Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • नयाँ नक्साको बेग्लै पृष्ठ
नयाँ नक्साको बेग्लै पृष्ठ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार २४, २०७८
Janak
Hardik health
काठमाडौं– जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नेपालको नयाँ नक्सा भएको बेग्लै पृष्ठ छापेर वितरण गर्ने तयारी गरेको छ । चालु शैक्षिक सत्रमा वितरण गरिएको पाठ्यपुस्तकमा नेपालको पुरानै नक्सा भएको भेटिएपछि नक्सा भएको पृष्ठ बेग्लै छापेर वितरण गर्ने तयारी गरिएको हो । नयाँ शैक्षिक सत्रका लागि उत्पादित पाठ्यपुस्तक हालसम्म ७० प्रतिशत बिक्री वितरण भइसकेको छ । कोरोना महामारी र निषेधाज्ञाका बीच पाठ्यपुस्तक उत्पादन र वितरणलाई अत्यावश्यक सेवामा राखिएपछि लिमिटेडबाट छापिएका पाठ्यपुस्तक विभिन्न प्रदेश र जिल्लामा बिक्रेतामार्फत ढुवानी गराइएको थियो । विगतका तय गरिएका पाठ्यक्रम मुद्रणीय प्रति (सिआरसी) का आधारमा पहिल्यै छापिइएका पाठ्यपुस्तकमा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नयाँ राजनीतिक नक्सा समावेश नभएकोमा सम्बन्धित पृष्ठमा नक्साबारे अलग्गै पृष्ठ छापेर विद्यालय–विद्यालयमा पठाउने काम पनि केन्द्रले गरिरहेको छ । हाल मुद्रण भइरहेका पाठ्यपुस्तकमा नयाँ नक्सासहित छपाइ भइरहेको केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले जानकारी दिएका छन् । विद्यालय तहका पाठ्यपुस्तक विद्यार्थीलाई निःशुल्क उपलब्ध गराउने सरकारको दायित्व हो । कक्षा १ देखि ३ सम्मका पाठ्यपुस्तक निजी क्षेत्रका प्रेसले उत्पादन गर्दै आएका छन् भने सो तहभन्दा माथिका लाागि जनक शिक्षाले उत्पादन गर्दै आएको छ । वितरणका लागि केन्द्रले मुलुकका आफ्ना प्रादेशिक र अन्य कार्यालयमा गरी एक हजार एक सय बिक्रेता नियुक्त गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ नक्सा समावेश गर्न निर्देशन दिएपछि यही १५ असारमा पाठ्यक्रम विकास केन्द्रले जनक शिक्षा लिमिटेडलाई त्यसबारे पत्राचार गरेको थियो । केन्द्रले आग्रह नगरेसम्म उत्पादनकर्ता निकायले पाठ्यपुस्तकमा परिमार्जन गर्न पाउँदैन । नयाँ (चुच्चे) नक्साअनुसार नेपालको क्षेत्रफल बढेर एक लाख ४७ हजार ५१६ कायम भएको छ । संसद्बाट संविधान संशोधन भएपछि नेपालका नयाँ राजनीतिक नक्सा ७ जेट ०७७ मा भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सार्वजनिक गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रले समयमा नयाँ नक्साबारे पाठ्यसामग्रीमा परिमार्जनका लागि समयमा औपचारिक पत्राचार नगर्दा बजारमा गइसकेका पाठ्यपुस्तकमा पुरानै नक्सा समावेश भएको गुनासो आएको थियो । केन्द्रले १३ असारमा सूचना जारी गर्दै विद्यालयमा प्रयोग हुने पाठ्यपुस्तक तथा पाठ्यसामग्रीका सम्बन्धमा पाठ्यपुस्तक वितरण व्यवस्थापन अनुगमन केन्द्रीय समितिको गत १८ जेठको निर्णयानुसार यस शैक्षिकसत्रका लागि बिक्रीमा रहेका स्वीकृत पाठ्यपुस्तक तथा पाठ्यसामग्रीमा अनिवार्यरूपमा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा समावेश हुुनुपर्ने सूचना बिक्रेता, शिक्षक र अभिभावकमा पनि दिएको थियो । गत वर्षमा नै छपाइ भएका पाठ्यपुस्तक तथा सामग्रीमा सम्बन्धित पेजमा परिमार्जन गरी नयाँ पेज समावेश गर्न पनि उक्त सूचनामा आग्रह गरिएको थियो । अनुगमन समितिले यही १२ असारमा बजार अनुगमन गर्दा पुरानै नक्सा भएका धेरै पुस्तक देखिएको नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीको भनाइ छ । लिमिटेडका प्रवक्ता चित्रकुमार आचार्यका अनुसार यस शैक्षिकसत्रका लागि सरकारले दिएको एक करोड ८४ लाख थान पाठ्यपुस्तक उत्पादन हुनुपर्ने लक्ष्य रहेकामा हालसम्म एक करोड ३० लाख थान बिक्री वितरण भइसकेको छ । कर्णाली प्रदेशका केही जिल्लाबाहेक अन्य जिल्लाबाट पाठ्यपुस्तक अभाव भएको गुनासो नआएको केन्द्रले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  ०३:२४
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP