Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगारमा जानेलाई खोप, व्यावसायीमा छैन उत्साह
वैदेशिक रोजगारमा जानेलाई खोप, व्यावसायीमा छैन उत्साह
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार ३१, २०७८
Hardik health
काठमाडौं– वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई खोप लगाउने सरकारले निर्णय गरे पनि व्यावसायी भने उत्साहित छैनन् । नेपाल सरकारले पछिल्लो सयम वैदेशिक रोजगारीमा जानेहरूलाई पनि कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरे पनि रोजगारीका गन्तव्य मुलुकले निर्धारण गरेको भन्दा फरक खोप लगाइने भएपछि व्यावसायीमा उत्साह नदेखिएको हो । गन्तव्य मुलुकले निर्धारण गरेको भन्दा फरक खोप लगाइने भएकाले व्यवसायीमा उत्साह नदेखिएको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका महासचिव भवानी निरौलाले बताएका छन् । खोप लगाउन पाउनु खुसीको कुरा भए पनि वैदेशिक रोजगारीमा जाने व्यक्तहरूलाई लगाइने भेरोसिल खोप नेपालीहरूको रोजगार गन्तव्य मुलुकले मान्यता नगरेकाले त्यसले श्रमिक तथा व्यवासयीलाई खासै उत्साही बनाउन नसकेको उनले बताए । नेपालीहरूको श्रम गन्तव्य मुलुक कतार र साउदी अरबले मोडेर्ना, कोभिसिल, फाइजर र जोन्सन एन्ड जोन्सनलाई मान्यता दिएकाले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई ती खोपमध्ये कुनै एक उपलब्ध गराउनु पर्ने निरौलाको भनाइ छ । नेपालमा नै बस्नेहरूलाई भेरोसिल लगाएर रोजगारीका लागि जानेहरूलाई अन्य खोप व्यवास्थापन गर्नु पर्ने उनले बताए । वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूका लागि ५ लाख डोज खोप छुट्टयाउनु पर्ने उनले माग गरेका छन् । भेरोसेल लगाएर विदेश गए पनि श्रमिकले क्वारेन्टाइनमा अनिवार्य बस्नु पर्ने भएकाले यसको कुनै अर्थ नहुने उनले बताए । यदि रोजगार गन्तव्य मुलुकले स्वीकृत गरेको खोप लगाउन नपाउने हो भने खोप लगाउनुको कुनै औचित्य नभएको उनको भनाइ थियो । वैदेशिक रोजगारीमा जानेहरूलाई खोप लगाउने व्यवस्था गर्नु सुखद भए पनि श्रमगन्तव्य मुलुकले मान्यता दिएको खोप लगाउनु पर्ने प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका कार्यबाहक अध्यक्ष राजेन्द्र भण्डारीले बताएका छन् । आपूmहरूले अहिले जोन्सन एन्ड जोन्सन खोपको व्यवस्था गर्नका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई अनुरोध गरिरहेको उनले बताए । भेरोसिल श्रम गन्तव्य मुलुकले मान्यता नदिएकाले नेपालमा उपलब्ध भएको जोन्सन एन्ड जोन्सन खोप लगाउने व्यावस्था गर्नु पर्ने उनको भनाइ छ । वैदेशिक रोजगारीमा जानेहरूका लागि निश्चित कोटा तोकेर खोप उपलब्ध गराउनु पर्ने र गन्तव्य मुलुकले मान्यता दिएको खोप लगाउने व्यवस्था गर्नु पर्ने गणतान्त्रिक वैदेशिक रोजगार मञ्चका संयोजक रामप्रसाद भन्तनाले बताएका छन् । रेमिटान्सबाट चलेको देशको सरकारले वैदेशिक रोजगारलाई ‘आए आँप, गए भट्टी’ भन्ने व्यवहार गरेको उनको आरोप छ । श्रमिकको जीवन रक्षाका लागि सरकारले काम गर्न नसकेको उनको आरोप छ । वैदेशिक रोजगारीमा जोनहरूलाई भेरोसेल दिनुको कुनै अर्थ नहुने उनले बताए । वैदेशिक रोजगारीमा जानेहरूका लागि देशका विभिन्न सहरमा नै खोप लगाउन व्यवास्था गर्न पनि उनले सरकारसँग आग्रह गरेका छन् । काठमाडौं नै आउँदा श्रमिकको खर्च बढी हुने भन्दै नयाँ सरकारले विदेशमा मान्यता पाएको कोभिडको खोप प्रदेशअनुसार नै लगाउने व्यवस्था गर्नु पर्ने संयोजगक भन्तनाले बताए । यसैबीच, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूका लागि जोन्सोन एन्ड जोन्सोन खोपको व्यवस्था मिलाउन कोभिड–१९ व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई अनुरोध गरेको छ । बुधबार सिसिएमसीलाई एक पत्र लेख्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई भेरोसेल खोप दिने निर्णय सच्याउँदै सचिव स्तरीय निर्णय गरी जोन्सन एन्ड जोन्सनको खोप उपलब्ध गराउन पत्राचार गरिएको छ । पत्रमा वैदेशिक रोजगारीमा जानेहरू तत्काल जानु पर्ने र कतिपय देशले भेरोसेल खोपलाई मान्यतासमेत नदिएकाले अवस्थामा एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोप लगाउन व्यवस्था गर्नका लागि आग्रह गरिएको छ । सरकारले २८ असारमा खोप अनिवार्य गरिएका देशमा जाने नागरिकलाई भेरोसेल खोप लगाउने निर्णय गरेको थियो । तर, नेपालमा रहेका शरणार्थीलाई भने अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सन खोप लागाउने बताइएको थियो । यो निर्णयको व्यापक आलोचना भइरहेको छ । नेपालीहरूको मुख्य श्रम गन्तव्य मुलुक कतार, कुवेत, साउदीजस्ता देशले भेरोसेललाई मान्यता दिएका छैनन् । त्यहाँ मोडेर्ना, अष्ट्राजेनिका, फाइजर र जोन्सन एन्ड जोन्सनले मात्र मान्यता पाएका छन् ।
प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  ०२:३८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP