Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #ग्लोबल पेमेन्ट गेटवे
  • #ग्लोबल_बैंक
  • #ओभरपास
  • #हुलाकी_राजमार्ग
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #आइसिसी महिला टी–ट्वान्टी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • विवाह भोजको रकम दीनदुःखीहरूलाई प्रदान
विवाह भोजको रकम दीनदुःखीहरूलाई प्रदान
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख २६, २०७८
phurba_1News
RBB RBB
काठमाडौं– संस्कार समाज नेपालका आजीवन सदस्य तथा युवा समाजसेवी फुर्वा दोर्जे मोक्तानले आफ्नो विवाहको भोज कार्यक्रमलाई स्थगित गरेर कोरोना महामारीका कारण एक पेटका लागि सडकमा भौतारिरहेका गरिब, मजदुरहरूलाई खाना खुवाउने अभियानमा जोडिएका छन् । शुक्रबार हाम्रो टिम नेपालले संचालन गर्दै आइरहेको दीनदुःखीहरूका लागि खाना खुवाउने अभियानमा जोडिँदै तामाङले झन्डै १५ सय सर्वसाधारणका लागि खाना खुवाउने रकम हस्तान्तरण गरेका हुन् । गोकर्णेश्वर नगरपालिका वडा नं. ५ नयाँबस्ती निवासी भावना तामाङसँग हालै विवाह बन्धनमा बाँधिएका मोक्तानले प्रिति भोजका लागि छुट्टयाएको रकमबाट ४० हजार रुपियाँ हाम्रो टिम नेपाललाई प्रदान गरेका छन् । शुक्रबार थापाथलीमा संचालित खाना खुवाउने कार्यक्रममा आफैँ सहभागी भएर सर्वसाधारणहरूलाई खाना खुवाउदै गर्दा निक्कै भावुक बनेका मोक्तानले कोरोना महामारीको यो विपद्को घडीमा सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न आव्हानसमेत गरे । यसैबीच खाना खुवाउने कार्यक्रममा पुगेकी भावना तामाङले अहिले हामीले कुनै पनि उत्सव, पर्वहरू मनाउनुभन्दा पनि सडकमा एक छाकको याचना गरिरहेकाहरूलाई खाना खुवाउनु ठूलो मानवीयता हुने बताएकी छन् । जापानमा व्यापार, व्यवसाय गर्दै आइरहेकी तामाङ विवाहकै लागि नेपाल आएकी र आफ्नो विवाहमा भोज गरेर आफन्त, इष्टमित्र जम्मा गर्न नपाए पनि कोरोना कहरले मारमा परेका दीनदुःखीहरूलाई खाना खुवाउन पाउँदा निक्कै सन्तोष लागेको बताइन् । हाम्रो टिम नेपालका प्रमुख अभियानकर्ता तथा वरिष्ठ समाजसेवी इशा गुरुङले मोक्तान दम्पत्तीको निर्णयको प्रशंसा गर्दै दाम्पत्य जीवनको शुभकामना व्यक्त गरेकी छन् । इशाले आफ्नो फेसबुकमार्फत सडकपेटीमा खाना खुवाउने अभियानमा जोडिएको भन्दै मोक्तान दम्पत्तीलाई आभार व्यक्त गर्दै शुभकामना व्यक्त गरेकी हुन् । त्यस्तै हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले आफ्नो विवाहको भोजलाई नगरी सामाजिक कार्यमा जोडिएको कलाकार तथा समाजसेवी फुर्वा दोर्जेप्रति धन्यवाद व्यक्त गरेका छन् । त्यस्तै अभियानकर्ता उमेश बोहराले पनि मोक्तानको निर्णय उदाहरणीय भएको बताएका छन् । साथै बोहराले संस्थाले कोरोना भाइरस महामारीका समयमा मात्र नभई मानवीय संकटका हरेक घडीमा सामाजिक सेवा, उद्धार र राहतका कार्यक्रम गर्दै आइरहेको जानकारी दिए । सहृदयी मोक्तान एक सफल व्यवसायीका साथै कुशल अभिनेता तथा समाजसेवी हुन् ।
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप प्रवास
एनआरएनएको  प्रवक्तामा गंगाधर गौतम मनोनित
एनआरएनएको  प्रवक्तामा गंगाधर गौतम मनोनित सोमबार, वैशाख २२, २०८२
एनआरएनएको नयाँ कार्यसमिति निर्वाचित
एनआरएनएको नयाँ कार्यसमिति निर्वाचित आइतबार, वैशाख २१, २०८२
एनआरएनए निर्वाचन समितिले गर्‍यो प्रथम मतदाता नामावली प्रकाशन
एनआरएनए निर्वाचन समितिले गर्‍यो प्रथम मतदाता नामावली प्रकाशन मंगलबार, वैशाख १६, २०८२
एनआरएनएको सदस्यता लिने अन्तिम दिन आज 
एनआरएनएको सदस्यता लिने अन्तिम दिन आज  सोमबार, चैत २५, २०८१
वेबसाइटबाट सदस्य बन्न एनआरएनए बेल्जियमको आह्वान
वेबसाइटबाट सदस्य बन्न एनआरएनए बेल्जियमको आह्वान बिहीबार, चैत २१, २०८१
एनआरएनएको सदस्य बन्न एक साता म्याद थपिने
एनआरएनएको सदस्य बन्न एक साता म्याद थपिने सोमबार, चैत १८, २०८१
माल्टा सम्मेलनको नाममा जथाभावी खर्च बन्द गर: पूर्व युरोप संयोजक  आचार्य
माल्टा सम्मेलनको नाममा जथाभावी खर्च बन्द गर: पूर्व युरोप संयोजक  आचार्य बिहीबार, चैत ७, २०८१
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
मंगलबार सार्वजानिक विदा
मंगलबार सार्वजानिक विदा
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
तेमाल जात्राको ऐतिहासिक पाटो
तेमाल जात्राको ऐतिहासिक पाटो
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP