Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • कलिउडदेखि बलिउडसम्म राकेशको यात्रा
कलिउडदेखि बलिउडसम्म राकेशको यात्रा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन ३, २०७८
rakesh ranapal 7
Hardik health
काठमाडौं– कोरोना भाइरसका कारण विश्वभरका हरेक क्षेत्र प्रभावित बन्न पुग्यो । सिनेमा क्षेत्र पनि यसबाट अछुतो रहने कुरै भएन । जसले गर्दा सिनेमा क्षेत्रमा काम गर्नेहरूका लागि धेरै नै असर पारेको छ । डामाडोलको अवस्थामा पुगेको भए पनि विस्तारै सुरु हुने क्रममा रहेको छ । अन्य क्षेत्रजस्तोे होइन सिने क्षेत्र । फिचर्स फिल्मको सुटिङको समयमा ५०÷६० जनाको युनिटले काम गर्नुपर्ने हुँदा स्वास्थ्यको दृष्टिकोणले पनि यतिका संख्यामा मानिस भेला भएर सुटिङ गर्ने कुरै भएन । युनिटमा काम गर्नु पर्ने भएकोले एकआपसमा नजिक रहेर काम गर्नुपर्दा जोखिम रहने हुँदा पनि सिनेमाको सुटिङ हुन सकिरहेको छैन । एकातिर कथावस्तु, कलाकारको पूरा सुरक्षामा ध्यान राख्नुपर्ने र अर्काेतिर युनिटमा खटिने प्राविधिकको पनि उत्तिकै सुरक्षाको व्यवस्था गर्न‘पर्ने बाध्यताले पनि निर्माताहरू सुटिङ सुरु गर्न डराइरहेका छन् । यस्तो अवस्थामा पनि म्युजिक भिडियो, टेलिसिरियलहरूको सुटिङ भने स्वास्थ्यको ख्याल गर्दै भइरहेको छ । लामो समयको बन्दबन्दीका कारण कलाकार, प्राधिकिहरू मारमा परेका छन् । लम्बिँदै गएको निषेधाज्ञाले आफ्नो काम गर्न नपाउँदा गुजारा कसरी चलाउने भन्ने चिन्तामा छन् मेकअप आर्टिष्ट राकेश रणपाल । अन्य व्यवसाय खुकुलो भएजस्तै सिनेमा निर्माण र प्रदर्शनमा पनि सहजता हुनु पर्ने उनको भनाइ छ । सुटिङ सुरु भएको खण्डमा स्वास्थ्य मापदण्ड अपनाएर काम गर्न पनि अलि समस्या हुने उनको बुझाइ छ । झण्डै डेढ दशक देखि मेकअप आर्टिष्टको रूपमा काम गर्दै आइरहेका राकेश रणपाल नेपाली सिने क्षेत्रमामात्र होइन बलिउड र भोजपुरी सिने उद्योगमा समेत ख्यातिप्राप्त नाम हो । सोनी टेलिभिजनबाट प्रशारण हुने अपराध सम्बन्धी सिरियल ‘क्राइम पेट्रोल’मा लामो समय मेकअप आर्टिष्टको रूपमा काम गरेका राकेशले भोजपुरी भाषाको ‘जय शम्भु’, ‘प्रेम गीत’, ‘प्रेम गीत २’, आदि सिनेमामा काम गरिसकेका छन् । मिजासिलो स्वभावका, युनिटमा सबैसँग मिलेर काम गर्न रुचाउने राकेशले ‘बीचबाटो’, ‘मायाँको बारीमा’, ‘सौभाग्य’, ‘डर्टी लभ’, ‘चियर्स’, ‘कमिना’, ‘ब्रम्हा’, ‘राजा’, ‘लाले’, ‘धनवान’, ‘लभ इन दार्जलिङ’, ‘प्रेम लिला’, ‘झमक बहादुर’, ‘झिल्को’ आदि सिनेमामा काम गरिसकेका छन् । मेकअप आर्टिष्टको भीडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल राकेशलाई विभिन्न संघ, संस्थाले सम्मानसमेत गरेको छ । वुमेन्स एरा मिडिया ग्रुप नेपालले आयोजना गरेको ‘हिमालय इन्टरनेशनल अवार्ड २०७७’ बाट पुरस्कृत राकेश आफ्नो पेसाबाट सन्तुष्ट छन् । यस क्षेत्रमा आउन इच्छुक नयाँ पिँढीलाई आफ्नो ज्ञान र सीप बाड्दै आइरहेको उनी उदयपुर, चौदण्डी नगरपालिका ९ का स्थानीय वासिन्दा हुन् । उनी भविष्यमा पनि यही पेसालाई निरन्तरता दिने योजनामा छन् ।
प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  ०३:०३
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
पारिवारिक कथामा बन्यो ‘हर्ष’
पारिवारिक कथामा बन्यो ‘हर्ष’ बिहीबार, कात्तिक २०, २०८२
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा बिहीबार, कात्तिक २०, २०८२
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक बुधबार, कात्तिक १९, २०८२
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त मंगलबार, कात्तिक १८, २०८२
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा मंगलबार, कात्तिक १८, २०८२
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै आइतबार, कात्तिक १६, २०८२
नेपालकै पहिलो इम्प्रभ कमेडी शो  प्रसारण शुरु
नेपालकै पहिलो इम्प्रभ कमेडी शो प्रसारण शुरु आइतबार, कात्तिक १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP