Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रमिक इजरायल पठाउन मूलपत्र तयार
श्रमिक इजरायल पठाउन मूलपत्र तयार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस ८, २०७७
Hardik health
काठमाडौं– केयर गिभर (वृद्धवृद्धाको हेरविचार) अन्तर्गत पाँच सय नेपाली श्रमिक इजरायल लैजान पाउने गरी सरकारले इजरायलसँग मूलपत्र (प्रोटोकल) तयार गरेको छ । मन्त्रिपरिषद्को बैठकले इजरायल रोजगारीका लागि ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष केयर गिभरमा पठाउन तयार गरेको प्रोटोकललाई स्वीकृत गरेर हस्ताक्षरका लागि वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाललाई सम्पूर्ण अधिकार दिएको छ । मन्त्रिपरिषद्को बैठकले केयर गिभरमा श्रमिक पठाउन स्विकृत दिएको प्रोटोकलमा इजरायलले पनि स्विकृत गरेपछि हस्ताक्षरको मिति तय गरिने जनाइएको छ । १४ असोजमा श्रमिक आपूर्तिबारे नेपाल र इजरायलीच श्रम सम्झौतापश्चात सरकारले प्रोटोकल तयार गरेको थियो । इजरायलले प्रोटोकलमा हस्ताक्षर गरेलगत्तै इजरालयमा केयर गिभरका रूपमा श्रमिक लैजान विज्ञापन हुने विभागले जनाएको छ । सम्झौताअनुसार केयर गिभरमा इजरायल जाने ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुषले त्यहाँका स्याहार केन्द्रहरूमा खटिनेछन् । न्यूनतम तलब १५ सय डलर प्रोटोकलमा उल्लेख भएअनुसार श्रमिकको न्यूनतम तलब १ हजार ५ सय डलर हुनेछ । तर, खाना र आवास सुविधा खर्च भने श्रमिक आफैँले ब्यहोर्नुपर्ने उल्लेख छ । खाना र आवास सुविधा खर्चबापत् ३ सय १० डलर कटौती गरिने भनिएको छ । श्रमिकको योग्यता केयर गिभरअन्तर्गत इजरायल जान चाहने श्रमिकको योग्यता एसएलसी उत्तीर्ण गरेर १ बर्ष ३ महिना स्वास्थ्य सेवासम्बन्धि विषय पढेका वा १२ कक्षा पास गरी तीनमहिने केयर गिभर तालिम लिएका, अंग्रेजी र हिब्ब्रु भाषामा दख्खल हुनुपर्ने भनिएको छ । केयर गिभरमा इजरायल कामदार छनोट नेपाल सरकारले गर्नेछ । शुल्क श्रमिकले नै बेहोर्नुपर्ने केयर गिभरमा इजरायल जाने श्रमिकले तोकिएका विभिन्न शिर्षकका शुल्कहरू आफैँ बेहोर्नुपर्ने उल्लेख छ । तयार भएको प्रोटोकलमा भिसा शुल्क, मेडिकल शुल्क, टिकट, बिमालगायत शुल्क श्रमिक आफैँले ब्यहोर्नुपर्ने भनिएको छ । श्रम गर्न गर्न जाने श्रमिकले निःशुल्क रूपमा वैदेशिक रोजगारमा जान पाउनुपर्ने श्रम विज्ञहरूको भनाइ छ । साथै, इजरायल कामदार पठाउने सन्दर्भमा सरकारी संयन्त्रबाटै श्रमिक आपूर्ति गर्ने गरी सम्झौता गरेर पुरानो नीति नै अबलम्बन गरिन लागिएको विज्ञहरू बताउँछन् । म्यानपावर कम्पनीमार्फत श्रमिक इजरायल आपूर्ति गरिएको अवस्थामा सबै शुल्क सम्बन्धित रोजगारदाता मुलुक वा त्यहाँका कम्पनीले तिर्नुपर्ने भनिएको छ । र, म्यानपावर कम्पनीले तोकिएको सेवा शुल्क मात्रै लिन पाउने व्यवस्था रहेको छ । हाल श्रमिकबाट म्यानपावर कम्पनीले १० हजार रूपैयाँ मात्र सेवा शुल्क लिन पाउने व्यवस्था सरकारले गरेको छ । निजी क्षेत्रलाई अन्य खाडी तथा मलेसिया जसरी नै वैदेशिक रोजगारीमा पठाउने पूर्णजिम्मेवारी दिइएको अवस्थामा श्रमिक ठगिने जोखिम बढ्ने भएकाले सरकार आफैँले त्यसको जिम्मेवारी लिएको भनिएको छ । इजरालमा श्रमिक आपूर्ति प्रक्रियामा सरकार आफैँ संलग्न भएर कामदार पठाउने भनिएको छ । रोजगारदाताले ‘फ्रि भिसा–फ्रि टिकट’ नदिए श्रमिकलाई इजरायल रोजगारीमा पठाउन नपाउने व्यवस्था पनि गरेको छ । ‘फ्रि भिसा–फ्रि टिकट’ भनिए पनि म्यानपावर कम्पनीले अदृश्य रूपमा कामदारबाट त्यसभन्दा बढी रकम लिने गरेका पनि उदाहरणहरू बग्रेल्ती छन् । यसअघि सन् २०१५ मा नेपाल सरकारले इजरायलसँग गरेको केयर गिभर पठाउने श्रम समझदारी गरे पनि त्यसबाट श्रमिकले पर्याप्त लाभ उठाउन सकेका थिएनन् किनकि थोरै मागमा धेरै आवेदन परेपछि सरकारले कामदार छनोटमा चिठ्ठा प्रणाली लागू गरिदियो । जस्ले गर्दा भाषामा दख्खल हासिल गरेकाहरूलाई चिठ्ठा परेन र भाषामा कमजोरी भएकाहरूले चिठ्ठा पाए । त्यसपछि म्यानपावर कम्पनीहरूले नै इजरायलमा केयर गिभर पठाउने अनुमति पाएका थिए ।
प्रकाशित मिति: बुधबार, पुस ८, २०७७  ०४:४५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP