१९ जोखिम भत्ता लगायतका विभिन्न भत्ता नपाएको पनि बताएका छन् । आठ महिनादेखि रोकिएको सेवा विस्तार भत्ता, औषधि उपचार भत्ता, कोभिड–१९ जोखिम भत्ता पाउनु पर्ने उनीहरूको माग छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीको लागि आवश्यक रकम निकासा गरे पनि समयमै वितरण नभएपछि गएको आर्थिक वर्षमा सो रकम त्यत्तिकै फ्रिज भएको थियो । मन्त्रालयले वीर अस्पताललाई कोभिड बिरामीको उपचारका तथा स्वास्थ्य सामग्री खरिद लागि पठाएको दुई करोड मात्रै खर्च गरेर बाँकी ३८ करोड रूपैयाँ फ्रिज भएको थियो । कोरोनाको पहिलो लहरदेखि फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी तथा सफाइकर्मीलगायतका कर्मचारीले जोखिम भत्ता र ओभरटाइम काम गरेबापतको अतिरिक्त रकम तथा सधैँ खाइपाइ आएको औषधि उपचार खर्चसमेत नपाएको आन्दोलनरत पक्षको भनाइ छ । महामारीमा दिनरात खटिए काम गरे पनि जोखिम भत्ता नपाएकाले बाध्य भएर काम छाडेर आन्दोलनमा उत्रिएका नर्स सीता भुसालले बताइन् । ‘कोरोना बिरामीको चाप हुँदा हामीले दिनरात खटिएर बिरामीको सेवा ग¥यौँ,’ उनले भनिन्, ‘डा.बाहिर–बाहिरबाट हेरेर जान्थे उनीहरूले जोखिम भत्ता पाए तर हामीले पाएनौँ ।’ उनीहरूले आफूहरूले पाउनुपर्ने रकम दिन निरन्तर आग्रह गर्दा पनि सुनुवाइ हुन नसकेपछि आन्दोलन गर्नुपरेको बताउँदै आएका छन् । भत्ताको माग गर्दा अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. गौतमले प्रहरी बोलाएको आन्दोलनकारीहरूले आरोप लगाएका छन् । आक्रोशित उनीहरूले जोखिम भत्ता माग गर्दै गौतमको राजीनामा समेत माग्दै चर्को नाराबाजी गरेका थिए । स्वास्थ्यकर्मीले सेवा सुविधा माग गरेर आन्दोलन गर्दा अस्पतालको सेवा प्रभावित भएको छ । अस्पतालको सेवा खटिने स्वास्थ्यकर्मी र कर्मचारी नै आन्दोलनमा उत्रिएपछि बिरामीको हेरचाहमा कमी आएको बिरामीका आफन्तहरूले बताएका छन् । बिरामीको हेरचाहमा खटिनुपर्नेहरू नै आन्दोलनमा उत्रिएपछि उचित हेरचाह हुन नसकेको भन्दै बिरामी र उनका आफन्तहरू अत्तालिएका छन् । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरू आन्दोलनमा उत्रिरहेका बेला अस्पताल प्रशासनले भने उनीहरूले घोषित सबै भत्ता पाउने जनाएको छ । कोरोनाको पहिलो लहरदेखि नै फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी र कर्मचारीले तलब नपाएको स्वीकार गर्दै अस्पताल प्रशासनले अब चाँडै सबैलाई तलब तथा भत्ता उपलब्ध गराउने बताएको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. गौतमले स्वीकारे क्रमशः स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । अस्पताल यही ढंगले अझै ३ महिना जति सञ्चालन भएमा क्रमशः सबै फ्रन्टलाइनर स्वास्थ्यकर्मीले जोखिम भत्ता पाउने उनको भनाइ छ । उनले अस्पतालले बाध्यताबस भत्ता उपलब्ध गराउन नसकेको स्पष्टीकरण दिएका छन् । ‘अस्पतालले कमाएपछि क्रमशः भत्ता दिन्छ, पहिलैदेखि जोखिम भत्ता पाउनु भएको रहेनछ,’ उनले भने, ‘अस्पतालले दिनै नसक्ने स्थितिमा कसरी भत्ता दिने ? तर, अस्पतालले अब क्रमशः भत्ता दिन्छ, नियमित तलब सबैले पाउनु भएको छ, सुनियोजित ढंगले मेराविरुद्ध आन्दोलन भएको छ ।’ अस्पतालले क्रमशः गति लिँदै गरेको अवस्थामा केही स्वार्थ समूहले अनावश्यक लफडा गर्न उक्साइरहेको उनको आरोप छ ।
प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  ०३:११
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
राज घिमिरे
राज घिमिरे
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP