Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • रात्रिकालिन व्यावसाय बन्द गर्न निर्देशन
रात्रिकालिन व्यावसाय बन्द गर्न निर्देशन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत २६, २०७७
veeraswamy-britains-oldest
Hardik health
काठमाडौं– सरकारले रात्रिकालिन व्यावसाय बन्द गर्न निर्देशन दिएको छ । पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै सरकारले सतर्कता अपनाउन राति ९ बजेदेखि रात्रिकालीन व्यावसाय र रेस्टुरेन्ट बन्द गराउन निर्देशन दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सूचना जारी गर्दै कोरोनाको नयाँ भेरियन्टबाट संक्रमित हुनेको संख्या बढ्दै गएको हुँदा विद्यालय, सार्वजनिक यातायात, धेरै भिडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गराउन सरोकारवालाहरुलाई आग्रह गरेको छ । यस्तै विदेशबाट फर्केर घरमै क्वारेन्टिनमा रहेका तथा संक्रमित भएर घरमै आइसोलेसनमा बसिरहेकाहरुलाई आवश्यक निगरानी गर्न स्थानीय तह तथा प्रशासनलाई मन्त्रालयले अनुरोध गरेको छ । सार्वजनिक स्थानहरुमा मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने पनि मन्त्रालयले भनेको छ । मन्त्रालयले काठमाडौंलगायत सहरहरुमा कोरोना संक्रमण दर बढ्ने क्रममा रहेको दाबी गर्दै शैक्षिक संस्थाहरु र अन्य भीडभाड हुने ठाउँमा सतर्कता अपनाउन आग्रह गरेको छ । जारी सँचनामा भीडभाड हुने स्थान सिनेमा हल, स्विमिङ पुल, मन्दिरलगायत क्षेत्रमा उच्च सतर्कता अपनाउन आह्वान गरेको छ । मन्त्रालयले कोभिड १९ को संक्रमण दर बढेपछि उच्च सतर्कता अपनाउन सरोकारवालाहरुलाई अनुरोध गरेको छ । मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न र मापदण्ड लागु भए नभएको निगरानी गर्न स्थानीय तहहरुलाई सूचित गरेको छ । ठूला सहरहरुमा ५०० भन्दा बढी र साना सहरमा १०० भन्दा बढी संक्रमित देखिएमा ती स्थानमा अवागमन कडाइ गर्नसमेत स्थानीय प्रशासनलाई मन्त्रालयले अनुरोध गरेको छ । पछिल्लो समय विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढेकाले सतर्कता अपनाउन मन्त्रालयले शैक्षिक संस्थाहरुलाई सुझाएको छ । पछिल्लो समय संक्रमित भएकाहरुमा युके भेरियन्ट रहेको लक्षण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । संक्रमितहरुमध्ये धेरैको नमुनामा एस जिनको नेगेटिभको मात्रा धेरै देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको हो । यता, ५१४० मा कोरोना परीक्षण गर्दा ३३९ लाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ४१०० मा पिसिआर गर्दा २९८ मा पोजेटिभ आएको र १०४० मा एन्टिजेन परीक्षण गर्दा ४१ जनामा पोजेटिभ देखिएको हो । योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७८ हजार ८०९ पुगेको छ । पछिल्लो २४ घन्टामा ७४ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार ५२९ पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  ०७:४४
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP