Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • जिटुजी प्रणालीबाट कतारमा कामदार पठाउने तयारी
जिटुजी प्रणालीबाट कतारमा कामदार पठाउने तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन २४, २०७७
2130
Hardik health
काठमाडौ– कतारमा काम पठाउन जिटुजी प्रणाली अपनाउने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले बताएका छन् । आइतबार वैदेशिक रोजगार बोर्डले आयोजना गरेको अभिमुखीकरणका नयाँ पाठ्यक्रमअनुरुप तालिम सञ्चालनका लागि पुनर्ताजगी तालिमको समापन समारोहमा बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् । कार्यक्रममा उनले वैदेशिक रोजगारीका लागि विदेश जाने श्रमिकलाई सरकारी तवरबाटै विदेश पठाउने विषयमा छलफल भइरहेको बताएका छन् । मन्त्री चौधरीले कतारमा आउँदो विश्वकपका लागि सरकारी तबरबाटै नेपाली श्रमिक पठाउने गरी छलफल अघि बढेको जानकारी गराए । ‘मैले कतारी राजदूतसँग छलफल गरेको छु, विश्वकपका लागि उनीहरुलाई पनि श्रमिक चाहिएको छ, त्यसैले बरु पुरानो श्रम समझदारीको संशोधन गर्दै सरकारी तबरबाटै श्रमिक पठाउने गरी अब छिट्टै विज्ञसहितको टोली बसेर छलफल गर्छौँ,’ मन्त्री चौधरीले भने । सोही कार्यक्रममा बोल्दै मन्त्री चौधरीले वैदेशिक रोजगार व्यवसायीलाई गलत तरिकाले रकम नलिन आग्रहसमेत गरेका छन् । मन्त्री चौधरीले कुनै पनि म्यानपावर कम्पनीले सर्वसाधारण युवालाई ठगेमा मन्त्रालय र विभाग कारबाही गर्न पछि नपर्ने भन्दै सही तरिकाले काम गर्न र कसैलाई पनि नठगी काम गर्न निर्देशन दिएका छन् । लाखौँ रकम लिने र रसिद १० हजार दिने चलनले कारबाही गुर्नु पर्ने चुनौती थपिएको भन्दै गलत तरिकाले पैसा लिने, ढाँट्ने र ठग्नेलाई कुनै पनि हालतमा नछाड्ने मन्त्री चौधरीले बताए । मन्त्री चौधरीले गलत काम गर्ने म्यानपावर व्यवसायीलाई कडाइका साथ कारबाही गर्न विभाग र बोर्डलाई निर्देशनसमेत दिए । यस्तै, जापानमा श्रमिक पठाउनका लागि पनि कार्यविधि तयार गर्न लागिपरेको र इजरायलका सन्दर्भमा पनि अब छिट्टै काम सकिने उनको भनाइ छ । मन्त्री चौधरीले नयाँ परिमार्जन गरिएको पाठ्यक्रमले श्रमिकलाई फाइदा हुने बताउँदै अभिमुखीकरण तालिम थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । कतिपय सन्दर्भमा प्रमाणपत्र दिने तर अभिमुखीकरण तालिम चाहिँ नलिइएको पाइएको भन्दै मन्त्री चौधरीले अब मन्त्रालय आफैँले अनुगमन गर्ने पनि बताए । कार्यक्रममा बोल्दै वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले नयाँ पाठ्यक्रमलाई कडाइका साथ लागू गरिने र अनुगमनलाई प्रभावकारी बनाइने बताएका छन् । उनले ०७० देखि नै अभिमुखीकरण तालिमलाई प्रभावकारी र समयानुकूल बनाउनु पर्ने आवाज उठिरहेको भन्दै बोर्डले झन्डै साढे एक वर्षको समयावधि लगाएर पाठ्यक्रम परिमार्जन, देशगत म्यानुअललगायत तयार पारेको जानकारी दिए । अभिमुखीकरण तालिमलाई प्रभावकारी बनाउन बोर्डले आवश्यक पाठ्य सामग्रीहरु उपलव्ध गराउनेलगायत सहयोग गर्ने भन्दै तालिमलाई अझ गुणस्तरीय बनाउन पनि उनले आग्रह गरे । कार्यक्रममा बोल्दै अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतमले नयाँ पाठ्यक्रमले वर्तमान माग सम्बोधन गरेको र समयानुकूल बनाइएको भए पनि दुई दिनको तालिममा शुल्कको विषयमा आफूहरु सन्तुष्ट नरहेको बताए । न्यून शुल्कमा गुणस्तरीय तालिम प्रदान गर्न कठिनाइ रहेको भन्दै उनले अभिमुखीकरण प्रदान गर्ने संस्थाहरुको समस्या पनि सम्वोधन गरिनुपर्ने धारण व्यक्त गरे ।
प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  ०७:३४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP