Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #कोशी प्रदेश
  • #छिमली र पट्टा नाच
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • क्युभिसीका कारण श्रमिकलाई आर्थिक भारः व्यावसायी
क्युभिसीका कारण श्रमिकलाई आर्थिक भारः व्यावसायी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार २८, २०७८
QVC
Hardik health
काठमाडौं– कतार भिसा सेन्टर (क्युभिसी) का कारण श्रमिकलाई आर्थिक भार बढेको व्यावसायीहरूले बताएका छन् । उनीहरूका अनुसार क्युभिसी स्थापना अघिसम्म नेपाली श्रमिकहरू १० दिनभित्र कतार पुग्दै आएकामा अहिले भने उनीहरू कतार उड्नका लागि कम्तिमा पनि ५० दिन लागेपछि उनीहरूमाथि आर्थिक भार बढ्न गएको हो । वैदेशिक रोजगारीका लागि कतार जाने श्रमिकलाई सहज बनाउने उद्देश्यका साथ स्थापना गरिएको क्युभिसी अहिले श्रमिक र व्यवसायीका लागि टाउको दुखाइको विषय बन्दै गएको देखिन्छ । कतार जाने श्रमिकको स्वास्थ्य परीक्षणदेखि भिसा प्रशोधनको काम गर्ने गरी खोलिएको संस्थाको ढिलासुस्तीका कारण वैदेशिक रोजगारमा जाने श्रमिकहरूको बसाइ लम्बिएपछि उनीमाथि आर्थिक भार थपिएको हो । पछिल्लो समय क्युभिसीबाट प्रवाह हुने सेवाका बारेमा व्यवासयीलाई समेत जानकारी नहुने गरेको व्यवसायीको गुनासो रहेको छ । क्युभिसी कति बेला खुल्छ र कति बेला बन्द हुन्छ यसको जानकारी पाउने मुस्किल भएको वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष कमल तामाङले बताएका छन् । मुलुक संघीयतामा गइसकेको अवस्थामा पनि नेपालमा क्युभिसीमार्फत स्वास्थ्य परीक्षणका लागि काठमाडौं आउनु पर्ने बाध्यता रहेको साथै सेवा लिनका लागि पनि महिनौँ कुर्नु पर्ने बाध्यता सिर्जना भइरहेको उनको भनाइ छ । श्रमिकको हक र हितका लागि भनिएको संस्थाबाट श्रमिकलाई दुःख मात्रै भएको भन्दै यसलाई बन्द गर्नु पर्ने कार्यबाहक अध्यक्ष तामाङले बताएका छन् । नेपालमा क्युभिसीमार्फत सिन्डिकेट कायम गर्न खोजिएको उनले बताए । केही सिमित व्यवसायीको इसारामा क्युभिसी चल्ने गरेको व्यवसायीले आरोप लगाउने गरेका छन् । क्युभिसी आउनुभन्दा पहिले १० दिनमा कतार पुग्ने श्रमिक अहिले स्वास्थ्य परीक्षणकै लागि महिनौँ समय बर्बाद गर्नु पर्ने अवस्था रहेको अध्यक्ष तामाङको भनाइ थियो । क्युभिसीकै कारणले गर्दा पछिल्लो समय व्यवसायीहरूलाई थप समस्या उत्पन्न भएको संघका महासचिव सुजितकुमार श्रेष्ठले पनि बताएका छन् । स्वास्थ्य परीक्षणका लागि लाग्ने समय बढ्नेबित्तिकै श्रमिकलाई थप आर्थिक भार परिरहेको उनले बताए । उनका अनुसार दूरदराजबाट आउने श्रमिकहरूलाई सेवा दिन ढिलाइ गर्ने तथा पुनः स्वास्थ्य परीक्षणका लागि पनि २०–२५ दिन लगाउने गर्नाले विदेशमा गएर काम सुरु गर्ने समयसम्म पनि श्रमिक काठमाडौंमा रुमलिनु पर्ने अवस्था रहेको छ । ‘हामीले निरन्तर रूपमा सरल र सहज सेवा प्रदान गर्न आग्रह गर्दै आएको भए पनि सेन्टरले न त क्षमता बढाउन सक्यो, न त समय तालिका अनुसार नै काम गर्न सक्यो,’ महासचिव श्रेष्ठले भने, ‘हामीसँग गरेको वाचा त्यत्तिै थन्किए बसेको छ ।’ पैसा लिए पछि सिङ्खट अनुसार गरेर हुन्छ कि जनशक्ति बढाएर हुन्छ जसरी भए पनि सेवा दिनु पर्ने उनले माग गरेका छन् । दैनिक रूपमा ३ सयको कोटा तोकिने र त्यसमा पनि पहुँचवालाकै हालीमुहाली हुने गरेको उनले बताएका छन् । उनका अनुसार क्युभिसी स्थापन हुनुभन्दा पहिले ५ दिनमा हुने कामका लागि पनि अहिले कम्तिमा पनि ३ महिनासम्म समय लाग्ने गरेको छ । यो समयमा श्रमिक काठमाडौंमा बस्दा पनि र घर फर्केर पुनः काठमाडौं आउँदा पनि आर्थिक रूपमा निकै महँगो पर्ने गरेको व्यवसायीहरूको गुनासो रहँदै आएको छ । अहिले कतारले श्रमिक माग गरिरहेको अवस्थामा क्युभिसीकै कारण श्रमिक पठाउनै कठिन भइरहेको व्यवसायीले बताउँदै आएका छन् । व्यवसायीलाई सहज बनाउनेभन्दा पनि क्युभिसीले समस्या सिर्जना गर्ने काम मात्रै गरेको प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका कार्यबाहक अध्यक्ष राजेन्द्र भण्डारीले बताएका छन् । क्युभिसीका विषयमा राज्यले नै कदम चाल्नु पर्ने उनको माग छ । कतारका लागि भिसा आउनुभन्दा स्वास्थ्य परीक्षणको रिपोर्ट आउन समय लाग्ने गरेको भण्डारीले बताए । क्युभिसीले दैनिक ४ सय जनाको दरले स्वास्थ्य परीक्षण गर्ने गरेको छ । यो अवस्थामा क्युभिसीले वार्षिक रूपमा ८० हजार जनाको स्वास्थ्य परीक्षण गर्न सक्ने देखिन्छ । तर, कतारमा वार्षिक रूपमा डेढ लाख श्रमिकको माग आउने गरेको व्यवसायीहरूको भनाइ छ । क्युभिसीसँग सम्झौता हुने गरेको तर त्यसको कार्यान्वयन हुन नसकेको व्यवसायीहरूको गुनासो छ । क्युभिसीले दैनिक कति श्रमिकको स्वास्थ्य परीक्षण गर्न सक्ने हो त्यसलाई सार्वजनिक गरेर व्यवसायी र श्रमिकलाई सहज बनाइनु पर्ने वैदेशिक रोजगार गणतान्त्रिक मञ्चका संयोजक रामप्रसाद भन्तनाले बताएका छन् । क्युभिसीले कुनै दिन १ सय जना र कुनै दिन ७ सय जनाको स्वास्थ्य परीक्षण गराएको भन्दै सबै व्यवसायीलाई जानकारी हुने गरी सहज र सुलभ रूपमा सेवा पाउनु पर्ने उनले बताए । उनका अनुसार यसको नियमनमा राज्यले चासो दिन सकेको छैन । क्युभिसीले व्यवसायीलाई दुःख मात्रै दिने काम गरेकाले यसलाई खारेज नै गर्नु पर्ने व्यवसायीहरूको माग रहेको छ । नेपालमा ०७६ सालको १५ जेठमा क्युभिसी स्थापन भएको थियो ।
प्रकाशित मिति: सोमबार, असार २८, २०७८  ०२:४४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’ सोमबार, असोज ६, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP