Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • लगातारको वर्षाले जनजीवन अस्तव्यस्त
लगातारको वर्षाले जनजीवन अस्तव्यस्त
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार १८, २०७८
1594262417297
Hardik health
महोत्तरी–मध्य असारसँगै लगातारको वर्षाले महोत्तरी जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ । कोभिड–१९ संक्रमण अलि मत्थर भएर काममा निस्कने तयारीमा लागेका किसानलाई गत मंगलबार रातिदेखि लगातार परेको पानीले वाक्कदिक्क बनाएको हो । मंगलबारदेखि लगातार मुसलधारे वर्षा भइरहँदा यहाँका सर्वसाधारण कटान र डुवानको चिन्ताले पिरोलिएका छन् । लगातारको वर्षाले जिल्लाका मध्य र दक्षिणी क्षेत्रका गाउँ÷ नगर बस्ती जलमग्न छन् । भर्खरैको धानको रोपो नदेखिने गरि पानीले ग¥हा टन्न भरिएपछि किसानलाई रोपो गल्ने पिरोलो बढेको छ । पानीको उपयुक्त निकास नहुँदा सडक बाटाघाटा हिलाम्य छन् । पछिल्लो लगातारको वर्षाले सबैभन्दा बढी सकस पशुबस्तु चरणमा परेको छ । चरणक्षेत्र पानीले डुबेका र लगातारको वर्षाले वैकल्पिक आहार जुटाउन नसकिँदा गाईबस्तु गोठमा ड्वाड्वा कराई रहेका सुनेर बस्नु परेको भङ्गाहा नगरपालिका–४ रामनगरका पशुपालक किसान हिरादेवी दाहालले बताए । ‘लाग्दो असारदेखि नै पानी पर्दै आएको छ, यसअघिको वर्षा त खेतीपातीका लागि पनि ठिकै थियो’, उनले भने, ‘पछिल्लो लगातारको वर्षाले त उभिने ठाउँ पनि राखेन, जताततै जलाम्य ! यी गाईभैंसी कसरी बचाउनु ?’ दाहालले गोठका भैंसीतिर देखाउँदै भने, ‘तिनको आङ् तन्काउन पनि एकछिन फुकाएर बाहिर डुलाउन पानीले दिएन ।’ झरीमा आपूm खोलेफाडो खाएर गुजारा काटेपनि पशुबस्तुको बिजोगले मन कुड्याएको उनको भनाइ छ । असार लागेदेखि बेलाबेलामा परेको पानी र अहिले गत मंगलबारदेखिको लगातारको झरीले लहरे तरकारी बालीका बेला (लहरा) पहेंलिने, चुडिने र गल्ने गरेका छन् । लागेका फलपनि नहुर्कदै झरेका हुँदा बालीबाट थप उत्पादनको आस मरेको बर्दिवास–२ बुद्धचोकका तरकारी किसान फौदसिंह स्याङ्वाले बताए । तरकारी खेतीमा पानीले सबैभन्दा बढी क्षति परवलमा गरेको छ । थाङ्रा नलगाइने यो खेतीमा अहिले पानीले बेला र चिचिला पहेंलिएर सुक्ने गरेको किसानले बताएका छन् । लगातारको वर्षाले यहाँका नदीहरूमा बाढी उर्लेको छ । बडहरी, रातु, भव्सी, जङ्घा, मरहा, टुटेश्वर, खयरमारा र बाँकेलगायतका नदीमा उर्लेको बाढीले उर्वर जग्गा र त्यसमा लगाइएको बालीसमेत कटान गरेको छ । जिल्लाको उत्तरी क्षेत्रमा कटान र दक्षिणी क्षेत्रका बासिन्दा डुवानको पिरोलो खेप्दैछन् । मध्य असारसँगैको लगातारको वर्षा र बाढीले कैयन ठाउँमा सडक र बाँध भत्काएको छ । वर्षाले निम्त्याउन सक्ने खतरातर्फ सर्वसाधारणलाई सचेत गराइँदै सम्वद्ध निकायलाई उद्धार र मर्मतसम्भार कार्यका लागि तयार रहन निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । ‘वर्षा अझै बढ्न सक्ने र यहाँका नदीमा आउने बाढीले क्षति बढाउन सक्ने सम्भावना छ, यसको पूर्वसतर्कता सबैतिर अपनाइँदै छ’, निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले भने, ‘नदी तटका बस्तीमा पूर्वसतर्कताका लागि सूचना प्रवाह र आइपर्ने उद्धार कार्यका लागि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको छ ।’ लाग्दो असारदेखि नै परेको पानीले यहाँका जलेश्वर–रामगोपालपुर–बर्दिवास, बर्दिवास–रौजा–जलेश्वर र सम्सी–रामगोपालपुर–लोहारपट्टी–जनकपुरसहितका सडकमा यातायातका साना साधन (जिप, मोटरसाइकल, साइकल, टेम्पु) पनि चल्न नसक्ने भएका छन् । हिलाम्य सडकले पैदल यात्रा पनि सकसपूर्ण बनेको छ । झन् पछिल्लो वर्षाले त कैयन ठाउँमा बाटोको चिनोचपेटो पनि देख्न छाडिएको छ । यी सबै सडकमा स्तरोन्नतिका कामका लागि ठेक्का बन्दोवस्त भएपनि ती कम्पनीहरू कानमा तेल हालेर सुतेका सर्वसाधारणको खरो टिप्पणी बढेको छ । ‘काम ओगट्ने आम चलन बढेको छ, खै नियमनकारी निकायले हेर्छन कि हेर्दैनन् ?’, जलेश्वर–रामगोपालपुर–बर्दिवास सडकमा पर्ने औरहीका बासिन्दा बाबु प्रेम यदुबंशीले भने, ‘ठेक्का बन्दोवस्त भएको दुई वर्ष नाघ्दा पनि काम गतिमा सरेको छैन ।’ जिल्लाका मुख्य सडकको दुरावस्थाबारे सम्वद्ध सरकारी निकाय, राजनीतिक दल र स्थानीय तहसँग समन्वय भइरहेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । ‘सडक डिभिजन कार्यालय र सडक निर्माणको काम पाएका निर्माण कम्पनीसँग निरन्तर संवादमा छौं’, निमित्त प्रजिअ न्यौपानेले भने, ‘केही त कोभिड–१९ महाव्याधिले असर ग¥यो, अब मौसम अनुकूल हुनासाथ काम बढ्छ ।’वर्षायाममा सबैभन्दा बढी नोक्सान कटान र डुवानबाट हुने गरेको छ । यसका लागि हिउँदमै पूर्वतयारी गरिनु पर्ने काम अभ्यासमै आउन नसकेको स्थानीय वुद्धिजीवीको गुनासो छ । नदीहरूमा भइरहेको अनियन्त्रित उत्खनन्ले नदीको बहावक्षेत्र फैलने, तटवन्ध भत्कने, नदीको सतह भरिदै गएर डुवान समस्या बढ्ने गरेको शिक्षण पेशाबाट निवृत हुनुभएका भङ्गाहा–७ मेघरोलका बासिन्दा चन्द्रनारायण सिंह थारुको भनाइ छ । ‘हामीमा ‘जब प¥यो राती, अनि बुढी ताती’ भनिने उखानले घर गरेको छ’, उनले भने, ‘कहिल्यै चेतेनौ, हिउँदमा प्रयत्न गरिदैन, वर्षा लागेपछि गरेको दौडादौडले थेग्दैन ।’ वर्षायाममा हुन सक्ने सम्भावित जोखिमको पूर्वानुमान गरेर हिउँदमै पूर्वतयारी गरे जोखिम घट्दै जाने उनको विश्वास छ । यस दिशाामा सम्वद्ध पक्ष र निकायले ध्यान दिन पर्ने सर्वसाधारणले सुझाएका छन् । रासस
प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  ११:१३
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP