

काठमाडौं – नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन नेप्से परिसूचकमा हरियाली छाएको छ । आर्थिक वर्ष २०७८÷७९ को पहिलो दिन करिब १०० अंक बढेको छ भने कारोबार रकम पनि साढे ११ अर्ब नाघेको छ ।
यस दिन नेप्से परिसूचक ९७.२१ अंक बढेर २९८०.६१ विन्दुमा पुगेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १९.५५ अंक बढेर ५६०.९६ विन्दुमा पुगेको छ । यता, ङ्खलोट इण्डेक्स ७.६६ अंक र सेन्सेटिभ ङ्खलोट इण्डेक्स ७.७८ अंक बढेको छ ।
नेप्से सूचकसँगै यस दिन कारोबार रकममा पनि सुधार भएको छ । यस दिन २२१ कम्पनीको १ लाख १६ हजार २९४ पटकको कारोबारमा ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार रूपैयाँ बरबारको २ करोड ८८ लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
नेप्सेसँगै कारोबार रकम पनि बढेका कारण लगानीकर्ताहरू उत्साहित भएका छन् । नयाँ आर्थिक वर्ष शुरु भएसँगै लगानीकर्ताहरू पनि नयाँ जोशका साथ लगानी गर्न थालेको जानकारहरू बताउँछन् ।
आइतबार ५ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन हिमालयन पावर पार्टनर, सिंगटी हाइड्रोपावर, सिन्धु विकास बैंक, ङादी ग्रुप पावर र समृद्धि फाइनान्सको शेयरमूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यस दिन मूल्य घट्ने शीर्ष १० कम्पनीहरूको सूचीमा अधिकांश ऋणपत्र रहेका छन् ।
आइतबार कारोबारमा आएका सबै उपसमूहको परिसूचक बढेका छन् । जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ५.०५ प्रतिशत बढेको छ । त्यसैगरी, यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक ४.७१ प्रतिशत बढेको छ भने निर्जीवन बीमा, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक करिब ३ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन, वित्त, जलविद्युत र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।
कारोबार रकमका आधारमा यस दिन मञ्जुश्री फाइनान्स शीर्ष स्थानमा रहेको छ । यस दिन सो कम्पनीको ४० करोड ९९ लाख रूपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन नबिल बैंकको ३८ करोड ६१ लाख रूपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।