Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • एक्स ९ को तयारीमा अनमोल
एक्स ९ को तयारीमा अनमोल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार ३०, २०७८
Anmoll KC
Hardik health
काठमाडौं– कोरोना भाइरसको संक्रमण कम भएसँगै नेपाली चलचित्र क्षेत्र विस्तारै लयमा फर्किन थालेको छ । कोरोना महामारीका कारण स्थगित गरिएका चलचित्रको सुटिङको काम धमाधम सुरु गर्ने तयारीमा निर्माता तथा निर्देशकहरू लागेका छन् । कोरोना महामारीको दोस्रो लहरका कारण छायांकन सुरु गर्न लागेका र बीचमै रोकिएका चलचित्रहरू पुनः फ्लोरमा जाने तयारीमा जुटेका हुन् । केहीले छायांकन सुरु हुने मिति सार्वजनिक गरिसकेका छन् भने केही पर्ख र हेरको अवस्थामा छन् । सानो पर्दाका चलचित्रहरू भने सुरु भइसकेका छन् । यस्तैमा अभिनेता अनमोल केसी पनि नयाँ चलचित्र गर्ने तयारीमा जुटेका छन् । हाल नेपाली फिल्म क्षेत्रमा सबभन्दा विकाउ अभिनेता अनमोल ‘एक्स ९’ को लागि रिजर्भ बसेका छन् । आफ्नै होम प्रोडक्सनको तीन वटा चलचित्रलाई पर सारेर उनी उक्त फिल्मका लागि तयारी अवस्थामा बसेका हुन् । यद्यपि ‘एक्स ९’ को तिहारपछि मात्र हुने अनुमान गरिएको छ । लामो समयदेखि निर्देशक मुकुन्द भट्टसँग उनको निरन्तर छलफल भइरहेको छ । ७५ लाख पारिश्रमिकसहित उनलाई फिल्म ‘एक्स ९’ अफर गरिएको थियो । उनी फिल्ममा काम गर्न सकारात्मक छन् । दुवै पक्ष साउनभित्र कागजी सम्झौता गर्ने तयारी रहेको स्रोतले बताएको छ । अनमोलले यो फिल्मको छायांकन पूरा गरेपछि मात्र घरको फिल्म ‘एन्टी हिरो’, ‘पारस’ र ‘माइतीघर–२’ लाई समय दिने बताइएको छ । तिहारपछि छायांकन सुरु हुने ‘एक्स ९’ का लागि उनले अहिलेदेखि नै शरीर सुगठित बनाउन कडा मिहिनेत गरिरहेको जानकारी प्राप्त भएको छ । फिल्ममा उनी एक्सन अवतारमा प्रस्तुत हुनेछन् । यसअघि फिल्म ‘कृ’ मा पनि उनी एक्सन भूमिकामा देखिएका थिए । फिल्ममा सौगात मल्ल, पुष्प खड्का, अनुपविक्रम शाही, प्रियंका थापा र राज कटुवाल पनि मुख्य भूमिका रहने निर्देशक भट्टले जनाएका छन् । नेपालसँगै युरोपका विभिन्न सहर र आबुधाबीमा फिल्मको सुटिङ हुनेछ । निर्माण टिमले फिल्मका लागि भिलेनको भूमिका बलिउड अभिनेता सुनील शेट्टीलाई अफर गरेको जानकारी दिएको छ । तर, उनीसँग कागजी सम्झौता भने भएको छैन । फिल्म ‘होस्टेल’ बाट नायकको रूपमा डेब्यू गरेका अनमोलले आफ्नो करिअरमा ‘जेरी, ड्रिम्स, गाजलु, ए मेरो हजुर ३’ जस्ता सुपरहिट फिल्म दिइसकेका छन् । फिल्म ‘कृ र क्याप्टेन’ भने अपेक्षाकृत चलेनन् । हरेक फिल्ममा अभिनयको आलोचना खेप्दै आएको भए पनि छोटो समयमा उनले जुन खालको लोकप्रियता र स्टारडम बनाएका छन्, त्यो साँच्चै लोभलाग्दो र उदाहरणीय छ । अनमोल फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन सकेपछि घरमै सीमित छन् । दोस्रो चरणको कोरोना महामारी नफैलिएको भए उनले यतिबेलासम्म होम प्रोडक्सनको फिल्म ‘एन्टी हिरो, पारस र माइतीघर २’ मध्ये एक फिल्मको छायांकन भ्याइसकेका हुने थिए । त्यस्तै, ‘ए मेरो हजुर ४’ रिलिजको मुखमा हुन्थ्यो । तर, कोरोनाले गर्दा फिल्म निर्माणदेखि रिलिजसम्म प्रभावित भएको छ ।
प्रकाशित मिति: बुधबार, असार ३०, २०७८  ०३:१०
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
पारिवारिक कथामा बन्यो ‘हर्ष’
पारिवारिक कथामा बन्यो ‘हर्ष’ बिहीबार, कात्तिक २०, २०८२
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा बिहीबार, कात्तिक २०, २०८२
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक बुधबार, कात्तिक १९, २०८२
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त मंगलबार, कात्तिक १८, २०८२
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा मंगलबार, कात्तिक १८, २०८२
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै आइतबार, कात्तिक १६, २०८२
नेपालकै पहिलो इम्प्रभ कमेडी शो  प्रसारण शुरु
नेपालकै पहिलो इम्प्रभ कमेडी शो प्रसारण शुरु आइतबार, कात्तिक १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP