Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • पोखराका पर्यटन व्यवसायी खोप नपाउँदा निराश
पोखराका पर्यटन व्यवसायी खोप नपाउँदा निराश
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन ११, २०७८
Jonsen
Hardik health
पोखरा– पोखरा गण्डकी प्रदेशको राजधानी मात्र होइन पर्यटकीय नगरी पनि हो । पहिलो र दोस्रो भेरियन्टको कोरोना महामारीका कारण सबैभन्दा बढी मारमा परेको पर्यटन क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेर खोप उपलब्ध नगराएको भन्दै यहाँका पर्यटन व्यवसायीले गुनासो गरेका छन् । देशको अर्थतन्त्रमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा विशेष योगदान पु¥याइरहेको पर्यटन क्षेत्रलाई सरकारले प्राथमिकतमा नराखेको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई बताउँछन् । ‘हामीले पटकपटक तीनै तहका सरकारलाई हाम्रा समस्याका बारेमा जानकारीसहित ध्यानाकर्षण गरायौँ, जिल्ला प्रशासन कार्यालय अगाडि ‘नो भ्याक्सिन, नो टुरिज्म’ को प्ले कार्डसहित प्रदर्शन पनि ग¥याँै, तर आसवासन पायौँ, खोप पाएनाँै’, भट्टराई भन्छन्, ‘बैंकबाट ऋण लिएर गरेको लगानी धरासायी हुँदै छ, बैंकको ताकेताले व्यवसायी पलायन हुने अवस्था आइसक्यो, तर सरकारले व्यवसायीको समस्या सुन्दैन । ’ व्यवसाय पूर्ण लयमा नफर्केसम्म बैंक तथा वित्तीय संस्थाको किस्ता ब्याजसमेत तिर्न नसकिने उनको भनाइ छ । उनले भने, ‘बैंक तथा वित्तीय संस्थाबाट सहजीकरण गर्न आवश्यक छ, दुई वर्ष बैंकको ब्याज र किस्ता तिर्नसक्ने अवस्था नभएकाले पुनतालिकीरण गर्नुपर्ने हाम्रो माग छ ।’ पर्यटन क्षेत्रमा अग्रपंक्तिमा खटिने मजदुर, कर्मचारी र व्यवसायीलाई खोप प्राथमिकतामा नराखेसम्म व्यवसायलाई सहज रूपमा सञ्चालन गर्न नसकिने उनले बताए । अहिले देखिएको राजनीतिक अस्थिरताले मौद्रिकनीति आउने निश्चित नभएको भन्दै खोपको सुनिश्चितासहित पर्यटन मैत्री मौद्रिक नीति छिटो ल्याउन पनि उनको आग्रह छ । नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटा सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा नराख्नु दुर्भाग्य भएको बताउँछन् । ‘अहिले सरकारले फ्रन्टलाइनरका रूपमा पर्यटन मजदुर, कर्मचारी र व्यवसायीलाई राखेर खोप प्रबन्ध गर्न सक्नुपथ्र्यो, पर्यटनबाट अर्थतन्त्र चलायमान गराउने बाटो खुला गर्नुपथ्र्यो तर सरकार पर्यटन क्षेत्रप्रति निकै अनुदार देखियो,’ सापकोटाले भने, ‘नेपालका गन्तव्य कत्तिको सुरक्षित छन् भन्ने विषयमा पर्यटकले इन्क्वायरी गरिरहेका छन्, तर पर्यटन मजदुर कर्मचारीले खोप नलगाएका कारण सुरक्षित छ भनेर जवाफ दिन सकिएको छैन, धेरै बुकिङ रद्द भएका छन् ।’ सापकोटाका अनुसार प्रदेशको पर्यटनमा करिब पाँच खर्ब १५ अर्ब र पोखरामा मात्र चार खर्ब पर्यटन क्षेत्रमा लगानी छ । प्रदेशमा ७५ हजार र पोखरामा मात्रै ५० हजार मजदुर छन् । पोखरामा होटल रेष्टुराँमा करिब ५० प्रतिशत, त्यसपछि टेकिङ र यातायातलगायतको क्षेत्रमा पर्यटन मजदुर छन् । ‘पर्यटनलाई महत्व नै दिइएन, खोप दिनेबित्तिकै पुनःजागरण हुने सम्भावनमा भएको यस क्षेत्रलाई चासो नदिनु नेतृत्वको अपरिपक्कता अदूरदर्शीता हो,’ उनले भने । आन्तरिक पर्यटन पुनरुत्थानका गण्डकी संयोजक अग्नि कँडेल पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर सर्वप्रथम पर्यटन क्षेत्रका मजदुर, कर्मचारी र व्यवसायीलाई खोप सुनिश्चित गरेर सकारात्मक सन्देश दिनुपर्ने बताउँछन् । ‘खोप सुनिश्चिता सबैका लागि आवश्यक छ र सँगसँगै अत्याधिक लगानी भएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन विज्ञको सल्लाह लिएर नयाँ योजना पनि आवश्यक छ,’ कँडेल भन्छन्, ‘खोपको व्यवस्था भए व्यवसायीले सुरक्षित महसुस गर्छन् र व्यवसाय सञ्चालनका लागि मानसिक रूपमा पनि तयार हुन्छन्, नभए असुरक्षित महसुस गरेर व्यवसाय चलाउँदा जोखिम हुन्छ, आङ्खनो जीवन नै जोखिममा राखेर व्यवसायमा को अग्रसर हुन्छन् ?’ कोभिडका कारण साना तथा मझौला व्यवसायी झन् बढी मर्कामा परेका उनको भनाइ छ । महिला पर्यटन व्यवसायी मञ्च ओटेफका अध्यक्ष एवं पश्चिमाञ्चल होटल संघका कोषाध्यक्ष पार्वती पाण्डेले पहिलो र दोस्रो चरणको कोभिडका कारण २५÷३० प्रतिशत व्यवसायी पलायन भइसकेको अवस्था रहेको जनाउँदै पर्यटन क्षेत्रलाई खोप सुनिश्चिता आवश्यक रहेको बताए । उनी भन्छन्, ‘निकै कठिन अवस्थामा रहेका पर्यटन व्यवसायीलाई सरकारले खोपसहित राहत र पुनरुत्थानको कार्यक्रम ल्याउनुपर्छ, पुनःकर्जाको व्यवस्था गरे पनि पूर्ण कार्यान्वयन हुनसकेको छैन, सहुलियत ब्याज दिएर व्यवसाय जोगाउनु सरकारको दायित्व हो ।’ मौद्रिक नीतिमा नै स्पष्ट उल्लेख गरी साना तथा मझौला व्यवसायीलाई पनि समेटनुपर्ने उनको भनाइ छ । टान पश्चिमाञ्चलका द्वितीय उपाध्यक्ष कृष्णप्रसाद आचार्यले पर्यटन क्षेत्रका मजदुर वैकल्पिक पेशा खोज्न बाध्य हुन थालेको जनाउँदै उनीहरूको दक्षताक्षमता र सीपलाई जोगाएर यही क्षेत्रमा होल्ड गरिएन भने फेरि अर्को समस्या देखिनसक्ने बताए । ‘पदप्रर्दशक तालीम लिएर लामो अनुभवले खारिएका छन्, तर अहिलेको अवस्थाले पर्यटक आउने सम्भावना न्यून छ, उनीहरू जस्तो दक्ष जनशक्ति यस क्षेत्रबाट पलायन भए भने त्यस ठाउँमा पुनः अर्को जनशक्ति ल्याउन तत्काल गाह्रो हुन्छ’, उनले भने । उनी पर्यटन मजदुरलाई खोपको व्यवस्थासहित विकल्प सोच्नुपर्ने बताउँछन् । रासस
प्रकाशित मिति: सोमबार, साउन ११, २०७८  ०३:४२
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP