Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • इजरायल रोजगार : आवेदन आह्वानको तयारी
इजरायल रोजगार : आवेदन आह्वानको तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन ११, २०७८
Hardik health
काठमाडौं– इजरायल जाने श्रमिकहरूको परीक्षा लिनका लागि आवेदन फारम आह्वान गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । वैदेशिक रोजगार विभागमा निर्देशक तथा सूचना अधिकारी महेन्द्रनाथ भट्टराईका अनुसार इजरायलमा रोजगारीका लागि जान चाहने श्रमिकका लागि लिइने परीक्षाका लागि आवेदन फारम आह्वान गरिँदै छ । जिटुजीमार्फत सञ्चालन हुने परीक्षा सञ्चालनका लागि आवेदन फारम भर्नका लागि सूचना निकाल्ने काम अन्तिम चरणमा पुगेको उनले बताएका छन् । अहिले श्रमिक छनोटका लागि धमाधम काम भइरहेको र छिट्टै सूचना निकाल्ने तयारी भइरहेको उनले बताए । वैदेशिक रोजगार विभागको इजरायल हेर्ने निर्देशक डम्बरबहादुर सुनुवारका अनुसार अबको २÷३ दिनमा परीक्षा सञ्चालनका लागि सूचना निस्कने छ । अहिले यसै विषयमा छलफल भइरहेको र सूचना आएपछि सबै कुरा जानकारी हुने सुनुवारको भनाइ छ । सूचना जारी भएको २१ दिनभित्र परीक्षा सञ्चालन हुने गरी सूचना निकाल्ने तयारी भइरहेको विभागले जनाएको छ । श्रमिकले काम गर्ने समय, श्रमिकको योग्यता, तलब र इजरायलको कानुनी व्यवस्थाबारेमा पनि सूचनामा प्रष्ट पारिने निर्देशक सुनुवारले बताएका छन् । परीक्षा अंग्रेजी भाषामा हुने बताइएको छ । लिखित परीक्षा उत्तीर्ण भएपछि अन्तर्वार्तासमेत लिइने जनाइएको छ । त्यसपछि अन्तिम सूची तयार गरेर इजरायल पठाउने र पठाइएको सूचीबाट इजरायलको पिआइबिएले अन्तिम उम्मेदवार छनोट गर्ने बताइएको छ । यसका लागि अहिले तयारी तीव्रगतिमा भइरहेको विभागका सूचना अधिकारी भट्टराइले जानकारी दिएका छन् । उताबाट नाम छनोट भएर आएपछि भिसा प्रक्रियाको काम सुरु हुने विभागले जनाएको छ । नेपाल सरकार र इजरायल सरकारबीच भएको सम्झौताअनुसार स्याहार केन्द्रमा १ हजार नेपाली श्रमिकको माग भएको र सोहीअनुसार परीक्षाको तयारी भइरहेको सूचना अधिकारी भट्टराइले बताए । रोजगारका लागि इजरायल जाने श्रमिकमध्ये ७० प्रतिशत पुरुष र ३० प्रतिशत महिला रहने बताइएको छ । पारिश्रमिक र कार्यस्थलका दृष्टिले इजरायल नेपाली श्रमिकका लागि दक्षिण कोरियाभन्दा पनि आकर्षक गन्तव्य मानिँदै आएको छ । लिखित परीक्षा तथा अन्तर्वार्ताबाट छनोट भएका उम्मेदवाहको करारनामामा हस्ताक्षर गरी इजरायलले नेपालको वैदेशिक रोजगार विभागलाई पठाउने र विभागले सम्बन्धित व्यक्तिको हस्ताक्षर गराएर इजरायल पठाइने बताइएको छ । इजरायल जाने श्रमिकको न्यूनतम् पारिश्रमिक मासिक १ हजार ५ सय अमेरिकी डलर हुने बताइएको छ । जुन नेपाली रूपैयाँ करिब ९ लाख ७८ हजार हुने भनिएको छ । इजरायलमा श्रमिक पठाउनका लागि कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएको थियो । मन्त्रिपरिषद्बाट इजरायल कामदार पठाउन निर्देशिका यसअघि नै स्वीकृत भइसकेको थियो । नेपालबाट ३ वर्षअघि करिब १ सयको हाराहारीमा श्रमिक इजरायल गए पनि थप श्रमिक पठाउन सकिएको थिएन र अब यसका लागि प्रक्रिया सुरु गरिएको विभागले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, साउन ११, २०७८  ०३:३१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP