Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • क्युभिसीसँग समस्या समाधान गर्न सम्झौता, कार्यान्वयनमा आशंका
क्युभिसीसँग समस्या समाधान गर्न सम्झौता, कार्यान्वयनमा आशंका
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार ११, २०७८
Hardik health
काठमाडौं– कतार भिसा सेन्टर (क्युभिसी) र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच समझदारी भएको छ । क्युभिसी समस्या समाधानका लागि संघ र सेन्टर बीच बुधबार सातबुँदे सम्झौता भएको हो । सम्झौताअनुसार अबदेखि हरेक महिना २० देखि २५ तारेखसम्म बिहान ६ बजेदेखि राति १२ बजेसम्म क्युभिसी एप्वाइन्टमेन्ट प्रणाली खुला रहने र २ हप्ताभित्र क्युभिसी एप्वाइन्टमेन्ट स्लटबाट ४ सय ५० जनाको स्वास्थ्य परीक्षण गर्ने सहमति संघका महासचिब सुजितकुमार श्रेष्ठले जानकारी दिएका छन् । यसअघि सेन्टरमा ३ सय जनाको मात्रै एप्वाइन्टमेन्ट लिने गरिएको थियो । सहमति अनुसार आगामी महिनाभित्र क्युभिसी एप्वाइन्टमेन्ट स्लट बढाएर दैनिक ६ सय ५० सम्म पु¥याइने सहमति भएको बताइएको छ । त्यस्तै शुक्रबार थप ४ सय जनाको परीक्षण गरिने सहमति भएको पनि महासचिव श्रेष्ठले बताए । त्यस्तै भिसा एक्सपाएर हुने अवस्थाका कामदारको हकमा भिसा समाप्त हुने मिति र क्युभिसी एप्वाइन्टमेन्ट स्लट लिएर जुनसुकै दिन क्युभिसी गर्न सकिने, गत २ मे देखि ४ तारिखमा लिएको क्युभिसी एप्वाइन्टमेन्टह्रूको भिसा प्रक्रियालाई टुंगो लगाउन आगामी शुक्रबार ४ सय जनाको क्युभिसी गरिने सहमति भएको जनाइएको छ । महासचिव श्रेष्ठका अनुसार हालसम्म तयार भएको त्यस सम्बन्धी लिष्ट क्युभिसीलाई दिइएको छ । सहमति हुने तर कार्यान्वयन नहुने समस्या रहेको व्यवसायीहरूले गुनासो गर्दै आएका छन् । केही दिनअघि मात्रै पनि क्युभिसीसँग सहमति भए पनि त्यसलाई कार्यान्वयन गर्न क्युभिसी चुकेको व्यावसायीको गुनासो छ । क्युभिसी खुल्ने समय एकीन नहुने तथा व्यवसायीसँग कुनै सल्लाह नै नगरी निश्चित व्यक्तिहरूलाई मात्र जानकारी हुने गरी मात्रै समय तालिका निस्कने गरेको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यावसायी एसोसिएसनका सचिव कमल काङ्खलेले बताएका छन् । पछिल्लो समय क्युभिसी व्यवसायी र श्रमिकका लागि टाउको दुखाइ बनेको उनले आरोप लगाए । सधैँभरि उसको वेभसाइट हेरेर बस्न नसकिने र कुन समय खुलेर कुन समयमा बन्द हुने हो त्यसको जानकारी पाउनै मुस्किल हुने गरेको उनको भनाइ छ । पछिल्लो सयम कोरोनाका अवधिमा स्वास्थ्य परीक्षण हुन नसकेकाह्रूलाई अविलम्ब तालिका निकालेर परीक्षण गराउनु पर्ने व्यवसायीको माग रहेको छ । यता वैदेशिक रोजगार गणतान्त्रिक मञ्चका संयोजक रामप्रसाद भन्तनाले क्युभिसीमा कोटा निर्धारण गरेर सिन्डिकेट लागू गरिएको आरोप लगाएका छन् । पहिले सहज रूप्मा हुने काम क्युभिसी आएपछि झन् जटिल बनेको उनको भनाइ छ । क्युभिसी काठमाडौंमा मात्रै छ त्यसमा पनि निश्चित कोटा तोकिँदा कामदारलाई थप आर्थिक भार परिरहेको उनले बताएका छन् । टाढा–टाढाबाट आउनेह्रूलाई पुनः मेडिकलका लागि समेत २०–२५ दिन लाग्ने गरेको उनको भनाइ छ । सो अवधिमा कामदार घर गएर आउन सक्ने अवस्था पनि नहुने र काठमाडौंमा नै बस्दा पनि आर्थिक भार थपिने व्यवसायीह्रूको भनाइ छ । संयोजक भान्तनाले नेपालमा क्युभिसी आवश्यक नै नरहेको समय बताएका छन् । पहिले एक महिनामा जाने कामदार अहिले ३ महिनामा पनि जान नसकेको भन्दै क्युभिसी आएपछि कामदार तथा व्यवसायी दुवैलाई समस्या हुने भइरहेको उनले बताए । सहजता बनाउनका लागि उपत्यकाभन्दा बाहिर प्रदेश अनुसार जानु पर्ने अवस्थामा कोटा छुट्टयाएर सिन्डिकेट भइरहेको भन्तनाले आरोप लगाएका छन् । क्युभिसीलाई पूरा अधिकार दिइएको र सरकारले पनि नियमन र अनुगमन नगरेको उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  ०७:४१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP