Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • काठमाडौंमा १० दिन निषेधाज्ञा थप
काठमाडौंमा १० दिन निषेधाज्ञा थप
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन १, २०७८
Lookdawn
Hardik health
काठमाडौं– स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा केही खुकुलो पारे पनि पूर्णरूपमा हटाएको भने छैन । पछिल्लो पटक असार मसान्तसम्मका लागि जारी गरिएको निषेधाज्ञा स्थानीय प्रशासनले १० दिन थप गरेको छ । काठमाडौं उपत्यकाअन्तर्गतका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले कोभिड–१९ नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप गर्ने निर्णय गरेको हो । बिहीबार बसेको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन् । बैठकले पसल खोल्ने समय एक घन्टा थप गरेको छ । ३१ असारसम्म सबैथरि व्यवसाय ६ बजेसम्म सञ्चालन हु“दै आइरहेकामा अब बेलुका ७ बजेसम्म पसल सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ । कोरोनाभाइरस संक्रमणको जोखिम अझैं कायम रहेकाले निषेधाज्ञा थप्ने निर्णय गरिएको उनको भनाइ छ । तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले १० साउनसम्म निषेधाज्ञा थपेका हुन् । उपत्यकामा १६ वैशाखबाट निषेधाज्ञा जारी छ । यसअघि सञ्चालनमा रहेका गतिविधिमा रोक लगाइएको छैन । आगामी १० दिन निषेधाज्ञा थप खुकुलो गरिएको छ । सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्विमिङ पुल, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लब, फुटसल, जिमखाना, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसको भिडभाड हुने अन्य कार्यक्रममा रोक लगाइएको छ । त्यस्तै, सार्वजनिक स्थलमा भेला हुन, भिडभाड गर्न, सभा, जुलुस, जात्रा, महोत्सव, भोजभतेर गर्न पनि रोक लगाइएको छ । पुजारीबाट हुने नित्य पूजाबाहेकका धार्मिक तथा सांस्कृतिक गतिविधि पनि गर्न नपाइने भएको छ । कोभिड–१९ नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण लामो दूरीका सार्वजनिक यातायातका साधन अझै १० दिन नचल्ने भएका छन् । बैठकले काठमाडौं आउने र जाने लामो दूरीका सार्वजनिक यातायातका साधनमा लगाएको रोक यथावत् राखेको छ । काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमणको जोखिम यथावत् रहेकाले लामो दूरीका सवारी साधन खुला नगरिएको प्रजिअ पराजुलीले बताएका छन् । प्रजिअ पराजुलीका अनुसार लामो दूरीमा यातायात सञ्चालन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यसअघि नै लामो दूरीको यातायात चलाउने प्रस्ताव कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) मा पठाइसकेको र बिहीबार सिसिएमसीले मन्त्रिपरिषदमा पठाएको जानकारी आएको उनले बताए । काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सञ्चालन भइरहेको र सम्बन्धित जिल्ला प्रशासन कार्यालयको पास लिएर आउने गाडी उपत्यका प्रवेश गरिरहेको उनले बताए । ‘तर देशभरिको यातायात सञ्चालनको विषय हुनाले मन्त्रिपरिषदले निर्णय गर्नुपर्छ’ उनले भने । तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले जारी गरेको निषेधाज्ञा सम्बन्धी आदेशमा पनि अत्यावश्यक कामका लागि भने आउन जान दिने उल्लेख छ । काठमाडौं उपत्यकामा भने सार्वजनिक यातायातका साधन यथावत् सञ्चालन हुनेछन् । स्वास्थ्य मापदण्ड भने अनिवार्य गरिएको छ भने क्षमताभन्दा बढी यात्रु राख्न पाइनेछैन ।
प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  ०२:५५
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP