Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • नगरपालिकामा कोरोना संक्रमण दर बढ्दो
नगरपालिकामा कोरोना संक्रमण दर बढ्दो
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन १०, २०७८
2
Hardik health
टिस्टुङ– मकवानपुरको थाहा नगरपालिकामा अझै कोरोना भाइरस संक्रमण दर घटेको छैन । नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समितिले जति प्रयास गर्दा पनि कोरोना संक्रमणदरमा कमी नआएको नगरप्रमुख लवशेर विष्टले बताए । नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलका अनुसार थाहा नगरपालिकामा अहिले २५० कोरोनाका सक्रिय बिरामी छन् । त्यसमध्ये १४६ जना अर्थात् ५८ प्रतिशत बिरामी वडा नं १ र ६ का मात्र छन् । वडा नं १ मा ६८ र वडा नं ६ मा ७८ जना कोरोना भाइरस संक्रमणका बिरामी छन् । तीमध्ये धेरैजसो एकै टोलका छन् । कोरोना भाइरस संक्रमणको दोस्रो लहरअन्तर्गत वडा नं १ मा अहिलेसम्म १९२ जनामा संक्रमण पुष्टि भइसकेको छ । त्यसैगरी वडा नं ६ मा हालसम्म १८६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । गत साउनको पहिलो सातामा मात्र थाहा नगरपालिकामा ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थाहा नगरपालिकाले दैनिक प्रकाशन गर्ने प्रतिवेदनअनुसार नगरमा साउनको पहिलो सात दिनको अवधिमा ४३ जनामा कोराना संक्रमण पुष्टि भएको देखिएको हो । सो अवधिमा ९३ मा एन्टिजेन परीक्षण गर्दा ४६ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकालाई परीक्षण गरिएकामा ४६ प्रतिशतमा कोरोना पुष्टि भएको थाहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । ‘हामी सामुदायिक ‘कन्ट््याक्ट ट्रेसिङ’मा जान सकेका छैनौँ र यो सम्भव पनि छैन, ‘एक्टिभ केस’का आधारमा परीक्षण गरिरहेका छौँ,’ उनले भने । संक्रमितको जनसम्पर्कका आधारमा परीक्षण गर्ने हो भने नगरमा कोरोना संक्रमणको अवस्था झनै डरलाग्दो हुनसक्ने उनले बताए । थाहा नगरपालिकामा गत १२ वैशाख यता हरेक दिन कोरोनाका बिरामी भेटिएका छन् । ‘आज कसैलाई कोरोना देखिएन भन्ने दिनै आएन,’ स्वास्थ्य शाखा प्रमुख बलामीले भने । वैशाख १२ यता अहिलेसम्म थाहामा एक हजार ४६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये वैशाखमा १८४, जेठमा ५३५ र असार महिनामा ४६५ मा कोरोना भाइरस संक्रमण देखिएको थियो । असार मसान्तमा नगरपालिकामा सक्रिय संक्रमितको संख्या २०७ रहेको थियो । थाहा नगरपालिकाको साउन महिनाको पहिलो सात दिनकै विवरण हेर्दा पनि अघिल्लो महिनाको तुलनामा संक्रमणदर झनै बढेको देखिएको छ । नगरपालिकामा असार महिनामा कोरोना संक्रमणदर ३९ प्रतिशत रहेकामा साउनको पहिलो साता ४६ प्रतिशत पुग्नुले यसको चुनौती थपिएको नगरस्तरीय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण निर्देशन समितिका संयोजकसमेत रहनुभएका नगरप्रमुख विष्टले बताए । नगरपालिकामा कोरोना भाइरस संक्रमणको दोस्रो लहरअन्तर्गत गत तीन महिनामा कोरोना संक्रमणदर क्रमशः घट्दै गएको देखिएको थियो । नगरपालिकाले सार्वजनिक गर्ने दैनिक प्रतिवेदनअनुसार गत वैशाखमा कोरोना संक्रमण दर ५१ प्रतिशत रहेकामा जेठमा केही कमी आई ४४ प्रतिशतमा झरेको देखिएको थियो । त्यसैगरी असार महिनामा अघिल्लो महिनाको तुलनामा पाँच प्रतिशतले कमी आई परीक्षण गरिएकामध्ये ३९ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आगामी साउन १४ गतेसम्मका लागि निषेधाज्ञा थप गरे पनि निषेधाज्ञाको पूर्ण पालना नगर्दा कोरोना संक्रमणदर बढिरहेको नगर स्वास्थ्य शाखाका प्रमुख बलामीले बताए । कोरोनाका बिरामीले ‘होमआइसोलेशन’ मा रहेकामा उनीहरूले मापदण्ड पूरा नगरेको उनको भनाइ छ । रासस
प्रकाशित मिति: आइतबार, साउन १०, २०७८  ०३:३७
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP