Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • ८० वर्षीमा दीक्षित हुने हुटहुटी, शरीर मात्र गाल्यो रोगले, आत्मविश्वास दुरुस्तै
८० वर्षीमा दीक्षित हुने हुटहुटी, शरीर मात्र गाल्यो रोगले, आत्मविश्वास दुरुस्तै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख ९, २०७८
baa.jpg 3
Hardik health
काठमाडौं– नेपालीमा एउटा उखान छ, ‘खाने मुखलाई जुँगाले छेक्दैन ।’ अर्को भनाइ पनि नेपाली समाजमा उत्तिकै लोकप्रिय छ, ‘जहाँ इच्छा त्यहाँ उपाय ।’ यी दुवै उखान सायद कसैको जीवनमा एकैसाथ मेल खान्छन् भने ती व्यक्ति हुन्, जिन्दगीको ८०औँ वसन्त पार गरिसकेका व्यक्ति पुष्प खड्का । नेपालीहरूले औसत उमेरका आधारमा उनको उमेरलाई कतिपयले ‘डाँडा पारीको घाम’सँग पनि तुलना गर्लान् । तर, उनले अझ धेरै बाँच्नु छ र पहिरिनु छ दीक्षान्तको ताज । पुष्प यतिबेला जारी त्रिवि स्नातक तह (शिक्षाशास्त्र संकाय) को परीक्षामा सहभागी हुनका लागि काठमाडौंको बूढानीलकण्ठस्थित डेराबाट कोटेश्वरस्थित कलेज अफ नेशनल एकेडेमिक स्क्वायर (सिनास) मा धाउँदै छन् । यो उमेरमा किन पढाइप्रति मोह जाग्यो त ? भन्ने प्रश्नमा खड्का ठाँटिदै जवाफ दिन्छन्, ‘पढाइलाई उमेरले कहिल्यै पनि रोक्दैन, मेरो एउटै इच्छा भनेको बिएड पास गरेर दीक्षान्तमा गाउन लगाएर सहभागी हुनु हो ।’ उनले यति भनिसक्दा उनको मुखमा लगाएको मास्क सुर्किएर तल सरिसकेको थियो । अनि देखियो नाक केही सुन्निएको र नाकको बायाँ प्वालमा केही वस्तु घुसाइएको । ‘के भएको बा नाकमा ?’ प्रश्न तेर्सियो ती परीक्षार्थीसँग । ‘७÷८ वर्ष भयो छालाको क्यान्सर भएको, मेरो दुवै मिर्गाैलाले १५ प्रतिशतभन्दा बढी काम पनि गर्दैनन्’, उनले जिन्दगीको भोगाइको पोको पनि सँगसँगै फुकाए । प्राथमिक तहको शिक्षकमा पेन्सन पकाएर अवकाशको जीवन बिताइरहेका खड्का रोगले आजभन्दा भोलि झन्–झन् थलिँदै गएका छन् । उनले ०४८ देखि ०७० सालसम्म सरकारी सेवामा रहेर विभिन्न विद्यालयहरूमा अध्यापन गरे । दोलखा जिल्ला जिरी नगरपालिका–४ स्थायी घर भएका उनको एउटा आँखामा मोतिबिन्दु भएको छ । भन्छन्, ‘यो आँखा फिटिक्कै देख्दिनँ ।’ उनको दुवै मिर्गौलाले गत एक वर्षदेखि १५ प्रतिशत मात्र काम गरेको छ । उनी हप्ताको तीनपटक मिर्गौलाको डायलायसिस् गराउँछन् । तर, उनलाई अहिले आङ्खनो बिग्रिएको स्वास्थ्यभन्दा पढाइको चिन्ता बढी छ । भन्छन्, ‘आजकलका विद्यार्थीहरू कलेज जाने निहुँ पारी बा आमाको आँखा छलेर रमाइलो मै बढी समय खर्चिन्छन् । चुरोट तान्छन्, म उनीहरूलाई कुलतमा नफस्न र देशको विद्वान् व्यक्ति बन्न आग्रह गर्छु ।’ उनी थप्छन्, ‘आजकलका विद्यार्थी उमेरका युवतीहरू पनि कुलतमा फस्दै गएको समाचारहरूमा सुन्छु, देख्छु । कलेज पढ्ने युवतीहरूले पनि परिवार नियोजनका चक्कीहरू खाने गर्छन्, यस्ता विकृतिबाट भोलिका देशका कर्णधारहरूलाई बचाउनुपर्छ । यसका लागि स्वयं अभिभावक र सरकार पनि सचेत हुनुपर्छ ।’ यो उमेरमा उनलाई काठमाडौंमा बसेर साथ दिने जीवन संगिनी छिन् । उनी पनि स्वस्थ छैनन् । उनको पढाइमा श्रीमतीले भन्दा पनि बढी हौसला र प्रेरणा थाइल्यान्डमा रहेका छोरा र अष्ट्रेलियामा रहेकी छोरीले दिएका छन् । भन्छन्, ‘श्रीमती त राम–नाम जपेर बस्ने बेलामा के को परीक्षा ? के को पढाइ हो ? भन्दै झर्किने पो गर्छिन् ।’ राज्यले दीर्घ तथा गम्भीर रोग लागेका बिरामी (मुटु, क्यान्सर र मिर्गौला) लाई एक÷एक लाख दिने घोषणा गरी कार्यान्वयनमा ल्याइसकेको कुरा यी ‘बा’ लाई थाहा रहेनछ । यी परीक्षार्थी ‘बा’ लाई उपचार रकम लिने प्रक्रियाका बारेमा जानकारी दिँदा भने मख्ख परे ।
प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  ०७:१६
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP