Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रमगन्तव्य मुलुकमा नियमित उडान नहुँदा समस्या
श्रमगन्तव्य मुलुकमा नियमित उडान नहुँदा समस्या
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार २४, २०७८
bidesh-1
Hardik health
काठमाडौं– नेपाली श्रमिकहरूको मुख्य गन्तव्य मुलुकमा नियमित उडान नहुँदा फर्किने कामदारदेखि शव पठाउनसमेत समस्या भइरहेको बताइएको छ । बुधबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको भर्चुअल बैठकमा बोल्दै श्रम गन्तव्य मुलुक मलेसिया, साउदी अरबका श्रम काउन्सिलरहरूले नियमित उडान नहुँदा सम्झौता सकिएर बसेका कादार तथा शव पठाउन समस्या भएको बताएका हुन् । उडान नियमित नहुँदा कोरोना महामारीको समयमा नेपाल फर्किन चाहने श्रमिकहरूलाई पठाउन निकै समस्या भएको बैठकमा सहभागीहरूले बताएका छन् । कार्यक्रममा बोल्दै साउदी अरबका लागि श्रम काउन्सिलर जीवनकुमार राईले नियमित उडान नहुँदा रोजगारदाताले स्वदेश फर्किन चाहने कामदारलाई नेपाल पठाउन आनाकानी गर्ने गरेको बताए । उडान भएको भन्दै कामदारलाई कम्पनीले छुट्टी नदिएको उनको भनाइ छ । नियमित उडान हुन नसक्दा कामदारलाई आर्थिक भारसमेत थपिएको उनले बताएका छन् । साप्ताहीक रूप्मा हुने उडान पर्याप्त नभएकाले नियमित रुपमा उडान खुला गर्नेतर्फ नेपाल सरकार लाग्नु पर्ने उनले बताए । नियमित रुपमा उडान भइरहेको समयमा पनि साउदीमा टिकट पाउन गाह्रो हुने गरेको सुनाउँदै अहिले अवस्था अझ जटिल बनेको उनको भनाइ छ । रोजगारदाताले महँगो टिकट काटेर पठाउन नसक्ने बताउने गरेकाले पनि श्रमिकह्रूलाई थप मर्का परिरहेको बताइएको छ । अहिले साउदीमा २५ वटा शव रहेको राईले जानकारी दिए । अहिले हिमालयन एयरलाइन्सको न्यारो बडी विमानले साउदी उडान गर्ने गरेको र सो विमानबाट बढीमा २ वटासम्म शव नेपाल पठाउन सकिने बताएका छन् । यदि वाइड बडी विमान भएको खण्डमा दुइ वटा उडानमा सबै शव नेपाल पठाउन सकिने उनको भनाइ छ । यसैबीच, बहिर्गमन भिसा लागेपछि ६० दिनमा स्वदेश फर्किनु पर्ने व्यवस्था थप गरिएको पनि काउन्सिलर राईले जानकारी दिएका छन् । ६० दिनमा स्वदेश फर्किनु पर्ने भए पनि अहिले यो अवधि जुलाईभरका लागि थप भएको उनले बताए । यस्तै कार्यक्रममा बोल्दै मलेसियाका श्रम काउन्सिलर दीपक ढकालले मलेसियामा नियमति उडान नहुँदा सम्झौता सकिएका र शव नेपाल पठाउन समस्या भएको बताएका छन् । मलेसियामा अहिले ५२ वटा शव रहेको उनले जानकारी दिए । पछिल्लो समय ३ वटा उडान भए पनि त्यसमार्फत जम्मा १ वटा शब मात्रै स्वदेश फर्काइएको उनको भनाइ छ । मलेसिया आउने सबै न्यारो बडी विमान भएकाले पनि शव पठाउन समस्या भएको उनको तर्क छ । आफूहरूले वाइड बडी विमान मलेसिया पठाउनका लागि पहल गरिरहेको उनको भनाइ थियो । युएईमा भने यस्तो समस्या नरहेको श्रम काउन्सिलर निर्मला थापाले बताएकी छन् । युएईमा वाइडबडी विमानले उडान गरिरहेकाले स्वदेश फर्किन आवश्यक भएको श्रमिक र शव पठाउन समस्या नभएको उनको भनाइ छ । युएईमा रहेका श्रमिकहरू पनि अहिले नेपाल आउने मनस्थितिमा नरहेको उनले बताइन् । नेपाल गएपछि पुनः युएई फर्कन समस्या हुने दुविधाका बीच नेपाली श्रमिक अहिले युएई छाड्ने अवस्थामा नरहेको उनको भनाइ छ । अहिले युएइमा कुनै पनि शव नरोकिएको उनले बताइन । खोप लगाएका कामदारहरू आउन पाउने भन्ने विषयमा कुनै पनि निर्णय नभएको भन्दै खोप लगाएकाहरूलाई केही सहज बनाउने आस मात्रै गरिएको उनले भनाइ छ । फरक प्रसंगमा काउन्सिलर थापाले भिजिट भिसामा आउनेहरूलाई युएईमा समस्या भइरहेको पनि जानकारी गराएकी छन् । भिजिट भिसामा आएकाहरूको विवरण दूताबासमा नहुने भएकाले पनि समस्या थप जटिल बन्ने गरेको उनले बताइन् । मागपत्र स्वीकृत गर्ने क्रम जारी कोरोनाका कारण उडान हुन नसकेकको अवस्थामा समेत श्रम गन्तव्य मुलुहरूबाट श्रमिकको माग आउने क्रम भने जारी रहेको छ । नेपाली श्रमिकहरूको मुख्य श्रम गन्तव्य मुलुहरूमध्ये युएई र साउदी अरबबाट उल्लेख्य मात्रामा मागपत्र स्वीकृत भइरहेको ती देशका श्रम काउन्सिलहरूले बताएका छन् । नेपालीहरूको प्रमुख श्रम गन्तव्य मुलुकमध्यको साउदी अरबमा जनावरीदेखि हालसम्म ३५ हजारभन्दा बढी मागपत्र स्वीकृत भएको श्रम काउन्सिलर राईले बताएका छन् । साउदीमा रहेको नेपाली दूताबासमा आएका ३ हजार ६ सय फाइलबाट सो संख्यामा मागपत्र स्वीकृत गरिएको राईले बताए । त्यस्तै, युएईमा रहेको नेपाली दूताबासले पनि मागपत्र स्वीकृतिको कार्य जारी रहेको बताएको छ । तर, युएई सरकाले नेपाललाई रेड जोनमा राखेका कारणले नेपाली कामदार जान भने पाएका छैनन् । अहिलेसम्म युएई सरकारले २९ हजारभन्दा बढी मागपत्र स्वीकृत गरिसकेको त्यहाँका श्रम काउन्सिलर थापाले जानकारी दिइन् ।
प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  ०२:५४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP