Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • निर्वाध स्वदेश फर्काउन जिफन्टको आग्रह
निर्वाध स्वदेश फर्काउन जिफन्टको आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख २०, २०७८
yyyy
Hardik health
काठमाडौं– नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले कोरोनाका कारण विदेशमा समस्या परेका श्रमिकलाई स्वदेश फर्कन कुनै अवरोध नगर्न आग्रह गरेको छ । कोरोनाका कारण अघिल्लो वर्षजस्तै स्वदेश फर्किन चाहने श्रमिकहरूलाई स्वदेश फर्किन अवरोध नगर्न सरकारलाई अनुरोध गरेको हो । जिफन्टले स्वदेश फर्किएपछि क्वारेन्टाइनमा रहने व्यवस्था गर्न पनि सरकारसमक्ष माग गरेको छ । विदेशमा कार्यरत लाखौँ नेपाली श्रमिकहरूले हालको महामारीको समयमा विभिन्न समस्या व्यहोर्नु परिरहेको भन्दै उनीहरूको समस्या कूटनीतिक माध्यबाट समाधान गर्न प्रभावकारी पहल जरुरी रहेको पनि जिफन्टले जनाएको छ । जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले वक्तव्य जारी गर्दै अन्य कोषहरूमा रकम जम्मा गरेको बहानामा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध नहुने छुट कसैलाई नदिन पनि सरकारसँग माग गरेका छन् । सामाजिक सुरक्षाकोष स्थापना नभएसम्म आयकर ऐनअन्तर्गत अस्थायीरूपमा अवकास कोष सञ्चालन गर्न अनुमति दिएको व्यवस्थाको औचित्य समाप्त भइसकेको भन्दै जिफन्टले अहिले छुट्टै कानुनले सामाजिक सुरक्षा कोष स्थापना भएको अवस्थामा यस्तो निजी तवरले सञ्चालन गरेका अवकास कोषलाई निरन्तरता दिन र त्यस्तो कोषमा रकम जम्मा गर्न रोक लगाउनु पर्ने माग गरेको छ । रोजगारदाताले सूचीकरण नगरेका कारण लाखौँ श्रमिकहरू अझै पनि सामाजिक सुरक्षाको दायरामा नआएको भन्दै कानुन कार्यान्वयनमा कडाइ गर्न पनि सरकारसँग जिफन्टले माग गरेको छ । यसैगरी कोषमा संलग्न कतिपय श्रमिकको योगदान रकम रोजगारदाताले कोषमा जम्मा नगरेका कारण श्रमिकहरू सामाजिक सुरक्षाको लाभबाट वञ्चित भएको जिफन्टले जनाएको छ । श्रमिकको पारिश्रमिकमा हरेक महिना एक प्रतिशत रकम कट्टा गर्ने तर, सामाजिक सुरक्षा कोषमा दाखिला नगर्ने प्रवृत्ति कतिपय रोजगारदातामा देखिएको भन्दै त्यस्ता रोजगारदाताको सम्पत्तिबाट समेत असुल उपर गरी श्रमिकलाई वा निजको परिवारलाई क्षतिपूर्ति पेन्सन भराउने व्यवस्था कानुनमा भएको स्मरण गराइएको छ । यसैगरी, प्रत्येक स्थानीय सरकार तथा प्रदेश सरकार मातहतमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गर्न सबै सरकारको तर्फबाट सह–योगदान (को–फन्डिङ) गर्न सक्ने व्यवस्था भए पनि सो व्यवस्था हालसम्म कार्यान्वयन भएको छैन । सो व्यवस्था लागू गर्न स्थानीय तहमा श्रमिकहरूको अभिलेखीकरण गर्ने व्यवस्था गरी अनौपचारिक श्रम क्षेत्रमा कार्यरत तथा स्वरोजगार श्रमिकलाई सामाजिक सुरक्षामा आवद्ध गर्न जिफन्टले जोडदार माग गरेको छ । जिफन्टले अहिले पुनः देशको विभिन्न जिल्लामा बन्दाबन्दी तथा निषेधाज्ञा सुरु भएका कारण यसबाट दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक तथा सडकपेटीमा पसल व्यवसाय गर्ने स्वरोजगार श्रमिकहरूलाई साँझ–बिहानको खानाको जोहो गर्न समस्या भएको भन्दै त्यस्त श्रमिकका लागि अविलम्व उचित व्यवस्था गर्न नेपाल सरकारसमक्ष माग गरेको छ । यसैगरी, कम्तिमा तीनवर्षको अवधिमा भएको महँगीको भार थेग्न सकिने गरी पारिश्रमिक पुनरावलोकन गर्न, बैंकमार्फत पारिश्रमिक भुक्तानीलाई प्रभावकारी बनाउन तथा श्रम बजारलाई पारदर्शी बनाउनसमेत जिफन्टले माग गरेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  १०:३९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP