Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • रातो मच्छिन्द्रनाथमा गारो लगाइयो
रातो मच्छिन्द्रनाथमा गारो लगाइयो
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन १२, २०७८
download
Hardik health
काठमाडौं– बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणको काम लक्ष्यभन्दा ढिलो गरी मात्र सम्पन्न हुने भएको छ । मन्दिरको पुनर्निमाणको कामअन्तर्गत हालसम्म २० फिट गारो लगाउने काम मात्र सकिएको छ । ७० फिटभन्दा अग्लो गारो लगाउनुपर्नेमा हालसम्म २० फिट गारो लगाउने काम मात्र सकिएको हो । मन्दिर पुनर्निर्माण समितिका अनुसार मन्दिरमा प्रयोग गरिने काठ तथा इँटा समयमै पाउन नसक्दा र कोरोना महामारीका कारण लामो समयसम्म लगाइएको बन्दाबन्दी र निषेधाज्ञाका कारण पुनर्निर्माणमा ढिलाइ भएको हो । मन्दिर पूरै पुनर्निर्माण सम्पन्न गर्न ६४ फिट चार इन्चको गारो लगाउनुपर्छ । सो मन्दिरमाथि छ फिटको गजुरसमेत हाल्दा भगवान् राखिने स्थानबाट ७० फिट चार इन्चसम्मको काम गर्नुपर्ने मच्छिन्द्रनाथ मन्दिर उपभोक्ता समितिका अध्यक्ष अमिर शाक्यले जानकारी दिएका छन् । उनले भने, ‘मन्दिर पुनर्निर्माणमा २६ फिट अग्लो काठ ठड्याउने कामसमेत सम्पन्न हुँदा गरिनुपर्ने खतरा खालका कामको हिसाबमा भने लगभग ७० देखि ८० प्रतिशत सक्यौँ, जसमा १६ बाइ १६ का २० ढुंगाको खम्बा र १४ बाइ १४ को ३४ फिट चार इन्चका चार निदाल पनि हालियो ।’ सो २० फिटमाथि लगाउने गारोमा ११ थरिका इँटा आएपछि मन्दिर पुनःनिर्माणको काम निरन्तर अघि बढाउन पाइने उनको भनाइ छ । १२ वैशाख ०७२ को विनाशकारी भूकम्पका कारण क्षति भएको सो मन्दिरको बाँकी भाग मानिस यात्रा गर्ने क्रममा ढलेर लाग्ने डरका कारण पछि निर्माण गर्नुपर्छ भन्ने सामान्य सोचविचार बिनाभत्काउँदा समस्या भएको बताइन्छ । हाल पुनर्निर्माणमा प्रयोग हुने १३ प्रकारका इँटा अभावले ११ थरिका नयाँ निर्माण गर्न दिइरहेका दुई प्रकारका अझै बनाउन दिनुपर्ने भएको शाक्यले जानकारी दिए । सो मन्दिर पुनर्निर्माणमा लागेका समितिले जनसहभागिताअन्तर्गत हाल्नुपर्ने १० प्रतिशत रकम कहाँबाट कसरी जुटाउने भन्ने चिन्ता भइरहेको शाक्यले गुनासो गरे । भूकम्पको कारण क्षति भएको उक्त मन्दिर श्रीलंका सरकारको रु पाँच करोड आर्थिक सहयोगमा पुनर्निर्माण गर्ने भनिएको थियो । तर, मन्दिर पुनर्निर्माणमा कसैबाट चासो नदिइएपछि गत वर्ष २० असारमा क्षमापूजा गरी २२ गतेबाट समिति र पुरातत्व विभागबीच रु तीन करोड २१ लाखमा सम्झौता भई काम अघि बढेको छ । लगभग एक हजार ५०० वर्षअघि शिखरशैलीमा निर्माण भएको रातो मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माणको काम गत असार मसान्तसम्म सम्पन्न गरिसक्नुपर्ने सम्झौता थियो । तर, समयमा सम्पन्न नभएपछि पुनर्निर्माणको अवधि थप गरिएको छ । पुनर्निर्माणमा प्रयोग गरिने सामग्री अभावका साथै मुलुकमा फैलिरहेको कोभिड महामारीले अझै कति समय मन्दिर निर्माणमा खर्च हुने हो भन्ने त्यसको कुनै टुंगो लागेको छैन । मन्दिर पुनर्निर्माणमा १३ देखि १४ सय वर्ष पुराना मेथ, कार्नेेशलगायतका वस्तु प्रयोग भइरहेको समितिले जनाएको छ । पाटनको ठूलो उत्सवका रूपमा हिन्दूलगायत बौद्ध धर्मावलम्बी दुवैले मनाउने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा लामो पर्व मानिन्छ । लिच्छविकालतिर देशभर अनिकाल र खडेरी लाग्दा अन्न अनि वर्षा तथा सहकाल अनेकौँ नामले पुकारिने रातो मच्छिन्द्रनाथको मुलुक प्रवेशले सहकाल भएको स्थानीय मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ३२ पानेजु संघका अध्यक्ष यज्ञरत्न शाक्यले बताए । मुलुकमा रातो मच्छिन्द्रनाथले सबै जगतको लोककल्याण गरेको स्मरणमा प्रत्येक वर्ष वैशाख कृष्ण प्रतिपदादेखि लोकेश्वरको रथजात्रा गर्ने परम्परा रहिआएको छ । हाल मन्दिर निर्माणाधीन अवस्थामा रहँदा ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई बुङ्मतीको एक पाटीमा राखिएर दैनिक पूजाआजा अनि रेखदेख गरिरहेको पुजारी हेम बज्राचार्यले बताएका छन् । रातो मच्छिन्द्रनाथलाई लोकथान वा मत्स्येन्द्रनाथ, बुंगमलोकेश्वर, बँगद्यः, आर्याबलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकारिने गरिएको मच्छिन्द्रनाथ गुठीका मुल पुजारी कमलराज बज्राचार्यले बताए ।
प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  ०३:१२
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP