Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • पुनः थलिँदै वैदेशिक रोजगार व्यवसाय
पुनः थलिँदै वैदेशिक रोजगार व्यवसाय
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख १६, २०७८
thumb
Hardik health
काठमाडौं– कोरोनाको महामारीबाट केही मात्रामा तंग्रन थालेको वैदेशिक रोजगार व्यवयास पुनः थलिने अवस्थामा पुगेको छ । पछिल्लो सयम कोरोनाको दोस्रो लहर सुरु भएसँगै गन्तव्य मुलुकहरूले नेपाली कामदार झिकाउन अनिइच्छा देखाएपछि वैदेशिक रोजगार व्यवसाय थलिने अवस्थामा पुगेको हो । नेपालीहरूको प्रमुख गन्तव्य मुलुक मलेसियाले पहिलो चरणको कोरोनादेखि नै नेपालीलाई लिएको छैन भने खाडी मुलुकमध्ये कुवेतले पनि नेपालीलाई लैजान छाडेको छ । कोरोनाका कारण कामदार पठाउन रोकिएका मुलुकहरूबाट पनि केही सकारात्मक जबाफ आइरहेको अवस्थामा पुनः कोरोना संक्रमण बढेकाले समस्या थप जटिल बन्दै गएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिब सुजितकुमार श्रेष्ठको भनाइ छ । कोरोनाले गर्दा मलेसिया, कुवेत, ओमानमा कामदार पठाउने काम पूर्ण रूपमा बन्द रहेको सययमा अन्य देशमा पनि आवत्जावतमा कडाइ हुन थालेकाले अवस्था गम्भीर हुने देखिएको महासचिब श्रेष्ठले बताएका छन् । ‘मलेसियाबाट केहि क्षेत्रमा भए पनि कामदार माग आउने सम्भावना रहेको थियो । तर अहिलेको अवस्थाले गर्दा त्यो पनि विस्तारै टर्दै गएको छ,’ उनले भने । मलेसिया नेपालीको मुख्य श्रम गन्तव्य हो । जोखिम बढ्दै जाँदा रोजगार बजारका ढोकाहरू समेत बन्दै हुँदै गइरहेको व्यसायीको भनाइ छ । कोरोना जोखिमले गर्दा रेमिट्यान्समा आधारित नेपालजस्तो देशमा थप संकट उत्पन्न हने सरोकारवालाको चिन्ता छ । पछिल्लो समय नेपाली कामदार पनि लगिरहेको कतारले कोरोनाका कारण त्यहाँ जाने कामदारका लागि कडाइ गरिसकेको छ । कामदार गइरहेको साउदीमा पनि माग प्रमाणीकरणका लागि समस्या रहेको संघका महासचिब श्रेष्ठले बताए । यसले गर्दा मुलुकको अर्थतन्त्रमा ठूलो असर पर्ने अवस्था आउन सक्ने कतिपयको तर्क छ । कामदार लैजाने मुलुकमा पनि नियम कडा हुँदै जाने तथा नेपालमा पनि निशेधाज्ञा जारी गरिएको समयमा व्यवसाय थप जोखिममा परेको र व्यवसायीहरू पलायन हुने अवस्था देखिएको व्यवसायीको भनाइ छ । कतिपय व्यवसायीले त वैदेशिक रोजगार व्यवसायलाई छाडेर अर्को व्यवसायसमेत गर्न थालिसकेका छन् । नेपालीका लागि आकर्षक गन्तव्यका रूपमा रहेको दक्षिण कोरियाले ०७६ फागुनदेखि श्रमिक लगेको छैन । जसले गर्दा करिब १० हजार नेपाली श्रमिक कोरिया जान नपाएको इपिएस शाखाका निर्देशक ईन्द्र गौतमले बताएका छन् । कोरियाले केही समयअघि मात्रै नेपाललाई रेडजोनबाट हटाएको थियो । तर उसले नेपाललाई ग्रिन जोनमा भने राखेको थिएन । ग्रिन जोनमा भएपछि कामदार कोरिया जान पाउने अवस्था हुन्थ्यो । केही सहज बनाएर नेपाली विद्यार्थीलाई कोरिया लैजाने तयारी भइरहेको समयमा कोरोनाको महामारी बढेकाले अवस्था यसै भन्न सकिने अवस्था नरहेको निर्देशक गौतमले बताए । अवस्था हेर्दा पुनः रेड जोनमा नै पुग्ने चिन्ता थपिएको उनको भनाइ छ । कोरोनाविरुद्ध खोप लगाउन सुरु भएपछि केही मात्रामा तंग्रिन खोजेको व्यवसायलाई अहिलेको अवस्थाले थप पीडा दिएको व्यवसायीको भनाइ छ । व्यवसायीले पछिल्लो समय बिनाव्यापार घर भाडादेखि कर्मचारीको तलब र ऋणको ब्याजसमेत तिर्नु परिरहेको संघका महासचिब श्रेष्ठले बताए । यस्तो अवस्थामा व्यवसायीलाई सरकारले राहतको व्यवस्था गर्नुपर्ने उनले माग गरेका छन् । यसै पनि अहिले विदेश जानेको संख्या निकै न्यून रहेको अवस्थामा निषेधाज्ञा भएका कारण विदेश जानका लागि आउनेहरू कम हुँदै जाने निश्चित छ । सरकारले कार्यालयत खोल्ने भनेको छ तर काठमाडौं आएका श्रमिकलाई सेवा दिन सम्भव नदेखिएको संघका महासचिव श्रेष्ठले बताएका छन् । सरकारी कार्यालय खुले पनि अनलाइनको सिस्टम नरहेको र भौतिक रूपमा उपस्थित भएर सेवा लिने अवस्था पनि रहेको उनको भनाइ छ । वैदेशिक रोजगारीमा संकटको अवस्था आएपछि समस्या समाधानका लागि वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दुवाडीको संयोजकत्वमा व्यवसायीसमेत संलग्न रहेको ‘संकट व्यवस्थापन समिति’ समेत गठन गरिएको छ । सरकारले वैदेशिक रोजगारी प्रभावित हुन नदिन गर्नुपर्ने सहजीकरणको कामको लागि यो समितिले सिफारिस गर्ने बताइएको छ । कोरोनाका कारण रोजगारीका लागि विदेश जाने युवाको संख्यामा निकै गिरावट आइरहेको थियो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या फागुनसम्म ७४.८ प्रतिशत घटेको थियो । पुनः श्रम स्वीकृति लिनेको संख्या पनि ६५.२ प्रतिशत घटेको बताइएको छ । श्रम रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयको १९ चैतसम्मको तथ्यांकअनुसार १ साउनदेखि १९ चैतसम्म ३८ हजार ५१ जना मात्र नयाँ श्रम स्वीकृति लिएर विदेश गएका छन् । सो अवधिमा श्रम स्वीकृति नवीकरण गरेर ६१ हजार ३ सय ४२ जना पुनः विदेश फर्किएको मन्त्रालयको तथ्यांकमा देखिएको छ । कोरोना महामारी सुरु हुनुभन्दा पहिले नेपालबाट नयाँ र पुनः श्रम स्वीकृति लिएर बार्षिक रूपमा ४–५ लाख श्रमिक विदेश जाने गएका थिए । तर चालू आर्थिक वर्षमा भने यो संख्या निकै कम हुने निश्चित देखिन्छ । चालु आर्थिक वर्षको १९ चैतसम्म जम्मा नयाँ, पुनः श्रम स्वीकृति तथा वैधानिकीकरण गरी १ लाख ३ हजार ३५ जना श्रमिक वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । आर्थिक वर्ष सकिन करिब ३ महिना बाँकी रहेको अवस्थामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएकाले यो संख्या उल्लेख्यनीय रूपमा बढ्ने सम्भावना पनि टर्दै गएको तथ्यांकले देखाएको छ । सो अवधिमा विदेशबाट फर्किनेको संख्या ३ लाख ८१ हजार ६ सय ८ जना रहेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । कोरोनाका कारण विदेशबाट माग नआएका कारण अहिलेसम्म १ सय १८ वटा म्यानपावरहरूले मात्र नेपाल सरकारले तोकेको १ सय जना कामदार पठाउनु पर्ने मापदण्ड पूरा गरेको संघका महासचिब श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  ०५:४१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP