Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • बाढी पीडितलाई पक्की घर
बाढी पीडितलाई पक्की घर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ७, २०७८
artist help
Hardik health
काठमाडौं– गत १ असारमा आएको बाढीबाट प्रभावित सिन्धुपाल्चोकका बासिन्दाका लागि कलाकारहरूको टोलीले पक्की घर निर्माण गरिदिने भएको छ । बाढी प्रभावित हेलम्बु र मेलम्चीलगायतका क्षेत्रका बासिन्दाको सहयोगका लागि कलाकारहरूले गठन गरेको ‘सिन्धु सहयोग कोष’बाट बाढी प्रभावितहरूका लागि पक्की घर निर्माण गर्ने तयारी गरिएको हो । यो कोषबाट कलाकर्मीहरूले घर निर्माणको काम सुरु गर्ने भएका छन् । ‘सिन्धु सहयोग कोष’को टिम सिन्धुपाल्चोक पुगेर फर्किएको छ । कलाकर्मीहरूको टिमले दनुवारबस्तीमा घर निर्माणको सुरुआत गर्ने बताएको छ । कोषमा हालसम्म कलाकारहरूबाट मात्र रु. ३२ लाख संकलन भइसकेको छ । कोषले अन्य क्षेत्रसँग पनि सहयोगको अपिल गर्ने तयारी गरेको छ । यो कोषका संयोजक कृष्ण मल्लका अनुसार अहिले नै कतिवटा घर बनाउने भन्ने विषयमा निर्णय भइसकेको छैन । उनले भने, ‘दनुवार बस्ती र हेलम्बुमा पुगेर फर्किएका छौँ । दनुवार बस्तीमा १९ वटा घर रहेछ । पहिलो चरणमा दनुवारबस्तीमा नै घर बनाउने विषयमा कुरा भइरहेको छ ।’ यसपछि अन्य ठाउँमा पनि घर बनाउने विषयमा कुरा हुने मल्लको भनाइ छ । उनले भने, ‘हामीले दुई तलाको पक्की घर नै बनाउने हो । एउटा घर बनाउन करिब १० लाख रूपैयाँ लाग्छ कि भन्ने अनुमान छ । स्थानीय सरकारले जग्गा उपलब्ध गराएपछि घर बनाउन सुरु गर्छौँ ।’ बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु, दनुवारबस्तीलगायतका स्थान सर्वाधिक प्रभावित बने । अधिकांशको घरसमेत बाढीले बगायो । यसपछि, यी बस्तीहरूमा खाद्यान्न र लत्ताकपडाको सहयोग उपलब्ध गराउन कलाकारहरू पनि पुगेका थिए । बाढी प्रभावित बासिन्दाहरूले भने आफूहरूलाई खाद्यान्नभन्दा पनि घर नै चाहिएको बताउँदै आएका थिए । त्यस्तै, बाढी प्रभावित हेलम्बुका १७ बाढी पीडित परिवारका लागि टेलिभिजन कार्यक्रम इन्द्रेणीले अस्थायी आवास निर्माण गर्ने भएको छ । बाढी प्रभावित बासिन्दाको लागि अस्थायी आवास बनाउन कार्यक्रमका अध्यक्ष कृष्ण कँडेलले ६२ लाख रूपैयाँ गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई हस्तान्तरण गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  ०३:३२
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
चिनियाँ गायक, अभिनेता तथा मोडल यू मेङलोङको असामयिक निधन
चिनियाँ गायक, अभिनेता तथा मोडल यू मेङलोङको असामयिक निधन शुक्रबार, भदौ २७, २०८२
गुरुङ संस्कृतिमा ‘रिमै’ चलचित्र  प्रदर्शन 
गुरुङ संस्कृतिमा ‘रिमै’ चलचित्र  प्रदर्शन  सोमबार, भदौ २३, २०८२
 ‘बिगुल’ फिल्मको छायांकन सम्पन्न
 ‘बिगुल’ फिल्मको छायांकन सम्पन्न आइतबार, भदौ २२, २०८२
चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छः अध्यक्ष डिसी
चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छः अध्यक्ष डिसी शुक्रबार, भदौ २०, २०८२
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्:  राष्ट्रपति पौडेल
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्:  राष्ट्रपति पौडेल शुक्रबार, भदौ २०, २०८२
भक्तपुरमा इन्द्रजात्रा सुरु
भक्तपुरमा इन्द्रजात्रा सुरु बिहीबार, भदौ १९, २०८२
नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारबाट सुरु
नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारबाट सुरु बिहीबार, भदौ १९, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP