Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • बनाएको ९औँ दिनमा भत्किएको कल्भर्ट
बनाएको ९औँ दिनमा भत्किएको कल्भर्ट
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन ४, २०७८
2
Hardik health
उर्लाबारी– सधैँ सुशासनका भाषण गरेर नथाक्ने उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले योजना सम्पन्न नगरीकन रकम निकासा गरिदिएको खुलासा भएको छ । मोरङको उर्लाबारी–१ मेचेडाँगीमा निर्माण भएको कल्भर्ट निर्माण सम्पन्न नभई गत २४ असारमा आएको बाढीले भत्कायो । ७ असारमा सम्झौता भएर १५ गते निर्माण सम्पन्न भएको कल्भर्ट गुणस्तरहीन सामग्री प्रयोग गरेर बनाएको स्थानीयको भनाइ छ । मेचेडाँगीबाट १ नम्बर वडा कार्यालय जाने सडकको बिकासे पैनीमा निर्माण भएको कल्भर्ट यति बेला दुबै तर्फको सडकसँग सम्पर्कबिहीन बनेको छ । उपमेयर लक्ष्मीदेबी भण्डारीले कल्भर्टको अनुगमन गरेर रकम निकासा रोक्ने प्रयास गरे पनि मेयर फागोसँग निकट निर्माण कम्पनी भएकाले निकासा नरोकिएको बताइएको छ । मध्य बर्खायाममा कल्भर्ट निर्माण नगर्ने स्थानीय बासिन्दाको अनुरोधलाई बेवास्ता गर्दै नगरपालिकाले काम सुरु गरेको स्थानीय नरेन्द्र पौडेलले बताए । उनले भने, ‘बर्खामास काम गर्न सकिन्न । छिनको छिनमा बाढी आउँछ । विगतमा पनि बाढीले कल्भर्ट बगाएपछि नगरले यो वर्ष बिग्रेको कल्भर्ट निर्माण योजना भनेर कल्भर्ट निर्माणको ठेक्का लगाएको हो । कल्भर्ट निर्माण गर्दा ठेकदारले जमीन मुनि ४ फिट पनि आरसिसी नगरेको स्थानीयको भनाइ छ । कल्भर्ट जमिनमाथि टक्रक्क राखिएको छ । दुई सुताका रड लगाएर कल्भर्टको पंखा जोडिएको छ । स्थानीयले भने ठेकदारसँग हामीले राम्रो काम गरिदिनु भनेर याचना ग¥यौँ । तर, हामीलाई उल्टो थर्काए । कल्भर्ट १७ लाख ३५ हजार ६५९ रुपियाँ ६२ पैसामा अग्नि एन्ड सन्स निर्माण सेवा प्रालि कन्काई ३ झापाले निर्माण गरेको हो । नगरको आयोजना बोर्डमा उल्लेख भएअनुसार २०७८ को असार ७ गते योजनाको सम्झौता भएको हो । सात दिन अर्थात् असार १५ गते योजना सम्पन्न भएको थियो । योजना सम्पन्न भएको ९ दिनपछि असार २४ गते राति आएको बाढीले कल्भर्ट भत्काएको छ । कल्भर्र्टको दुवैतर्फको सडकको भाग बगेपछि अहिले सो सडक अवरुद्ध भएको छ । सात दिनमा कल्भर्ट बनाए पनि निर्माण कम्पनीले नगरबाट पैसा लगेको नगर उपप्रमुख लक्ष्मीदेवी भण्डारीले बताइन् । भण्डारीका अनुसार जति काम भएको छ । त्यतिको मात्र पैसा दिइएको हो । बाँकी काम गर्न असोज मसान्तसम्म म्याद थपी पैसा दिइएको उनले बताइन् । तर, नगरपालिका स्रोतका अनुसार ३० हजार रुपियाँ मात्र ठेकदारले लान बाँकी छ । कल्भर्ट निर्माण सम्पन्न गर्न अझै ३ लाख बढी रकम आवश्यक पर्ने स्थानीय बासिन्दाको भनाइ छ । उता, सोही वडाको हिले डाँगीमा निर्माण भएको अर्को कल्भर्ट निर्माण सम्पन्न नहुँदै भत्किएको छ । मध्यवर्खामा छिटो छिटो काम गर्दै बजेट सक्ने परिपाटीले उर्लाबारीका अधिकांश योजना सम्पन्न हुन नसकेको उपप्रमुख भण्डारीले बताइन् । उनले भनिन्, ‘धेरैजसो योजनाको म्याद असोज मसान्तसम्म थपिएको छ । अनुगमन गरेर भएको कामको मात्र पैसा दिएका छौँ । गत आर्थिक वर्षमा नगरको गौरवको आयोजना भनेर घोषणा गरिएका दुई वटै आयोजनाको काम सुरु सम्म हुन सकेन । नगरमा जताततै नीतिगत भ्रष्टाचार छ ।
प्रकाशित मिति: सोमबार, साउन ४, २०७८  ०३:३४
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP