Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • अन्योलमा इजरायल रोजगार
अन्योलमा इजरायल रोजगार
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन ३, २०७७
Hardik health
काठमाडौं– केयर गिभरअन्तर्गत भनेर ५ सय नेपाली श्रमिकलाई इजरायल पठाउन नेपाल– इजरायलबीच द्विपक्षीय श्रम सम्झौता भएको ४ महिनाभन्दा बढी भइसक्दा पनि इजरायल रोजगार अन्योलमै रहेको छ । १४ असोजमा वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहाल र नेपालका लागि इजरायलका राजदूत महामहिम खनान गोडेरेबीच इजरायल कामदार पठाउन द्विपक्षीय श्रम सम्झौता भए पनि हालसम्म सम्झौता सुनुवाइतर्फ सरकारको कुनै ध्यान गएको छैन । कामदार लैजान मूलपत्र (प्रोटोकल) तयार भएको चार महिना बितिसक्दा पनि किन ढिलाइ भन्ने प्रश्नमा मन्त्रालयबाट कामदार पठाउन कार्यविधि आइनसकेकाले ढिलाई भएको विभागका महानिर्देशक दाहालले बताएका छन् । उनका अनुसार मन्त्रालयबाट कार्यविधि आएको एक हप्तापछि इजरायल रोजगारीका लागि आवेदन माग गरिनेछ । त्यसो त फागुनको दोस्रो साताभित्र इजरायल रोजगारीका लागि आवेदन माग गर्ने तयारी भइरहेको बाहिर हल्ला छ । तर, महानिर्देशक दाहालले दोस्रो साताभित्र आवेदन माग गरिन्छ भन्नेमा ग्यारेन्टी नभएको बताएका छन् । प्रभाव दैनिकसँगको कुराकानीमा उनले भने, ‘मन्त्रालयबाट कार्यविधि आइसकेको छैन । फागुन दोस्रो साताभित्रै आवेदन माग गरिन्छ भन्ने कन्फर्म कसरी हुन्छ ? यसकारण म यही साताभित्र आवेदन खुला गरिन्छ भनेर भन्न सक्दिनँ । जुन दिन मन्त्रालयबाट कार्यविधि मेरो टेबलमा आइपुग्छ त्यस्को एक साताभित्र आवेदन माग गर्नेछु ।’ श्रमिकलाई इजरायल जानका लागि आवेदनमा किन ढिलाइ भन्ने प्रश्नमा सरकारको ढिलाइ सुस्तीका कारण भएको महानिर्देशक दाहाल बताउँछन् । उनी भन्छन्, ‘नेपाल सरकारको यही ताल हो दुई साताका ठाउँमा दुई महिना पनि लाग्छ । त्यसैले यही मितिमा आवेदन खुला गरिन्छ भनेर ग्यारेन्टी दिन सकिँदैन ।’ मन्त्रालयले विभागलाई कार्यविधि कहिले पठाउँछ भन्ने सन्दर्भमा मन्त्रालयका प्रवक्ता भरतमणि पाण्डेलाई पटक–पटक फोन सम्पर्क गर्दा पनि उनले उठाएनन् । यद्यपि, मन्त्रालयबाट कार्यविधि आउने बाटो विभागले कुरिरहेको महानिर्देशक दाहाल बताउँछन् । प्रोटोलभित्र के के छन् ? डिसेम्बर तेस्रो सातामा वृद्धवृद्धाको हेरविचार भनेर केयर गिभरमा ५ सय नेपाली श्रमिक इजरायल लैजान पाउने गरी सरकारले इजरायलसँग (प्रोटोकल) मा संयुक्त हस्ताक्षर गरेको थियो । मन्त्रिपरिषद्को बैठकले इजरायल रोजगारीका लागि ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष केयर गिभरमा पठाउन तयार गरेको प्रोटोकलमा विभागका महानिर्देशक दाहाललाई सम्पूर्ण अधिकार दिएको थियो । मन्त्रिपरिषद्को बैठकले केयर गिभरमा श्रमिक पठाउन स्विकृत दिएको प्रोटोकलमा इजरायलले पनि स्विकृत गरेको थियो । प्रोटोकलमा इजरायल श्रममा जानेको न्यूनतम तलब १५ सय डलर तोकिएको छ । प्रोटोकलमा उल्लेख भएअनुसार श्रमिकको न्यूनतम तलब १ हजार ५ सय डलर हुनेछ । तर, खाना र आवास सुविधा खर्च भने श्रमिक आफैँले ब्यहोर्नुपर्ने उल्लेख छ । खाना र आवास सुविधा खर्चबापत ३ सय १० डलर कटौती गरिने भनिएको छ । यसैगरी केयर गिभरअन्तर्गत इजरायल जान चाहने श्रमिकको योग्यता एसएलसी उत्तीर्ण गरेर १ बर्ष ३ महिना स्वास्थ्य सेवासम्बन्धि विषय पढेका वा १२ कक्षा पास गरी तीनमहिने केयर गिभर तालिम लिएका, अंग्रेजी र हिब्रु भाषामा दख्खल हुनुपर्ने भनिएको छ । केयर गिभरमा इजरायल कामदार छनोट नेपाल सरकारले गर्नेछ । त्यस्तै, प्रोटोकलमा केयर गिभरमा इजरायल जाने श्रमिकले भिसा शुल्क, मेडिकल शुल्क, टिकट, बिमालगायत शुल्क श्रमिक आफैँले ब्यहोर्नुपर्ने भनिएको छ । तर, श्रम गर्न गर्न जाने श्रमिकले निःशुल्क रूपमा वैदेशिक रोजगारमा जान पाउनुपर्ने व्यवस्था भए पनि प्रोटोकलमा त्यसविपरीत सम्झौता भएको भन्ने विज्ञहरूको भनाइ छ । सन् २०१५ मा नेपाल सरकारले इजरायलसँग गरेको केयर गिभर पठाउने श्रम समझदारी गरे पनि त्यसबाट श्रमिकले पर्याप्त लाभ उठाउन सकेका छैनन् । थोरै मागमा धेरै आवेदन परेपछि सरकारले कामदार छनोटमा चिठ्ठा प्रणाली लागू गरिदिनाले यस्तो समस्या निम्तिएको हो । भाषामा दख्खल हासिल गरेकाहरूलाई चिठ्ठा नपर्नु र भाषामा कमजोरी भएकाहरूले चिठ्ठा पाउनाले इजरायल रोजगारीले मूर्त रूप लिन नसकिरहेको वैदेशिक रोजगार विज्ञहरूले बताए ।
प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  ०७:२७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP