Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • कोरोना संक्रमित बढ्दै
कोरोना संक्रमित बढ्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन ६, २०७८
Hardik health
काठमाडौं– मुलुकभर कोरोना संक्रमितको संख्या घटेर बन्दाबन्दीलाई खुकुलो बनाइएपछि फेरि संक्रमितको संख्या बढ्नुको साथै मृत्युदर पनि बढेको छ । पछिल्लो २४ घन्टामा संक्रमितको संख्या बढेर तीन हजार १०८ पुगेको छ भने कोरोना भाइरसको संक्रमणबाट थप २५ संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या नौ हजार ६०७ पुगेको मन्त्रालयले जनाएको छ । सोमबार कोरोनाबाट ३२ जनाले ज्यान गुमाएका थिए भने आइतबार कोरोना भाइरसका कारण २३ जनाको मृत्यु भएको थियो । सोमबार संक्रमितको संख्या दुई हजार ४४५ थियो भने आइतबार सो संख्या एक हजार ८०१ रहेको थियो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या सात लाख २१ हजार दुई पुगेको छ । पछिल्लो २४ घन्टामा थप आठ हजार ८३६ को पिसिआर परीक्षण तथा चार हजार २९९ को एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट दुई हजार २०२ तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ९०६ मा संक्रमण पुष्टि भएको हो । सोमबार सात हजार ८३३ को पिसिआर परीक्षण गर्दा एक हजार ६४२ तथा तीन हजार ८३१ को एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ८०३ मा संक्रमण पुष्टि भएको थियो । यस्तै आइतबार छ हजार ६२८ को पिसिआर परीक्षण गर्दा एक हजार २२३ तथा तीन हजारको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५७८ मा संक्रमण पुष्टि भएको थियो । काठमाडौं उपत्यकामा पछिल्लो समय ७१९ संक्रमित थपिएका छन् । काठमाडौंका ५३१, भक्तपुरका ४१ तथा ललितपुरका १४७ जना रहेका मन्त्रालयले जनाएको छ । झापामा कोरोना संक्रमितको संख्या दैनिक वृद्धि हुन थालेपछि बुद्धशान्ति गाउँपालिकाले मंगलबारदेखि एक हप्ताका लागि पालिका सिल गर्ने भएको छ । पालिकाले मंगलबार राति १२ बजेदेखि साउन १२ गते राति १२ बजेसम्मका लागि सबै वडा सिल गर्ने भएको हो । पालिकाका अध्यक्ष रमेश भुजेलले पालिकाभित्रका सम्पूर्ण पसल, व्यवसाय, सरकारी तथा गैरसरकारी कार्यालय र मानिसको आवत्जावतसमेत पूर्णरूपमा बन्द गरिने बताए । अत्यावश्यक सेवा भने सञ्चालन गरिने छ । त्यस्तै मेची राजमार्गमा आवत्जावत हुने सवारीसाधनलाई भने रोक नलगाइएको भएको छ । वडाहरूमा गरिने एन्टिजेन परीक्षणबाट दैनिक ३५ देखि ४० जनासम्ममा पोजेटिभ देखिएपछि बाध्य भएर पालिका बन्द गर्नुपरेको हो । प्रदेश २ मा भने कोरोनाका सक्रिय संक्रमितको संख्यामा कमी आएको छ । स्वास्थ्य निर्देशनालय प्रदेश २ का अनुसार हाल यस प्रदेशमा ४ सय ९५ जना मात्र कोरोनाको सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितहरू मध्ये २७ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् भने ४ सय ६८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निर्देशक विजय झाले जानकारी दिए । प्रदेशको ८ मध्ये ६ वटा जिल्लामा कोरोनाको सक्रिय संक्रमितको संख्या ५० भन्दा कम रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सर्लाहीमा अहिले सबैभन्दा कम ११ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् । त्यस्तै रौतहटमा १९, पर्सामा २५, सिरहामा ३६, सप्तरीमा ४५, बारामा ४९, धनुषामा ८२ र महोत्तरीमा २ सय २८ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् । प्रदेशमा हालसम्म ३७ हजार ५ सय ३६ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितहरूमध्ये २७ हजार ९ सय ६९ जना पुरुष रहेका छन् भने ९ हजार ५ सय ६७ जना महिला रहेका छन् ।
प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  ०३:३२
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP