Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • विश्वमै दुर्लभ चरा बारेकोटमा
विश्वमै दुर्लभ चरा बारेकोटमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ७, २०७८
लोभीपापी गरुड
Hardik health
जाजरकोट– विश्वमै दुर्लभ मानिएका चराहरू बारेकोट गाउँपालिकाका विभिन्न ठाउँमा फेला परेका छन् । पटक–पटक गरिएको अध्ययनबाट बारेकोटमा दुर्लभ चरा फेला परेको पंक्षी संरक्षण संघका केन्द्रीय सदस्य गोविन्द सिंहले बताए । विश्वमै लोपोन्मुख हाडफोर गिद्ध, राष्ट्रियस्तरमा लोपोन्मुख हिमाली गिद्ध, संकटोन्मुख वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय नियन्त्रण सन्धिको अनुसूची (आइआइमा) मा सूचीकृत कालो चिल, कालिज, काकाकुल, लोभीपापी गरुड तथा कर्रासुगा फेला परेका छन् । दिनरात चराको खोजीमा बिताउने केन्द्रीय सदस्य सिंहले लोभीपापी गरुड निकै खोजीपछि बारेकोटमा फेला परेको बताए । बारेकोट–२ स्थित जिउलामा लोभीपापी गरुड फेला परेका हुन् । सिंहले बारेकोटमा पहिलोपटक लोभीपापी गरुड फेला परेको बताए । यसअघि जाजरकोटको भेरी नगरपालिका, बाँकेको चिसापानी र सुर्खेत सिम्तामा लोभीपापी गरुड फेला परेका थिए । सामान्यतया समुद्री सतहभन्दा ९१५ मिटरभन्दा कम उचाइँको भूभागमा पाइने लोभीपापी गरुड बारेकोटमा भने एक हजार ६०० मिटरको उचाइँमा भेटिएको सिंहले बताए । धेरै उचाइँमा समेत लोभीपापी गरुड भेटिन थालेपछि अध्येताहरूका लागि चासोको विषय हुन सक्ने उनको भनाइ छ । जलवायु परिवर्तनका कारण विस्तारै यी पंक्षी लेकतिर बसाइँ सर्ने गरेको चराविद्को भनाइ छ । बारेकोट जुम्लासँग सिमाना जोडिएको गाउँपालिका हो । यो अग्ला सिमल र सालको रूखमा बस्ने र गुँड लगाउने गर्छ । रूख फँडानी गर्दा गिद्धलगायत यी पंक्षीलाई असर परेको छ । अर्को समस्या भनेको बालीनालीमा विषादी हालेर मुसा मार्दा यसले खाएर पनि मर्ने गरेको उनको भनाइ छ । मानवीय क्रियाकलापकै कारण यो दुलर्भ पक्षी लोप हुने अवस्थामा पुगेको छ । बालीनालीमा हुने किरा फट्यांग्रा, भ्यागुता, सर्प, मुसा खाएर बालीको सुरक्षा गर्ने भएकाले यसलाई किसानको साथी मानिन्छ । लोभीपापी गरुड मध्यम आकारको गरुड हो । यसको गठिलो, प्रायः कालो शरीर, भुवादार सेतो घाँटी, कालो शीर तथा निर्गमस्थल र तल्लो पुच्छर ढकनी सेतो भएको हुन्छ । यसको उडानका क्रममा माथिल्ला र तल्ला पखेटा पूरै गाढा देखिन्छ । बच्चा लोभीपापी गरुड बयस्कजस्तै देखिने तर अलि फिक्का खैरो शरीर तथा पखेटाका साथै प्वाँखले ढाकिएको निधार भएको हुन्छ । लोभीपापी गरुड नेपालमा पाइने एक प्रकारको गरुडको प्रजाति हो । यो चरा एसियाको रैथाने प्रजाति हो । लोभीपापी गरुड एसियामा नेपाल, भारत हुँदै इन्डोनेसियासम्म तथा अफ्रिकामा पनि पाइने गर्छ । यो प्रजाति प्रायः ९१५ मिटरभन्दा तलको क्षेत्रमा पाइने गर्छ । यो चराको प्राकृतिक बासस्थान खोलानाला, ओसिलो भूमि, दलदले भूभाग तथा तालहरूको छेउछाउका घाँसे मैदान हुन् । बारेकोटमै ८८ प्रजातिका चरा बारेकोट गाउँपालिकामा गरिएको अध्ययनबाट लोपोन्मुख चरा फेला परेका थिए । एक हजार ८९१ मिटरदेखि दुई हजार ३०९ मिटरसम्मको उचाइँमा रहेका जाजरकोटका सामुदायिक वनमा गरिएको अध्ययनबाट ८८ प्रजातिका चरा फेला परेका हुन् । कुनै ठाउँमा पनि सूचीकृत नभएको तर लोपोन्मुख लामोठुँडे चाचर पनि बारेकाटमा फेला परेको छ । जैविक विविधताले भरिपूर्ण बारेकोटमा तीन दिन लगाएर गरिएको अध्ययनबाट उक्त तथ्य पत्ता लागेको हो । रेडपान्डा नेटवर्कको आर्थिक सहयोग र डाँफे युवा क्लबको साझेदारीमा जाजरकोटमा चराको अध्ययन गरिएको हो । रामीडाँडाको कोटेली खोलादेखि छेडासम्म ४० जातका चराचुरुंगी पाइएको पंक्षी संरक्षक सिंहले जानकारी दिए । मैनाको कलेबारी सामुदायिक वनअन्तर्गतको झम्खोलाको एक हजार ८९१ मिटरदेखि कलेबारी दुई हजार ३०९ मिटर हुँदै तलकोटसम्म अनुगमन गर्दा ३८ जातका चरा तथा रामीडाँडाको लिम्साको देउल, दोमिल्दा हुँदै पुनः खोलासम्म १० थरिका चरा फेला परेका थिए । बारेकोट मात्र नभएर जाजरकोट चराको नमूना क्षेत्र नै भएको रेड पाण्डा नेटवर्कका भूपाल केसीले बताए । रासस
प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  ०३:१२
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP