Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • तोकिएका उमेर समूहलाई समयमै खोप दिनुपर्छ : डा.राजभण्डारी
तोकिएका उमेर समूहलाई समयमै खोप दिनुपर्छ : डा.राजभण्डारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन १३, २०७८
Dr
Hardik health
काठमाडौं– नागरिक समाजका अगुवा तथा वरिष्ठ डा.सुन्दरमणि दीक्षितले भर्खरै नियुक्त भएका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बाध्यताले नियुक्त गरेको बताएका छन् । उनले भने, ‘देउवाले खाली भएरै मात्रै राख्नै पर्ने भएकाले बाध्यताले आफ्नो खेमाका श्रेष्ठलाई ल्याएका हुन् ।’ मंगलबार आयोजना गरेको साक्षात्कारमा डा.दीक्षितले भ्रष्टाचार नगरेको र स्वच्छ छवि भएका श्रेष्ठलाई स्वास्थ्यमन्त्री बनाइएको भन्दै यसमा खुसी व्यक्त गरे । उनले श्रेष्ठ आफैँ सम्पन्नशाली भएकाले भ्रष्टाचार नगर्ने बिश्वास गरे । उनले आगामी तीन महिनाभित्र ३७ प्रतिशतलाई खोप दिन नसकेमा स्थिति भयावह हुनेतर्फ पनि सरकारको ध्यानाकार्षण गराए । संसारभर कोरोना खोपको राजनीतिक र आर्थिक चलखेल भएको पनि उनले सुनाए । उनले नेपालमा ल्याइएको जोनसोन एन्ड जोनसोन खोप एकदमै राम्रो हो भन्दै नराम्रो हल्ला चलखेलकै कारण चलेको पनि स्पष्ट पारे । उनले कोरोना परीक्षण नेपालमा नगण्य मात्रामा भएको बताए । एमाले अध्यक्ष केपी ओली सरकारले खोपबारे आफ्नो सल्लाह नसुनेको भन्दै अबको सरकारले त्यसो नगर्ने विश्वास दिलाए । उनले १४ वर्षमाथिका व्यक्तिहरूलाई खोप दिलाउनै पर्ने बताए । डा.दीक्षितले यातायातमा मापदण्ड अपनाएको भनिए पनि कसैले निगरानी नगरेको गुनासो गरे । उनले अहिले पनि देश कोरोना जोखिमको ठूलो खतरामा परेको बताए । त्यस्तै, कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका पूर्वनिर्देशक तथा सरूवा रोग विशेषज्ञ डा. सागरराज राजभण्डारीले नेपालमा कोरोना संक्रमितको आवश्यकता अनुसार उपचार हुन नसकेको बताए । कन्ट्याक्ट–टे«सिङमा परेकाको जाँच गर्न नसक्नु गल्ती हो भन्दै उनले भने, ‘गाउँ–गाउँमा छ्याप्छ्याप्ती संक्रमित रहेका छन्, चेकजाँच हुन सकेको छैन ।’ उनले तेस्रो भेरियन्टबाट १८ वर्ष मुनिका र खोप नपाएका प्रभावित हुने जिकिर गरे । सरकारका तीन निकायबीच अझै पनि समन्वय हुन नसकेको उनको भनाइ थियो । उनले कोभिड–१९ नियन्त्रणमा स्वास्थ्य मन्त्रालयको अहं भूमिका रहने बताए । देश विकराल अवस्थामा छ भन्दै अझै पनि हेलचक्रयाइँ गरेमा आक्रामक रूपमा आइरहेको तेस्रो भेरियन्टबाट धेरै क्षति हुने जिकिर गरे । सार्वजनिक स्थानमा स्वास्थ्यका मापदण्ड नअपनाएको भन्दै डा. राजभण्डारीले स्वास्थ्यका मापदण्ड अपनाउन सबैलाई आग्रह गरे । डेल्टा प्लस थ्री बडो आक्रामक रूपमा आउने भन्दै यसबाट अत्याधिक चाँडो संक्रमण बढ्ने उल्लेख गरे । उनले आफ्नो पालामा टेकु अस्पतालमा २ वटा भेन्टिलेटरबाट २२ वटासम्म बनाएको बताए । कोभिड–१९ २÷४ महिनामै जानेवाला छैन भन्दै यसबाट कसरी बच्ने त्यतातिर ध्यान दिनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका पूर्वनिर्देशक तथा सरुवा रोग विशेषज्ञ डा. वासुदेव पाण्डेले कोरोना भाइरस लामो समय रहने भन्दै नेपालमै खोप उत्पादन गर्नुपर्ने बताएका छन् । डा.पाण्डेले कोभिड सकिएको सोच्नु गलत भएको जिकिर गर्दै भने, ‘यो भाइरस समयसँगै परिवर्तन भएको छ, यसमा रोग सार्न सक्ने क्षमता अत्याधिक बढी छ ।’ सरकारले आवश्यकता अनुसार चेकजाँच गर्न नसक्दा भाइरस फैलिएको भन्दै उनले भाइरसले स्पाइकको रूपमा संक्रमण बढाएर मृत्युदर बढ्दै गएको भनाइ राखे । उनले संकलन भएका संक्रमणका विवरण सही छन् वा छैनन् त्यो कसैले जाँच नगरेको गुनासो पोखे । नमुना परीक्षण गर्दागर्दै थप समस्या निम्तिएको भन्दै उनले नमुना परीक्षण चाँडोभन्दा चाँडो गर्नुपर्ने बताए । उनले नेपालमा भाइरसका कुन–कुन भेरियन्ट छन्, कुन बढिरहेका छन्, कुन घटिरहेका छन्, त्यसको अनुसन्धान गर्नु पर्नेमा जोड दिए । कन्ट्याक्ट–टे«सिङ सुनिश्चित गरेर ठाउँअनुसार लकडाउन लगाउनुपर्ने बताए । नेपालमा कन्ट्याक्ट–टे«सिङलाई ध्यान दिएर जाँच नगर्दा स्थिति भयावह बन्दै गएको उनको भनाइ थियो । कोरोना संक्रमण पत्ता लाग्ने पिसिआर र एन्टिजेनबाहेक अरु पनि नयाँ प्रविधिहरू आएको बताउँदै उनले नयाँ प्रविधिको प्रयोग गर्न सरकारलाई सुझाव दिए ।
प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  ०३:१५
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
राज घिमिरे
राज घिमिरे
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP