Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • कोरोना संक्रमण, विद्यालय नजान अपिल
कोरोना संक्रमण, विद्यालय नजान अपिल
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख ३, २०७८
Hardik health
काठमाडौं– सरकारले कारोना भाइरस (काभिड–१९)को संक्रमणबाट अतिप्रभावित जिल्ला वर्गीकरण गरेको छ । सरकारले कोरोना अतिप्रभावितका जिल्लाका रूपमा पहिचान गरेको १४ जिल्लामा विद्यालय सञ्चालन नगर्न र स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा संख्या मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ । ती जिल्लामा मन्त्रालयले हालसम्म सेवा बन्दबारे कुनै निर्णय नभए पनि संक्रमणको जोखिम रहेकाले ती जिल्लाका विद्यालयमा नगइदिन आग्रह गरेको हो । मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै रात्रि व्यवसाय, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरू, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा, सम्मेलन तथा बैठक नगर्न पनि आग्रह गरेको छ । यस्तै, मन्त्रालयले सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलहरू पनि सञ्चालन नगर्न तथा आम सर्वसाधारणलाई पनि सहभागी नभइदिन अनुरोध गरेको छ । विज्ञप्तिमा विशेषतः बालबालिका र युवावर्गमा संक्रमण तथा मृत्यु बढ्दो गतिमा रहेको उल्लेख गर्दै संक्रमण अवस्थाको विश्लेषण गर्दै मन्त्रालयले आवश्यक तयारी तथा समन्वयको प्रयासहरू गरिरहेको उल्लेख गरेको छ । मन्त्रालयले अबका दिनमा संक्रमण र यसको प्रभावका हिसाबले चुनौतिपूर्ण हुने सक्ने भन्दै सबै नागरिक तथा सरोकारवाला निकायलाई सचेत हुँदै संवेदनशील तथा जिम्मेवार बन्न आग्रह गरेको छ । मन्त्रालयले कोरोना संक्रमण दर तीव्रगतिमा बढे पनि मन्त्रालयले सम्पूर्ण अस्पतालहरूलाई फिबर क्लिनिक सञ्चालन र कोरोना परीक्षणका लागि नमुना संकलन गर्न निर्देशन दिएको छ । त्यस्तै, होटलमा आई बसोबास गर्ने विदेशी नागरिकहरूको गेस्ट रजिस्ट्रेसन सिस्टम चुस्त बनाउन र पिसिआर नतिजा नेगेटिभ भएको अवस्थामा मात्र बास राख्न, नियमित रूपमा सेवा लिन आइरहेका सेवाग्राहीलाई कोरोना संक्रमण पुष्टि भए मात्र अन्य अस्पतालहरूमा पठाउन अन्यथा अनावश्यक दुःख नदिन निर्देशन दिएको छ । मन्त्रालयले सबै सरकारी अस्तालहरूमा कम्तिमा ५० प्रतिशत बेडहरू कोभिड–१९ संक्रमितलाई व्यवस्थापन गर्न छुट्टयाएर तोकिएअनुसार निःशुल्क सेवा प्रवाह गर्न, निजी प्रयोगशाला तथा अस्पतालहरूलाई कोभिड–१९ को परीक्षण तथा उपचार तोकिएको शुल्कमा गर्न र बालबालिका, गर्भवती, सुत्केरी महिला, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिकहरूको कोभिड १९ परीक्षण तथा उपचार उच्च प्रथामिकताका साथ गर्न निर्देशन दिएको छ । सरकारले निजी प्रयोगशाला तथा अस्पताललाई कोभिड १९ को परीक्षण दुई हजार, संक्रमितको उपचार औषधीबाहेक जटिलताका आधारमा दैनिक सामान्यलाई तीन हजार पाँच सय, मध्यमलाई सात हजार र जटिललाई १५ हजारमा रूपैयाँ शुल्क तोकेको छ । उक्त शुल्कमा ५० प्रतिशतभन्दा बढी शुल्क बढाउन नपाउने मन्त्रालयले जनाएको छ । थप ५३४ जनामा कोरोना संक्रमण पछिल्लो २४ घन्टामा थप ५३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५८८ जनामा गरिएको पिसिआर परीक्षणमा ४९० जना र ५६४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये काठमाडौं जिल्लामा १४५, ललितपुरमा ४३, कास्कीमा ३८, बाँकेमा ८९, मोरङ र दाङमा १३÷१३, रूपन्देहीमा १६, महोत्तरी र बाग्लुङमा १०÷१० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमण निको हुनेको संख्या १५७ छ भने कोरोना भाइरस संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ । नेपालगन्जका विद्यालय बन्द कोरोना संक्रमण बढेपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाका प्रमुख धवलशमशेर जबराको अध्यक्षतामा बिहीबार बसेको नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बैठकले आइतबारदेखि एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखाका प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए । एकाएक संक्रमण उच्च गतिमा बढेपछि उपमहानगरपालिकाभित्रका विद्यालय बन्द गर्ने निर्णय गरिएको उनले बताएका छन् । बाँकेमा बुधबार एकैदिन १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । विपद् व्यवस्थापन समितिको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजानेसमेत निर्णय गरेको छ । विराटनगरमा संक्रमण बढ्दो प्रदेश १ को राजधानी विराटनगरमा कोरोना संक्रमण बढ्दै गएको छ । विराटनगर महानगरपालिकामा बुधबार मात्र १५ जना नयाँ संक्रमित भेटिएका थिए । कोरोना महामारीपछि तंग्र्रिदै गरेको विराटनगरमा पुन दोस्रो फेजको संक्रमण फैलिएको प्रमाण हो पछिल्लो संक्रमण । मन्त्रालयका अनुसार प्रदेश १ मा १७९ जना कोरोना संक्रमित छन् । तीमध्ये ११६ जना विराटनगर भित्रका छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  ०७:०१
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP