Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • नेपाल–कोरियामैत्री अस्पताल तेस्रो लहरको तयारीमा
नेपाल–कोरियामैत्री अस्पताल तेस्रो लहरको तयारीमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ७, २०७८
नेपाल-काेरिया-अस्पताल-भक्तपु
Hardik health
काठमाडौं– कोभिड–१९ को तेस्रो लहर आउनसक्ने जोखिम बढ्दै गएपछि नेपाल–कोरिया मैत्री अस्पताल भक्तपुरले आवश्यक तयारी थालेको छ । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित अस्पतालले कोरोना महामारीको सम्भावित तेस्रो लहरको जोखिम न्यूनीकरण तथा संक्रमितको प्रभावकारी उपचारका लागि तयारी थालेको हो । अस्पतालले दोस्रो लहरको महामारीसँग जुध्दै तेस्रो लहरका लागि तयारी सुरु गरेको अस्पताल सञ्चालक समिति अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताएका छन् । स्वास्थ्य विज्ञहरूले नेपालमा पनि कोरोना महामारीको तेस्रो लहर आउनसक्ने चेतावनी दिँदै आएका छन् । यसअघि नै अस्पतालले तेस्रो लहरबाट संक्रमित बालबालिकासहितको उपचारमा समेत ध्यान दिँदै तयारी थालेको हो । नेपालमा पनि कोरोना भाइरसको डेल्टा भेरियन्टको नयाँ म्युटेसन देखापरिसकेको र यो थप संक्रामक रहने भएकाले संक्रमित बिरामीको उपचारमा ध्यान दिँदै अस्पतालले आवश्यक स्वास्थ्य सामग्री ल्याउने, शैय्या थप गर्नेलगायत तयारी सुरु गरेको हो । समितिका अध्यक्ष एवं नगरप्रमुख श्रेष्ठका अनुसार अस्पतालले आइसियु, एचडियु, भेन्टिलेटर र शैय्या थप्ने काम धमाधम भइरहेको छ । कोरोनाको दोस्रो लहरमा अस्पतालले १६ शैय्याको आइसियुसहित १०२ शैय्या सञ्चालन गरेकामा अब थप शैय्या व्यवस्थित गर्ने भएको छ । नगरप्रमुख श्रेष्ठले भने, ‘कोरोना भाइरसको तेस्रो भेरियन्टको तयारीमा हामी जुटिसकेका छौँ, अहिले अस्पतालको प्रशासकीय भवनलाई माथिल्लो तलामा सारेर त्यसमा बच्चाका लागि कोभिड वार्ड बनाउन सुरु गरेका छौँँ, उमेरअनुसार ठूला–साना बच्चाका लागि नौवटा आइसियुसहितको बच्चाको कोभिड वार्ड बनाउँदैछौँ ।’ अस्पतालले कोरोना भाइरस परीक्षणको दायरा बढाउने गरी पिसिआर मेसिनसमेत थप गर्ने भएको छ । हाल दुईवटा पिसिआर मेसिन सञ्चालनमा रहेको यस अस्पतालमा अब अर्को मेसिन थप गर्न लागेको उनले बताए । अस्पतालमा रु १३ करोडको लागतमा रेडियोलोजी भवनसमेत निर्माण भएको छ । प्रदेशसभा सदस्य डा.राजेन्द्रमान श्रेष्ठमार्फत आएको वाग्मती प्रदेश सरकारको रु ५० लाख बजेट र नगरपालिकाको रु ३५ लाख बजेटमा रेडियोलोजी सेवा सञ्चालन गर्न भवन निर्माण भइरहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । हाल दोस्रो तलाको ढलान सम्पन्न भएको छ । तत्कालै, त्यसलाई तयारी गर्दै दुईवटा तलामा अस्पतालले रेडियोलोजी, एमआरआई, सिटी स्क्यान, क्याथ ल्याब सेवा मेमोग्राम मेसिन सञ्चालन गर्दै मुटुका बिरामीको समेत उपचार सुरु गर्ने भएको हो । यी सेवा सञ्चालन गरेपछि यहाँका बिरामीलाई काठमाडौं भौँतारिनुपर्ने अवस्था नआउने उनले दाबी गरे । मिर्गौलाका बिरामीलाई ध्यानमा दिँदै अस्पतालले थोरै शैय्यामा डायलासिस सेवासमेत सञ्चालन गर्ने तयारी गरेको छ । अस्पतालले यसअघि पनि भक्तपुरमै पहिलोपटक पिसिआर मेसिन सञ्चालनमा ल्याउनुका साथै अक्सिजन प्लान्ट स्थापना गरी आफैँले उत्पादन सुरु गरेको थियो । जनप्रतिनिधि आएपछि नगरपालिकाले सम्पूर्ण स्वामित्व लिँदै नगरप्रमुखको अध्यक्षतामा अस्पताल सञ्चालक समिति गठन गरेपछि यसको मुहार फेरिएको हो । विगतमा वार्षिक रु १० लाख स्थानीय विकास मन्त्रालयले बजेट पठाउँदै आए पनि जनप्रतिनिधि आएपछि सरकारको कुनै पनि निकायको अस्पताल सञ्चालनतर्फ बजेट आएको छैन । मन्त्रालयले दिँदै आएको बजेटसमेत काटेपछि नगरपालिका आफँैले बजेटको व्यवस्थापन गर्दै अस्पताल सञ्चालन गरेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  ०३:०३
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
राज घिमिरे
राज घिमिरे
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP