Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • धरौटी रकमबाट सापटी माग
धरौटी रकमबाट सापटी माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार २०, २०७८
Dharauti
Hardik health
काठमाडौं– वैदेशिक रोजगारको क्षेत्रलाई चलायमान बनाउनका लागि धरौटी राखिएको रकमबाट व्यवसायीलाई सापटी दिनुपर्ने व्यवसायीहरूले माग गरेका छन् । कोरोनाको महामारीका कारण थलिएको व्यवसायलाई चलायमान बनाउन राहत स्वरूप धरौटी रकमबाट तत्कालका लागि सापटी दिनु पर्ने व्यवसायीहरूले बताएका हुन् । धरौटी रकमबाट निश्चित समय तोकेर व्यवसायीलाई सापटीका रूपमा चलाउन दिँदा व्यवसायीलाई केही मात्रामा भए पनि राहत हुने नेपाल वैदेशिक रोजगार व्यावसायी संघका सचिव मेघनाथ भुर्तेल बताएका छन् । धरौटी राखिएको पैसा समय तोकेर व्यावसायीलाई सापटी दिँदा कर्मचारीको तलब तथा कार्यालय व्यवस्थापनमा सहज हुने उनले बताए । आपूmहरूले यस विषयमा बारम्बार आवाज उठाएको भए पनि सरकारले ध्यान नदिएको उनले बताएका छन् । धरौटी रकम फिर्ता गर्ने विषयमा सम्बन्धित निकायले हुन्न पनि नभन्ने तर व्यवसायीलाई राहत स्वरूप दिन पनि तयार नहुने अवस्था रहेको उनको भनाइ थियो । व्यवसायीहरूले नै राखेको रकम व्यवसायीलाई नै चलाउन दिँदा व्यावसायीले पनि राहतको महसुस गर्ने र केही समयपछि फिर्ता हुने भएकाले यसतर्फ सरकारले ध्यान दिनु पर्ने व्यवसायीको भनाइ छ । महामारी सुरु भएपछि आउने मन्त्री र सचिवसँग व्यवसायीहरूले यो माग राख्दै आएका छन् । नेपाल सरकारले इराक घटना भएको समयमा म्यानपावर व्यवसायीलाई राहत स्वरूप उनीहरूले राखेको धरौटी रकम २ वर्षका लागि फिर्ता गरेको थियो । सोहीअनुसार अहिले पनि व्यवसायीहरूले राखेको धरौटी रकमबाट कम्तीमा पनि एक वर्ष प्रयोग गर्न पाउनु पर्ने माग गर्दै आएका छन् । व्यावसायीले राखेको धरौटी रकमबाट केही प्रतिशत ब्याज लिएर भए पनि सापटी दिनु पर्ने नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनका महासचिव भवानी निरौलाले बताएका छन् । बैंकको जस्तो धेरै ब्याज लिँदा समस्या हुने भन्दै १–२ प्रतिशतसम्म ब्याज लिएर निश्चित समयसम्म व्यवसायीलाई रकम फिर्ता गर्दा व्यावसायीलाई राहत पुग्ने उनले बताए । यस विषयमा वार्ता भएको भए पनि नीतिगत रूपमा निर्णय हुन नसकेको उनको भनाइ छ । इराक घटना हुँदाको समयमा सरकारले व्यावसायीले राखेको धरौटी रकम एक वर्षका लागि भनेर दिएको र पछि २ वर्षमा त्यो रकम फिर्ता गरिएको उनको भनाइ छ । ‘त्यतिखेर बिनाब्याज दिइएको भए पनि यो पटक केही ब्याज लिएर भए पनि व्यावसायीलाई रकम फिर्ता गर्नु पर्छ,’ निरौलाले भने । व्यवसायी मारमा परेको समयमा सरकारले कुनै सहयोग नगरेको उनको भनाइ थियो । वैदेशिक रोजगार व्यावसायीहरूले धरौटीबापत कम्तीमा ५० लाख नगद रूपैयाँ जम्मा गरेका छन् । सो ५० लाख केही समयका लागि सापटी दिँदा व्यावसायीले आफ्नो आन्तरिक व्यवस्थापन मिलाउन सहज हुने व्यवसायीको भनाइ छ । महामारीको असहज स्थितिमा धरौटी रकम चलाउँन पाउँदा व्यवसायीहरूलाई ठूलो राहत हुने प्रगतिशित वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका कार्यबाहक अध्यक्ष राजेन्द्र भण्डारीले बताएका छन् । धरौटी रकम सापटी पाएको खण्डमा व्यावसायीहरूलाई सञ्जिवनी बुटीकै काम गर्ने उनको भनाइ छ । यस्तो विपत्को समयमा पनि यसतर्फ सरकारले खासै चासो नदिएको आरोप थियो ।
प्रकाशित मिति: आइतबार, असार २०, २०७८  ०२:४२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP