Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • २१ चलचित्रको रिलिज अन्योलमा
२१ चलचित्रको रिलिज अन्योलमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन १२, २०७८
Hardik health
काठमाडौं– कोरोना भाइरसको महामारीको कारण रिलिजको अन्तिम तयारीमा रहेका करिब दुई दर्जन चलचित्रको प्रदर्शन अन्योलग्रस्त बनेको छ । दुई वर्षअघिबाट सुरु भएको कोरोना महामारीका कारण निर्माणको अन्तिम चरणमा रहेको ती चलचित्रहरू अन्योलमा परेका हुन् । कोरोना भाइरसको प्रभावसँगै ‘म यस्तो गीत गाउँछु–२’ ले प्रदर्शन स्थगन गरेको थियो । यससँगै ‘बद्रीबहादुर’, ‘नीरफूल’, ‘सुस्केरा’, ‘प्रेम गीत–३’, ‘चपली हाइट–३’, ‘लप्पन छप्पन–२’, ‘हिजो आजका कुरा’, ‘लक्काजवान’, ‘माइकल अधिकारी’, ‘षट्कोण’, ‘पूर्व पश्चिम’, ‘आकाशे खेती’, ‘चिसो एस्ट्रे’, ‘जारी’, ‘दयारानी’, ‘सम्हालिन्छ कहिले मन’, ‘पानीफोटो’, ‘मन्त्र’, ‘एक’, झिँगेदाउ’, ‘चिसो मान्छे’, ‘दोख’लगायत २१ चलचित्र रिलिजलाई तयार छन् । कोरोनाका कारण यी चलचित्रको रिलिज अन्योल बनेको छ । नेपाल चलचित्र संघका अनुसार रु तीन करोड लगानी फसाएर बसिरहेको ‘प्रेमगीत ३’ जस्ता ठूला चलचित्रको हैरानीको कथा कोभिडको कहरभन्दा तीतो छ । ‘सामाजिक दूरी कायम गरेर हल सञ्चालन हुन सक्छ कि सक्दैन ? त्यो दोस्रो कुरा हो । पहिलो कुरा त हलसम्म दर्शक आउँछन् की आउँदैनन् र चुनौतीमा चलचित्र प्रदर्शन गर्न निर्माता तयार हुन्छन् की हुँदैन भन्ने नै हो,’ चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले भने । नेपालमा मात्र हैन नेपाली चलचित्रको विदेशी बजार पनि शून्य अवस्थामा झरेको छ । नेपाली चलचित्रका लागि आकर्षक आम्दानीको अर्को स्रोत हो डायस्पोरा । कोभिडको दोस्रो र तेस्रो लहर पुनः सुरु भएसँगै विदेश बजार (डायस्पोरा)को सम्भाव्यता झन्झन् खुम्चिँदै गएको छ । विदेशमा चलचित्र प्रदर्शन गर्दै आएका वासुदेव लामिछानेका अनुसार नेपाली चलचित्रका लागि आकर्षक बजार मानिएका अष्ट्रेलिया, अमेरिका, युरोप र जापान भाइरस संकटले नराम्रोसँग थलिएका छन् । त्यहाँ फेरि नेपाली चलचित्र प्रदर्शन हुनु र नेपाली दर्शकले साथ दिनु भनेको केही वर्षका लागि दिवास्वप्न जस्तै भएको छ । कोरोना अघिसम्म नेपालमा पनि देशभरका २०४ पर्दा भएको हलहरूमध्ये १३ वटा कोरोना भाइरस जाखिमकै बीचमा सदाका लागि बन्द भएको चलचित्र संघले जनाएको छ । देशभर ६४ वटा हल भूकम्पको प्रभावदेखि नै बन्द भएका थिए । नेपालमा कूल बन्द हुने हलको संख्या ७५ पुगेको छ । देशभर १५३ हल कोरोना भाइरस जोखिमको प्रभावमा परेका छन् । अहिले चलचित्र क्षेत्रमा निर्माण, वितरण र प्रदर्शनको सबै कार्य ठप्प छ । नेपाली चलचित्रका प्राविधिक कामविहीन हुनुपरेको छ । कलाकार घरमै आराम गरिरहेका छन् । कतिपयमा मानसिक तनाव उत्पन्न भएको छ । हलवाला र निर्माता ब्याजको मारमा परेका छन् । जबसम्म हल खुल्न सक्दैन तबसम्म चलचित्र क्षेत्रका कुनै पनि कार्य अघि बढ्न सक्दैन । दुई दर्जन चलचित्र प्रदर्शनको तयारीमा प्रतीक्षारत छन् । प्रदर्शन शुरु नभएसम्म अरु गतिविधि अघि बढ्न नसकेका कारण चलचित्र क्षेत्र कहिले सक्रिय हुन्छ भन्ने कुनै टुंगो लागेको छैन । नेपाल चलचित्र संघका अनुसार अझै १८ महिनासम्म चलचित्र क्षेत्रमा प्रभाव परिरहने निश्चित छ ।
प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  ०३:१९
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
पारिवारिक कथामा बन्यो ‘हर्ष’
पारिवारिक कथामा बन्यो ‘हर्ष’ बिहीबार, कात्तिक २०, २०८२
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा बिहीबार, कात्तिक २०, २०८२
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक बुधबार, कात्तिक १९, २०८२
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त मंगलबार, कात्तिक १८, २०८२
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा मंगलबार, कात्तिक १८, २०८२
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै आइतबार, कात्तिक १६, २०८२
नेपालकै पहिलो इम्प्रभ कमेडी शो  प्रसारण शुरु
नेपालकै पहिलो इम्प्रभ कमेडी शो प्रसारण शुरु आइतबार, कात्तिक १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP