Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • तीन सय वर्ष पुरानो गुरुकुलमा दैनिक रुद्राभिषेक पूजा
तीन सय वर्ष पुरानो गुरुकुलमा दैनिक रुद्राभिषेक पूजा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन १७, २०७८
Gurukula
Hardik health
जलेश्वर– महोत्तरी जिल्लाको ३०३ वर्ष पुरानो गुरुकुल परम्पराको विद्यालयमा दैनिक रुद्राभिषेक पूजा हुने गर्दछ । नेपालको गुरुकुल परम्परा धानिरहेको यस विद्यालयको आर्थिक अवस्था राम्रो नभए पनि बटुक र विद्यालय परिवारले अनुदान मागेरै भए पनि दैनिक रुद्राभिषेक पूजालाई भने निरन्तरता दिएका छन् । विसं १७७५ मा स्थापित बालागुरु षडानन्दलेसमेत पढेको देशकै सबैभन्दा पुरानो श्री राजकीय संस्कृत विद्यालय मटिहानी, महोत्तरीमा अध्ययनरत बटुक (विद्यार्थी) निश्चल अधिकारी विगत चार वर्षदेखि दैनिक बिहान ४ बजे नै उठ्ने गर्छन् । अँध्यारो, वर्षा, गर्मी या जाडो कुनै समयको पनि प्रवाह नगरी निश्चल प्रतिदिन बिहान ४ बजे नै उठेर आफ्नो नित्यकर्म गरी रुद्राभिषेक (भगवान् शिवको विशेष पूजा) का लागि फूल टिप्न फूलबारी पस्छन् । अरु बटुक जाग्नुभन्दा पहिले निश्चलले फूल टिपेर गुरुकुलको शिव भवन (रुद्राभिषेक हुने कोठा) मा पुगिसक्छन् । यस गुरुकुलमा अध्ययनरत उनी जस्तै अर्का बटुक खगेन्द्र उपाध्याय पनि एकाबिहानै उठेर आफ्ना नित्यकर्म गरी रुद्राभिषेकका लागि विशेष कक्ष (मन्दिर), शिवलिंग तथा शिवलिंग राखिएको भाँडाको सरसफाइमा जुट्ने गर्दछन् । खगेन्द्रले दैनिकरूपमा भगवान् शिवको रुद्राभिषेक पूजामा प्रयोग भएका फूल, चन्दन, धुप, अगरबत्ती, गंगाजल र अन्य भोग (प्रसाद) का अवशेष बटुलेर शिवलिंगलाई चोख्याउने र शिव भवनलाई दैनिकरूपमै पवित्र पार्ने काम गर्दछन् । विगत चार वर्षदेखि निरन्तररूपमा रुद्राभिषेक हुँदै आएको यस गुरुकूलमा अध्ययनरत अर्का बटुक अजित मिश्रले रुद्राभिषेक पूजाका लागि बटुक बस्ने आसनी ओछ्याउने, सरसफाइ गराउने र पूजापश्चात् पुनःआसनी उचित स्थानमा राख्ने काम गर्दछन् । उनीहरूजस्तै यस विद्यालयमा अध्ययनरत बटुक ब्रजभूषण झा, हरिमोहन झालगायत कैयौँ बटुक नित्य हुने रुद्राभिषेक पूजाका लागि केही न केही जिम्मेवारीमा बसेर नित्यदिन भगवान् शिवको आराधना गर्दै आएका छन् । गुरुकुलको परम्पराअनुसार पूजापाठबाटै दिनचर्या सुरु हुने यस विद्यालयका सबै छात्रछात्रा रुद्राभिषेक पूजाको तयारीपश्चात् शिव कक्षमा विराजवान शिवलिंगलाई गंगाजलले स्नान गराई, चन्दन, फूल, प्रसादलगायत वस्तु सिँगारेर रुद्राभिषेक पूजा सुरु गर्ने गरेको विद्यालयका प्राधानाध्यापक ईश्वरी पौडेलले बताए । शिवलिंगका अगाडि दुई लहरमा बटुक बस्छन् र एकै स्वरमा सुरु गर्दछन् रुद्राभिषेक जप । यो जप गर्दा बटुकको मधुर कण्ठबाट निस्केको पवित्र ध्वनिले गुरुकुलसहित वरपरको वातावरण नै धार्मिक एवं पवत्र हुने गर्दछ । बटुकले बिहान नित्य मन्त्र पढ्न थालेपछि गुरुकुलसहित वरपर सबैतिरका व्यक्तिको ध्यानाकर्षण हुनुका साथै यहाँको वातावरण नै शिवभक्तिमा डुबेको महसुस हुन्छ । बिहाने ५ः३० बजेदेखि सुरु हुने रुद्राभिषेक पूजा दैनिक दुईदेखि अढाइ घन्टासम्म चल्ने गर्दछ । सो अवधिभर यस गुरुकुलका सबै शिष्य, गुरु र गुरुकुलमा आएका पाहुनासमेत भगवान शिवको ध्यान र पूजामा समर्पित रहने गर्दछ । प्राचीनकालदेखिको गुरु, शिष्य परम्परा अहिले पनि यस विद्यालयमा कायम रहेको देख्न सकिन्छ भने यस विद्यालयमा अध्ययनरत बटुक विगत चार वर्षदेखि एक दिन पनि नबिराइ रुद्राभिषेक पूजा गर्दै आएको प्राधानाध्यापक पौडेल बताउँछन् । यहाँ देशका विभिन्न भूभागबाट १५५ बटुक अध्ययनरत छन् । यस आवासीय विद्यालयमा गरिब, दलित, अनाथ, टुहुरा र विभिन्न जातजातिका बटुकसमेत अध्ययनका लागि सँगै बसेका छन् । यहाँ पहिलेदेखि संस्कृत शिक्षा मात्रै दिँदै आएकामा अहिले विद्यालयमा वेद, संस्कृत साहित्य, ज्योतिष, न्याय परम्परा, संस्कृत तथा नेपाली व्याकरण, कर्मकाण्ड, रुद्री एवं विज्ञान विषयमा शिक्षा दिने गरिएको प्राधानाध्यापक पौडेलले बताए । उनका अनुसार यहाँ हाल १२ जना शिक्षक छन् । बालगुरु षडानन्दले यही गुरुकुलबाट संस्कृत शिक्षा प्राप्त गरेर भोजपुर जिल्लाको दिङ्गलामा छात्रछात्रालाई पनि वेद, पुराण, कर्मकाण्ड र संस्कृत शिक्षाका लागि विद्यालय सञ्चालन गरेका थिए । अहिलेको शिक्षा प्रणालीलाई आधुनिक भनिन्छ जहाँ गुरु शिष्यका बीचको सम्बन्ध पहिलेजस्तो छैन । यहाँ भने गुरुकुलकको पुरानो परम्परा बदलिएको छैन । गुठी संस्थानले यस विद्यालयमा अध्ययनरत ४४ जना बटुकका लागि छात्रवृत्ति पठाउने गर्दछ । सोही छात्रवृत्तिबाट यस विद्यालयमा अध्ययनरत १५५ जनालाई आवासीय पठनपाठनको जोहो गर्नुपरेको छ । नेपाल सरकारले यो ऐतिहासिक विद्यालयलाई नहेरेको प्राधानाध्यापक पौडेल दुखेसो पोख्छन् । उनले यस गुरुकुलमा अध्ययनरत बटुकमध्ये ४४ जनाका लागि मात्रै आउने छात्रवृत्तिबाट सबै बटुकलाई दैनिक भोजनदेखि पठनपाठनका सबैथोक पूरा गर्नुपर्ने हुँदा बटुकहरूले अझै पनि प्राचीनकालमा जस्तै भिक्षाटन गरेर आफ्नो दैनिकी चलाउनुपर्ने बाध्यता रहेको बताउँछन् । यस विद्यालयको भवन पनि प्राचीन शिक्षाजस्तै निकै पुरानो प्रविधि जस्तै चुन, सुर्की, सख्खरबाट निर्माण भएको छ । रासस
प्रकाशित मिति: आइतबार, साउन १७, २०७८  ०३:२७
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
राज घिमिरे
राज घिमिरे
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP