Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • “जीवन नै आफैँमा रंगमञ्च हो”
“जीवन नै आफैँमा रंगमञ्च हो”
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख १६, २०७८
Untitled-1 copy
Hardik health
कोरोना कहरका कारण सिनेमा घर सबै बन्द रहनाले यससँग सम्बन्धित कामदारहरू बेरोजगारीको स्थितिमा पुगेका छन् । लामो समयदेखि नेपाली चलचित्र जगतमा सक्रियरूपमा अभिनय गरिरहेका नायक दिनेश बुढाथोकी जसलाई चकलेटी नायकका रूपमा पनि चिनिन्छन् । बुढाथोकी चलचित्र क्षेत्रका व्यस्त कलाकारमध्येका एक हुन् । दोलखा, शैलुङ– ७, का स्थायी बासिन्दा बुढाथोकीले एक दर्जन म्युजिक भिडियो र ‘धनमान’, ‘जय पर्शुराम’, ‘लिला’, रुद्र’, ‘लाले’आदि चलचित्रमा काम गरिसकेका छन् । अभिनयमा अब्बल बुढाथोकी नेपाली सिने जगतका आसलाग्दा प्रतिभा हुन् भने दर्शक र चलचित्रकर्मीको रोजाइका कलाकार हुन् । प्रस्तुत छ, अभिनेता बुढाथोकीसँग अशोक खड्काले गरेको संक्षिप्त कुराकानीः आज भोलि केमा व्यस्त हुनुहुन्छ ? — तपाईंलाई थाहा नै छ अहिले संसार कोरोना कहरमा परेको छ । हरेक क्षेत्रमा यसको प्रभाव परिरहेको छ, जसले गर्दा नेपाली सिनेमा क्षेत्र पनि अछुतो रहन सकिरहेको छैन । जसले गर्दा धेरै मात्रामा प्राविधिक, कलाकार जसले सिनेमालाई आङ्खनो मुख्य पेसा बनाएर जिविकोपार्जन गर्दै आउनु भएको थियो, उहाँहरूलाई ठूलो मर्का परेको छ भने राज्यलाई समेत ठूलो राजस्वको नोक्सान भइरहेको छ । जसले गर्दा म र मेरो जीवन पनि सिनेमासँग जोडिएको कारण केही प्रभाव परेको महशुस गरिरहेको छु । हाल थाइल्याण्डमा व्यवसाय गर्दै अभिनय पनि सिकिरहेको छु । यसबीचमा केही प्रोजेक्टमा कुरा पनि भइरहेको छ र कोरोना केही कम हुनेबित्तिकै दर्शकहरूले फरक रूपमा मलाइ देख्न सक्नुहुनेछ । आसा छ सदा झैँ यसपटक पनि दर्शकहरूले मलाई माया गर्नुहुनेछ । सुटिङ भइहाले पनि यो स्थितिमा सिनेमा प्रदर्शन होला त ? — सिनेमा हल नखुलेको भए पनि सधैँ यही अवस्था त रहन्न होला नि ! नेपाली सिनेमासँग सबन्धित सबै पक्षबीच बहस चलिरहेको छ । कसरी निर्माण, प्रदर्शन र प्रवद्र्धन गर्ने भनेर । हामीले अन्तर्राष्ट्रिय अभ्यास पनि हेरिरहेका छौँ । जस्तै, बलिउडमा भर्खरमात्र सिनेमा हल खोलिएका छन् । परिणाम कस्तो आउछ हेर्दैछौँ र अन्य कुनै माध्यमबाट सिनेमा प्रदर्शन गर्न सकिन्छ कि भन्नेमा पनि बहस जारी छ । नेपाली सिनेमाले विस्तारै उचाइ लिइरहेको बेला यस्तो अवस्था आयो अब कोभिडले गर्दा पछिको सहज स्थितिमा पनि त्यही उचाइ लिन्छ त ? – निकै राम्रो र समसामयिक प्रश्न गर्नु भयो । हामी र हाम्रो लागि र नेपाली सिनेमाको लागि ठूलो चुनौती आएको छ । अब फेरि हाम्रो सिनेमा त्यही अवस्थामा फर्किन्छ वा फर्किँदैन सबै यससँग सबन्धित निकायमा ठूलो बहस हुन थालेको छ । कसरी अहिलेको अवस्थाबाट नेपाली सिनेमालाई सहज स्थितिमा ल्याउन सकिन्छ ? दर्शकलाई कसरी विश्वास दिलाउन सकिन्छ ? हलसम्म ल्याउने वातावरण कसरी सिर्जना गर्न सकिन्छ भन्ने विषय अब चुनौती रहेको छ । हामीले पनि राज्यलाई कसरी हुन्छ, ठूलो लगानीमा निर्माण भएर प्रदर्शनको तयारीमा रहेका सिनेमाको निर्मातालाई कसरी सहज बनाउन सकिन्छ र आर्थिकरूपले कसरी बचाउन सकिन्छ ? भन्नेप्रति पहल भइरहेको छ । समयसँगै चलचित्र क्षेत्रले पनि प्रगति गर्दै जानेमा म विश्वस्त छु । पछिल्लो समय लगानीकर्ताहरू चलचित्रमा खर्च गर्न डराइरहेका छन्, के भन्नु हुन्छ ? – निर्माता बचेमा सिनेमा उद्योग बच्छ र राज्यले पनि ठूलो मात्रामा राजस्व असुल्न सक्छ, त्यसैले हामी सबैले यसतर्फ पनि ध्यान दिनुपर्छ । हो, नेपाली सिनेमा पनि उद्योगको रूपमा अगाडि बढिरहेको र ठूलो संख्यामा रोजगार दिइरहेको र कलाकारदेखि प्राविधिकसम्मलाई समाजमा छुटै प्रतिष्ठा प्रदान गरेको छ । नेपाली सिनेमा पनि विदेशमा विशेष प्रदर्शन गरेर निर्माताले राम्रै आर्थिक लाभ लिइरहेका थिए । अब के फेरि त्यहीस्तरमा नेपाली सिनेमाले उचाइ लिन्छ त ? भन्ने प्रश्न उठेको छ । त्यसैले यससँग सबन्धित सबै निकाय, संस्था र राज्यस्तरबाट गहनरूपले सोच्ने बेला आएको छ । तपाईंलाई कस्तो खालको भूमिका मनपर्छ ? — धेरैले भन्ने गर्नुहुन्छ कलाकार भएपछि जस्तोपनि भूमिका गर्न सक्नुपर्छ । मैले र मेरो कलाकारिताको जीवनमा कहिले पनि यही खालको भूमिका गर्नुपर्छ भन्ने ठानिन । त्यसैले मेरो बारेमा बजारमा के–कस्ता चर्चा, परिचर्चा हुन्छ त्यता कहिले पनि जान चाहिन । चाहेँ त केवल मेरो काम एकपछि अर्को कसरी राम्रो दिन सकिन्छ भन्नेमा नै केन्द्रित रह्योे । धेरैभन्दा पनि राम्रो सिनेमा दिनेमा मेरो सम्पूर्ण ध्यान जान्छ । त्यसैले व्यक्तिगत चर्चाभन्दा पनि मेरो राम्रो कामको मूल्यांकन भएको पाएको छु । त्यसैले मेरो व्यक्तिगत चर्चा र महत्व दर्शकबाट कम हुन्छ जस्तो लाग्दैन । रह्यो भूमिकाको कुरा, मैले गर्न हुने र सुहाउने जस्तोपनि भूमिकामा काम गर्न तयार छु । ‘जय पर्शुराम’ चलचित्रबाट नेपाली सिनेमा जगतमा प्रवेश गरेसँगै पहिले र अहिलेमा के फरक पाउनुभयो ? — मेरो पहिलो चलचित्र ‘जय पर्शुराम’ले सिनेमा बजारमा एक किसिमको हलचल मच्चाई दियो । जसका कारण नेपाली सिनेजगतलाई नै एक उचाइमा पु¥याउन सक्ने नायकको रूपमा हेरिन थाल्यो र मलाई सिनेमाको अफर धेरै आउन थाले । तर मैले संख्यात्मकरूपमा भन्दा पनि गुणात्मक सिनेमा गर्नु पर्छ भन्ने मान्यता राखेँ । स्क्रिप्ट, कथावस्तु अनि युनिट हेरेर मात्र काम गर्न थाले । एउटा सिनेमा सक्काएर मात्र अर्को सिनेमामा काम गर्थे । एकपछि अर्को चलचित्रमा व्यस्त हुन थालेपछि सिनेमाभन्दा अरु केही सोच्न सकिन । अरु सोच्ने कुरा पनि भएन । जसले मलाइ नाम, दाम दियो र यसै क्षेत्रलाई मुख्य पेसा बनाउँदै आए र नेपाली सिनेमाका एक व्यस्त आर्टिष्टको पंक्तितमा आफूलाई उभ्याउन सफल भए । सिनेमा क्षेत्रमा आउन चाहनेहरूलाई के सल्लाह दिनुहुन्छ ? — जति पनि हामीले बाहिरबाट सिनेमा जगतलाई देखेका छौँ, त्यो स्वर्गजस्तो लाग्छ । वास्तविकता देखेभन्दा फरक छ । यहाँ ठूलो प्रतिस्पर्धा छ । यस क्षेत्रमा आउनु पहिले आवश्यक सीप, व्यक्तित्व विकास र दृढसंकल्प तथा संयमता सिक्नु जरुरी छ । जसले कलाकारिता क्षेत्रमा स्थापित गराउन मद्दत पुगोस् । कलाकारबाहेक तपाईंलाई सामाजिक अभियान्ता भनेर पनि चिनिन्छ । समाज सेवा कसरी गरिराख्नुभएको छ ? — म आफूलाई सामाजिक अभियान्ताभन्दा पनि सामाजिक व्यक्ति हुँ भनेर भन्दा आनन्द लाग्छ । सामाजिक व्यक्ति भएपछि सामाजिक सेवा भनेको आङ्खनो दैनिकीजस्तो हुँदोरहेछ र त्यसैमा अभ्यस्त भइँदो रहेछ । तर, मलाइ अरूले जस्तो यसो गरे भनेर प्रचारबाजी गर्नुभन्दा गुमनाम भएर दुःखीहरूको सेवा गर्न पाउँदा आनन्द लाग्छ र त्यसै गरिरहेको छु र भोलिका दिनमा पनि गरिरहनेछु ।
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  ०६:२३
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
पारिवारिक कथामा बन्यो ‘हर्ष’
पारिवारिक कथामा बन्यो ‘हर्ष’ बिहीबार, कात्तिक २०, २०८२
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा बिहीबार, कात्तिक २०, २०८२
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक बुधबार, कात्तिक १९, २०८२
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त मंगलबार, कात्तिक १८, २०८२
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा मंगलबार, कात्तिक १८, २०८२
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै आइतबार, कात्तिक १६, २०८२
नेपालकै पहिलो इम्प्रभ कमेडी शो  प्रसारण शुरु
नेपालकै पहिलो इम्प्रभ कमेडी शो प्रसारण शुरु आइतबार, कात्तिक १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP