Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘९० प्रतिशत म्यानपावर बन्द हुन्छन्’
‘९० प्रतिशत म्यानपावर बन्द हुन्छन्’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख १५, २०७८
Sujit Shrestha
Hardik health
काठमाडौं– वैदेशिक रोजगारको क्षेत्रमा काम गर्दै आएका करिब ९० प्रतिशत व्यवसायीको संस्था नवीकरण नभई बन्द हुने अवस्थामा पुगेका छन् । नेपाल सरकारले एक आर्थिक वर्षमा अनिवार्य रूपमा १ सय जना कामदार विदेश पठाउनु पर्ने नियमका कारण ९० प्रतिशत व्यवसायीको संस्था नवीकरण नहुने अवस्थामा पुगेका हुन् । सरकारले वैदेशिक रोजगारसम्बन्धी ऐन तथा नियमावलीमा वर्षभरिमा एक सयभन्दा बढी श्रमिक विदेश पठाउने कम्पनीलाई मात्र नवीकरण गरिने उल्लेख गरेको छ । तर, पछिल्लो एक वर्षयता कोभिड–१९ का कारण अधिकांश मुलुकमा कामदार पठाउन सकिएको छैन । कोरोना महामारीका कारण माग सिर्जना नभएको र महामारीको जोखिमका कारण अधिकांश मुलुकले विदेशबाट कामदार आयात बन्द गरेका हुन् । नयाँ कामदार माग गर्नुको साटो धेरै श्रम गन्तव्य मुलुकहरूले त्यहाँ कार्यरत नेपालीलाई घर फर्काइरहेको अवस्था छ । पछिल्लो दुई वर्षमा कोभिड–१९ का कारण अधिकांश व्यवसायीले कामदार पठाउन नसकेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले बताएका छन् । उनका अनुसार उक्त मापदण्डका कारण हाल सञ्चालनमा रहेको ९० प्रतिशत म्यानपावर कम्पनी नवीकरण हुन सक्दैनन् । सहज परिस्थिति रहेको हकमा उक्त नियम ठीकै भए पनि महामारीका बेलामा सरकारले विशेष व्यवस्था नगरे वैदेशिक रोजगारीका लागि काम गरिरहेका ती कम्पनीहरू बन्द हुनेछन् । महासचिव श्रेष्ठका अनुसार चालु आर्थिक वर्षको हालसम्म एक सय जना कामदार विदेश पठाउने कम्पनीको संख्या एक सय १८ वटा मात्र रहेको छ । तीबाहेक अन्य संस्थाले तोकेबमोजिम कामदार पठाउन नसकेकाले अवस्था गम्भीर बनेको उनको भनाइ छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार अहिले देशभर आठ सय १६ वटा म्यानपावर कम्पनी सञ्चालनमा छन् । ‘साउनदेखि हालसम्म एक सय १८ वटा म्यानपावर कम्पनीले मात्रै एक सय जनाको सीमा कटाएका छन् । कानुनअनुसार ती व्यवसायीको मात्र इजाजत नवीकरण हुने अवस्थामा छ,’ महासचिव श्रेष्ठले भने । यस विषयमा संघले सम्बन्धित निकायमा आवश्यक पहल गरिरहेको पनि उनले बताए । पछिल्लो १४ महिना व्यवसायीले व्यापारबिना नै समय बिताएकाले व्यवसायीलाई बचाउने विषयमा सिंगो संघ लागिरहेको श्रेष्ठको दाबी छ । अहिले विपद्को समयमा सरकारले पनि व्यवसायीका पक्षमा केही सहज वातावरण तयार पार्नु पर्ने उनको भनाइ छ । व्यवसायीबाट राजस्व उठाउने सरकारले व्यवसायीका पीरमर्का पनि बुझ्नु पर्ने उनले बताएका छन् । वैदेशिक रोजगार विभागले भने एकसय जना कामदार नपठाउने कम्पनी नवीकरण गर्ने विषयमा छलफल भइरहेको बताएको छ । विभागका निर्देशक तथा सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले यस विषयमा आपूmहरूले निर्णय गर्न नसक्ने भएकाले मन्त्रालयमा सुझाव पठाउने तयारी भइरहेको बताएका छन् । ‘यो विभागले हल गर्न सक्ने विषय होइन नीतिगत कुरा भएकाले मन्त्रालयले नै निर्णय गर्नु पर्ने हुन्छ,’ सूचना अधिकारी भट्टराईले भने । सोहीअनुसार आफूहरू सुझाव तयार पारेर मन्त्रालयमा पठाउने तयारीमा रहेको उनको भनाइ छ । अघिल्लो वर्ष भने एक सय जना कामदार पठाउन नसक्ने म्यानपावर कम्पनीको पनि इजाजतपत्र नवीकरण गरिएको थियो । कोरोना भाइरस (कोभिड–१९) का कारण वैदेशिक रोजगारमा कामदार पठाउने अवस्था नरहेपछि सरकारले बाधा अड्काउ फुकाउमार्फत यो व्यवस्थालाई सहज बनाएको थियो । यो वर्ष पनि यो समस्याका विषयमा सरकारले सहज वातावरण निर्माण गरिदिनु पर्ने व्यवसायीको माग छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  ०६:१३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP