Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • क्युभिसीको सिन्डिकेटले सास्ती, स्वास्थ्य परीक्षणमै महिनौँ समय बर्बाद
क्युभिसीको सिन्डिकेटले सास्ती, स्वास्थ्य परीक्षणमै महिनौँ समय बर्बाद
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार २४, २०७८
Kamal Tamang
Hardik health
काठमाडौं– वैदेशिक रोजगार व्यवसायीहरूले कतार भिसा सेन्टर (क्युभिसी) को औचित्य नभएको बताएका छन् । मंगलबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आयोजना गरेको पत्रकार सम्मेलनमा व्यवसायीहरूले क्युभिसीको औचित्य नरहेको बताएका हुन् । क्युभिसीले कामदार पठाउनका लागि सहज बनाउनु पर्ने गरी स्थापना भए पनि यसले सिन्डिकेट कायम गर्ने काम मात्र गरेको व्यवसायीहरूको आरोप छ । क्युभिसी आउनुभन्दा पहिले १० दिनमा कतार पुग्ने कामदाहरू अहिले स्वास्थ्य परीक्षण कै लागि महिनौँ कुर्नुपर्ने बाध्यता रहेको व्यवसायीहले बताएका छन् । संघले क्युभिसी खडा गरी एकाधिकार लागू गर्न खोजेको भन्दै आन्दोलनको चेतावनी नै दिएको छ । कतारमा कामदार पठाउनका लागि पहिले नेपाल सरकारबाट मान्यताप्राप्त जुनसुकै स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गरी श्रम स्वीकृतिलगायत प्रक्रिया पूरा गरी कामदार जाने गरिएकोमा एकाधिकारका लागि उक्त व्यापारिक संस्था खडा गरिएको भन्दै आन्दोलनमा उत्रने चेतावनी दिएको हो । खासमा क्युभिसीले स्वास्थ्य परीक्षणलाई चुस्त दुरुस्त गर्न नसकेको उनीहरूले बताएका छन् । उनीहरूका अनुसार चार दिनमा हुने स्वास्थ्य परीक्षणको कामका लागि महिना दिनसम्म कुर्नुपर्ने यदि यसमा असफल भएमा २५ दिनपछि मात्र उनको पालो आउने हुनाले क्युभिसीबाट व्यवसायी र कामदारलाई दुःख दिनेबाहेक कुनै काम नगरेको व्यवसायीको आरोप छ । यसो गर्दा स्वास्थ्य परीक्षण्का लागि मात्र कम्तिमा पनि ५० दिन काठमाडौंमा बस्नु पर्ने अवस्था सिर्जना भएको उनीहरूले बताएका छन् । लामो समयसम्म कामदार पठाइएको र कुनै समस्या नदेखिएको भए पनि अहिले क्युभिसी कै कारण समस्या उत्पन्न भएको संघका कार्यबाहक अध्यक्ष कलम तामाङले बताएका छन् । मुलुक संघीयतामा गइसकेको अवस्थामा पनि नेपालमा क्युभिसीमार्फत स्वास्थ्य परीक्षणका लागि काठमाडौं आउनु पर्ने बाध्यता रहेको साथै सेवा लिनका लागि पनि महिनौँ कुर्नु पर्ने बाध्यता सिर्जना गर्नु कामदारालाई दुःख दिनुभन्दा अरु केही नभएको उनले बताए । क्युभिसी स्थापना गर्न पाइने तर कामदारलाई सहजताका लागि हुनु पर्ने भन्दै कामदारलाई असहज हुने संस्था बन्दै गर्नु पर्ने उनको तर्क छ । क्युभिसी भएका देशमा २४ घन्टा खुल्ने गरेको भए पनि नेपालमा त्यसो पनि हुन नसकेको उनको भनाइ छ । क्युभिसीले दैनिक ४ सय जनाको दरले स्वास्थ्य परीक्षण गर्दा क्युभिसीले वर्षमा ८० हजार जनाको स्वास्थ्य परीक्षण गर्ने गरेको तर कतारमा वार्षिकरूपमा डेढ लाखको माग आउने गरेको कार्यवाहक अध्यक्ष तामाङले जानकारी दिए । क्युभिसी नेपालमा ल्याउँदै गर्दा पनि यसले कामदारलाई झन् सरल गरी सेवा दिने भनिए पनि यस्तो नभएको संघका पूर्वअध्यक्ष विमल ढकालले बताएका छन् । क्युभिसीकै कारण कतारमा रोजगारीका लागि जाने युवा मर्कामा परिहेको उनको भनाइ छ । नेपालमा क्युभिसीको औचित्य नरहेकाले खारेज गर्नका लागि सबै लाग्नु पर्ने उनले बताए । क्युभिसीले सुरुवाती दिनमा राम्रै काम गरेको भए पनि अहिले पर्दा पछाडिबाट अवाञ्छित काम भइरहेको ढकालको आरोप छ । पत्रकार सम्मेलनमा बोल्दै संघका द्वितीय उपाध्यक्ष कमलदेव मल्लले क्युभिसीसँग स्वास्थ्य परीक्षणका लागि क्षमता नै नभएको बताएका छन् । क्युभिसीले पैसाको आधारमा, सेलेक्टेड संस्थाको मात्र काम गरेको आरोप लगाउँदै मल्लले क्युभिसी खारेज गर्न सरकारसँग माग गरे । प्रतिव्यक्ति २० हजार रूपैयाँसम्म लिएर सेन्टरले बिचौलियामार्फत काम गरिरहेको उनले दाबी गरे । त्यस्तै, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनका अध्यक्ष नरेन्द्र ढकालले भिसा सेन्टरका कारण कामदार ठगिरहेको आरोप लगाएका छन् । ३–४ दिनमा हुने स्वास्थ्य परीक्षणको कामका लागि अहिले महिना दिन लाग्ने गरेको उनले बताए । त्यसमाथि पनि पुनः स्वास्थ्य परीक्षणका लागि पनि २५ दिनसम्म लाग्ने गरेको उनले गुनासो गरे । यसबाट कामदारलाई थप आर्थिक भार परिरहेको उनको भनाइ छ । एसोसिएसनका प्रथम उपाध्यक्ष तारानाथ अर्यालले कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गराउँदा गरिएका प्रतिबद्धता पूरा नभएको बताएका छन् । व्यावसायीलाई सहज बनाउने र सहजरूपमा कामदार लैजानका लागि क्युभिसीको स्थापना गरिएको भए पनि अहिले अवस्था ठ्याक्कै उल्टो भएको उनको भनाइ छ । उनले भने, ‘क्युभिसीले काम नगर्दा व्यवसायीले कामदार समयमै पठाउन नसक्दा कतारका कम्पनीले घाना र युगान्डाबाट कामदार ल्याउदा नेपाली युवाहरूको रोजगार खोसिएको छ । नेपाली युवाको माग पूरा गर्न नसक्ने क्युभिसी हामीलाई किन चाहियो ?’ सेन्टरबाट स्वास्थ्य परीक्षण गर्नका लागि समय लिनकै लागि निकै झन्झट व्यहोर्नु परेको प्रथम उपाध्यक्ष अर्यालको भनाइ छ । क्युभिसीले स्वास्थ्य परीक्षणका लागि नाम दर्ता गर्ने काममा नै धोकापूर्ण तरिकाले अघि बढेको उनले बताएका छन् । सेवा पाउन पहिला नै नाम लेखाउनुपर्ने तर यसका लागि थोरै समय मात्र निर्धारण गर्दै आएको छ । तर, त्यो समय पनि २४ घन्टा नै अनलाइनमा बसेर दाउ छाप्नु पर्ने उनले बताए । उनका अनुसार नाम लेखाउन थोरै समय मात्र वेबसाइट खोल्ने गर्दा कतिपय समयमा नाम लेखीसक्दा समय पनि सकिएपछि उनीहरू फेरि अर्को नामपटक नाम लेखाउनका लागि कुर्नुपर्ने भएको छ । सेन्टरबाट सेवा पाउन नसक्दा कतारबाट आएको मागअनुसारको कामदार पठाउन नसक्दा व्यवसायी कालोसूचीमा पर्ने जोखिमसमेत बढेको उनले बताएका छन् । नेपालमा क्युभिसीको ढिलाइले गर्दा कतारले अफ्रिकी मुलुकहरूबाट कामदार आपूर्ति गरिरहेको अर्यालले बताए । कामदार पठाउनका लागि समस्या सिर्जना गर्ने क्युभिसीको औचित्य नरहेको भन्दै उनको भनाइ छ । क्युभिसी सञ्चालन भएका मुलुकहरू श्रीलंका, फिलिपिन्स तथा अफ्रिकी मुलुकमा २४सै घन्टा सेवा दिइरहेको भए पनि नेपालमा भने बिचौलियालाई घुसाएर व्यावसायी र कामदारहरूलाई दुःख दिने काम गरेकाले यसको औचित्य नभएको प्रथम उपाध्यक्ष अर्यालले बताए । अहिले नेपालबाट वैदेशिक रोजगारीका लागि विदेश जाने घरधुरीको संख्या करिब ५६ प्रतिशत रहेको व्यवसायीहरूले दाबी गर्दै आएका छन् । रेमिट्यान्सले देशको कुल गाह्र्रस्थ उत्पादनको करिब २९ प्रतिशत हिस्सा ओगटेको बताइएको छ । रेमिट्यान्सले देश चलेको छ भन्ने कुरा गर्दा मिठोरूपमा लिने तर व्यवसायलाई घेराबन्दीमा राख्ने काम भइरहेको व्यवसायीहरूको गुनासो रहँदै आएको छ ।
प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  ०२:३४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP