Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • स्व.पर्शुराम राई प्रतिष्ठानद्वारा स्वास्थ्य सामग्री वितरण
स्व.पर्शुराम राई प्रतिष्ठानद्वारा स्वास्थ्य सामग्री वितरण
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन ५, २०७८
2
Hardik health
हलेसी महादेवस्थान– खोटाङ जिल्लाका विभिन्न स्थानहरूमा स्व.पर्शुराम राई प्रतिष्ठानले स्वास्थ्य सामग्रीहरू वितरण गरेको छ । कोरोना भाइरसको दोस्रो भेरियन्टले गाँजिरहेको अवस्थामा जिल्लाको ६ स्थानमा स्वास्थ्य सामग्रीहरू वितरण गरेको हो । स्व.पर्शुराम प्रतिष्ठानको नेतृवमा आइएमएस समूह र ग्रिन भिलेज हाउजिङ प्रा.लि.को सहयोगमा स्वास्थ्य सामग्रीहरू वितरण गरिएको प्रतिष्ठानका संरक्षक रबिन चाम्लिङ राईले बताएका छन् । साउन ३ गते प्रतिष्ठानले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा कार्यक्रम गरेर पोलिक्लिनिकलाई १ हजार ५ सय माक्स, १ वटा अक्सिमिटर र स्यानिटाइजर, हलेसी प्रतिष्ठानलाई ४ हजार माक्स, ४ वटा अक्सिमिटर, खामाखा खार्चुङ समाजलाई १ हजार माक्स १ वटा अक्सिमिटर, हलेसी तथा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपालाई ८ हजार माक्स, १० लिटर स्यानिटाइजर, १० वटा अक्सिमिटर र ८ थान पिपिई सेट वितरण गरेको छ । यसैगरी, प्रतिष्ठानले नेपाल पत्रकार महासंघ खोटाङ शाखालाई ३ हजार माक्स, ५० थान फेससिल्ड, ३ वटा अक्सिमिटर र ११ वटा पकेट स्यानिटाइजर, ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कलाई २० हजार माक्स, २० लिटर स्यानिटाइजर, ९ वटा अक्सिमिटर १० थान पिपिई सेट, ३० वटा फेससिल्ड, ज्येष्ठ नागरिक संघ लफ्याङलाई १ हजार वितरण गरेको छ । प्रतिष्ठानका संयोजक जगदिश राजभण्डारी, कोषाध्यक्ष विजयकला राई, मनिला राई सदस्यहरू गुणराज राजभण्डारी, चन्द्रकुमारी राई, ईन्द्र राई, मानबहादुर राई, कुलदीप मिश्रलगायतको उपस्थितिमा प्रतिष्ठानाले स्वास्थ्य सामग्री वितरण गरेको थियो । अझै जिल्लाका विभिन्न वडाहरूमा ३७ हजार माक्स वितरण गर्ने लक्ष्य रहेको संरक्षक चाम्लिङले बताए । यसैबीच, खोटाङ हलेसीमा आई आफूहरूले गरेको भाकल पूरा भएकाले स्वास्थ्य सामग्री वितरणका लागि खोटाङ आइपुगेका प्रतिष्ठानका सदस्य जिल्ला काठमाडौं बुढानिलकण्ठ–९ बस्नेका कुलदीप मिश्रको परिवारले १ लाख १ हजार ५ रूपैयाँ र इलाम चुलाचुली वडा नं. १ का मानबहादुर राईले ५० हजार ५ रूपैयाँ हलेसी प्रतिष्ठानको संयोजकत्वमा हलेसी मन्दिर परिसरमा घन्टी राखी दिनका लागि रकम हस्तान्तरण गरेको हलेसी प्रतिष्ठानका उपाध्यक्ष खुबाचन्द्र राईले बताए । अभिनेत्री मनीषा कोइरालाको व्याप्स स्वामीनारायण संस्था युकेबाट प्राप्त १ वटा अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री हलेसी तुवाचुङ नगरपालिकालाई हस्तान्तरण गरिएको छ । अभिनेत्री कोइरालाको संस्थाबाट प्राप्त तथा आइएमएस गु्रप, ग्रिन भिलेज हाउजिङ प्रालिको सहयोग स्व.पर्शुराम राई प्रतिष्ठानको पहलमा संयोजक जगदिश राजभण्डारीले नगरप्रमुख इवन राई र उपप्रमुख विमला राईलाई नगरपालिकामा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । अक्सिजन कन्सन्ट्रेटरसहित २० लिटर स्यानिटाइजर, १० हजार माक्स, १० थान पिपिई सेट, बच्चाका लागि एक कार्टुन सिटामोल झोल र दुई कार्टुन ग्लोब्स हस्तान्तरण गरिएको छ । आर्थिक वर्ष सकिएलगत्तै स्वास्थ्य सामग्रीहरू कम भइरहेको अवस्थामा स्वास्थ्य सामग्री पाउँदा खुसी लागेको नगर उपप्रमुख राईले बताइन् । अत्यावश्यक स्वास्थ्य सामग्रीले कोभिड–१९ महामारी रोकथाम गर्न थप सहयोग पुग्ने उनको भनाइ छ । महामारीको बेलामा स्वास्थ्य सामग्री सहयोग गरेकामा नगरप्रमुख राईले सम्बद्ध संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  ०३:०४
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP