Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कामदार लैजान कोरियाको सर्तै सर्त
कामदार लैजान कोरियाको सर्तै सर्त
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार २७, २०७८
Koriya
Hardik health
काठमाडौं– वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मुलुक दक्षिण कोरियाले कामदार लैजानका लागि विभिन्न सर्त राखेको छ । कोरोना महामारीका कारण रोजगारीका लागि जान नपाएका नेपाली कामदारलाई लैजानका कोरिया सकारात्मक भए पनि स्वास्थ्य मापदण्डलगायत सर्त तेस्र्याएको छ । भाषा पास गरेर बसेका नेपाली युवाहरूलाई कोरियामा रोजगारीका लागि लैजान नेपालको अवस्था सामान्य हुनु पर्ने, कोरिया गएपछि अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने तथा खोपको मात्रा पूरा गरेको हुनु पर्नेलगायतका सर्त राखिएको इपिएस कोरिया शाखाका प्रमुख इन्द्र गौतले बताएका छन् । एचआरडी कोरिया कामदार लैजानका लागि सकारात्मक रहे पनि कोरिया सरकारले नेपाललाई खतराको सूचीबाट नहटाउँदासम्म कोरिया जाने सम्भावना भने कम रहेको गौतमको भनाइ छ । कोरियाले कामदार लिन सुरु गरेपछि पनि त्यहाँ गएर १४ दिन अनिवार्य होटल क्वारेन्टाइनमा बस्नु पर्ने छ । यसबाहेक कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट, खोपको मात्रा पूरा गरेको हुनु पर्ने पनि बताइएको छ । आफूहरूले कामदारको विषयमा एचआरडीसँग बारम्बार कुरा गरिरहेको र कोरिया सरकारले खतराको सूचीबाट नहटाएकाले कामदार लैजान नसकेको जवाफ दिने गरेको प्रमुख गौतमले बताए । कोरिया कामदार पठाउने विषयमा निरन्तर छलफल भएको भए पनि कोरियाले कामदार आपूर्तिका लागि स्वीकृति नदिएका कारण अहिले कोरियन भाषा पास गरेका कामदार जान नपाएको बताएका छन् । अहिले नेपाल मात्रै नभएर कोरियाले कामदार आपूर्ति गर्ने १६ वटै राष्ट्रबाट कोरियाले कामदार नलिएको अवस्था छ । भाषा परीक्षा पास गरेर बसेका कामदारको समय भने थप भइरहेको इपिएस शाखाले जनाएको छ । कोरोनाको दोस्रो लहर सुरु हुनुभन्दा केही समय पहिले कोरियाले नेपाललाई कम्फर्ट (यलो) जोनमा राखेको थियो । तर, दोस्रो लहर सुरु भएपछि अवस्था सामान्य नभएकाले कोरियाले यस विषयमा कुनै पनि निर्णय नगरेको प्रमुख गौतमको भनाइ छ । कोरियाले कामदार लैजानका लागि उसले सुरक्षित (ग्रिन)मा राख्नु पर्ने हुन्छ । अन्यथा कोरियाले कामदार लैजाने सम्भावना नरहने बताइएको छ । अहिले कोरियन भाषा परीक्षा पास गरेर करिब ८ हजार नेपाली कामदार कोरिया जाने लिस्टमा रहेको इपिएस कोरिया शाखाले जनाएको छ । त्यसमध्ये नयाँ करिब ५ हजार र करिब ३ हजार पुराना कामदार रहेको प्रमुख गौतमले बताए । अहिले सन् २०१७, ०१८ र ०१९ मा पास गरेकाहरू लिस्टमा रहेको बताइएको छ । कोरोनाका कारण २०२० मा कोरियन भाषा परीक्षा हुन सकेको थिएन । लिस्टमा रहेका कामदारहरूको नाम नआएको अवस्थामा उनीहरू पुनः रोस्टरमा जाने र फेरि लिस्टमा आउन सक्ने भएकाले पहिले पास गरेकाहरू पनि कोरिया जाने लिस्टमा रहेको प्रमुख गौतमले बताए । २०२१ मा हुने परीक्षाका विषयमा भने अहिलेसम्म कुनै जानकारी आउन नसकेको उनको भनाइ छ । कोरियाले भाषा परीक्षामा पास गर्नेको कोटासमेत निर्धारण गरिसकेको अवस्थामा कोरोनाको दोस्रो लहर सुरु भएपछि अहिले नयाँ भाषा परीक्षा अनिश्चित बनेको छ ।
प्रकाशित मिति: आइतबार, असार २७, २०७८  ०३:००
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP