Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • चाँगुनारायणमा घरबास पर्यटन
चाँगुनारायणमा घरबास पर्यटन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार २५, २०७८
gharbasa
Hardik health
काठमाडौं– कोरोना महामारीका कारण प्रभावित भएको चाँगुनारायणमा सामुदायिक घरबास (होमस्टे) लाई पुनः सुरु गरिने भएको छ । चाँगुनारायण नगरपालिका ४ चागुमा स्थानीय सरकारले घरबास पर्यटन प्रबद्र्धनका लागि आर्थिक सहयोग गर्ने भएपछि पुनः कार्यक्रम सुरु गरिने भएको हो । चाँगुनारायणको थुम्कोमा रात्रिकालीन पर्यटनलाई समेत आकर्षक गर्न चाँगुनारायण नगरपालिका–४ चाँगुमा सामुदायिक घरबास (होमस्टे) सञ्चालन गरिने भएको छ । ०७२ अगाडि केही घरमा सञ्चालनमा रहेका घरबास विनाशकारी भूकम्पपछि बन्द भएका थिए । घरबास सञ्चालनमा रहेका घर भूकम्पले भत्किएर समस्या आएपछि बन्द भएको थियो । त्यसपछि पुनः सुरु भएका केही घरबासहरू कोभिड–१९ को महामारी सुरु भएपछि संकटमा परेको थियो । कोरोनाका कारण संकटमा परेको पर्यटन व्यवसायलाई पुनःसञ्चालन गर्दै ग्रामीण क्षेत्रका बासिन्दालई पर्यटनसँगै जोड्दै आर्थिक अवस्था उकास्ने उद्देश्यले नगरपालिकाले घरबास सञ्चालनमा सहयोगसमेत गर्ने जनाएको छ । घरबास प्रवद्र्धनका लागि नगरपालिकाले रु दुई लाख खर्चिएर यहाँका २० स्थानीयवासीलाई घरबास तालिमसमेत दिएको छ । नगरप्रमुख सोमप्रसाद मिश्रले यदि घरबास सञ्चालन गर्न समस्या भए सहयोग गरिने बताएका छन् । उनले भने, ‘पैसा नभएर काम रोकिदैंँन, घरबास सञ्चालन गर्न इमान्दार भएर काम शुरु गरे सहुलियत पूर्ण ब्याजमा नगरपालिकाले ऋण उपलब्ध गराउन मद्दत गर्नेछ, घरबास शुरु गर्न म नगरवासीमा आग्रह गर्दछु ।’ भक्तपुर आउने पर्यटकमध्ये केही प्रतिशतलाई मात्र नगरकोट र चाँगुनारायणक्षेत्रमा आर्कषित गर्न सके स्थानीयस्तरमा परिर्वतन हुने उल्लेख गर्दै उनले स्थानीय भाषा, कला संस्कृतिको संरक्षण गर्दै मौलिक खाना पाहुनालाई एकरात राखेर सांस्कृतिक पहिचान देखाउँदै घरबास सञ्चालन गर्नसके झनै लोकप्रिय हुने बताएका छन् । चाँगुनारायण नगरक्षेत्रका जंगलमा दुर्लभ वन्यजन्तु, चराचुरुङी रहेको, झरना, पोखरी र सिमसार क्षेत्रको अवलोकन गर्दै पर्यटक रमाउन सक्ने प्रशस्त ठाउँ रहेको जनाउँदै उनले नगरपालिकाको लगानीमा यस्ता ठाउँको पहिचान गर्न पर्यटकीय गन्तव्य बनाउन विभिन्न संरचना निर्माणमा नगरपालिका जुटेको बताएका छन् । नगरपालिकाकी उपप्रमुख बिना बाँस्तोलाले आर्थिक सम्बृद्धि र विकासको लागि पर्यापर्यटन निकै महत्वपूर्ण हुने भन्दै घरबास पर्यटनबाट यहाँको पर्यटन एवं आर्थिक विकासमा टेवा पु¥याउन नगरपालिका तयार रहेको बताएकी छन् । वडा नं ४ का वडाध्यक्ष बुद्धिलाल महर्जनले चाँगुनारायण क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नगरपालिकाले यहाँका सम्पदादेखि मौलिक संस्कृतिको विकासमा लगानी गर्न थालिएको बताएका छन् । यसका लागि नगरपालिकाले चाँगुनारायण मन्दिर जान १००० सिँढी निर्माण, नारायणधारा सिँढी निर्माण, चारहाते भीमसेन सिँढी निर्माण, बसपार्कको सिन्हुख्वाः पोखरीको जीर्णोद्धार गरिएको जानकारी दिए । उनका अनुसार विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिर परिसरमा चौघेरा सत्तल निर्माण भइरहेको, नारायण मन्दिर, छिन्नमस्ता मन्दिर, किलेश्वर मन्दिर निर्माण भइसकेको र अरु पनि निर्माण भइरहेको छ । चाँगुमा घरवास सञ्चालनका लागि दर्ता गर्ने क्रम सुरु भएको छ । पछिल्लो समय केही होटल निर्माण भए पनि कोरोनाका कारण सञ्चालन हुन सकेका छैनन् । अब टोल–टोलमै घरबास पनि सुरु गर्ने योजना छ । चाँगुनारायण मन्दिर अवलोकनका लागि विगतमा यहाँ दैनिक ५० देखि २०० सम्म पर्यटक आउने गरेपनि रात बसेर यहाँका प्राकिृतिक सौन्दर्यता र संस्कृतिमा रमाउन भने सकेका थिएनन् ।
प्रकाशित मिति: शुक्रबार, असार २५, २०७८  ०३:५०
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP