Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • पीडितहरूद्वारा तलब दिलाइदिन अनुरोध
पीडितहरूद्वारा तलब दिलाइदिन अनुरोध
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस ३, २०७७
Hardik health
काठमाडौं– श्रम गरे पनि कोभिड–१९ का कारण देखाएर कम्पनीले आफूहरूलाई तलब नदिएको र रित्तो घर फर्किनुपरेको पीडा पोख्दै पीडितहरूले कम्पनीबाट आफूले पाउनुपर्ने तलब दिलाइदिन सम्बन्धित निकाय तथा विज्ञसँग अनुरोध गरेका छन् । अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा बुधबार पौरखी नेपालले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै पीडितहरूले आफूले श्रम गरेको रकम जसरी पनि दिलाइदिन सम्बन्धित निकाय तथा विज्ञहरूसँग अनुरोध गरे । कम्पनीमा रातदिन नभनी काममा जोतिँदा पनि रोजगारदाताले उल्टै शारीरिक र मानसिक यातना दिई तलबविहीन बनाएर कोरोनाको समयमा रित्तो घर फर्किनुपरेको व्यथा पीडितहरूले पोखेका छन् । तलब माग्दा उल्टै हेप्ने, हप्काउने र पिट्नेसम्म गरेको पनि उनीहरूले बताए । कार्यक्रममा सर्लाहीका दिनेश महतोले महामारीमा साउदीबाट बल्लतल्ल नेपाल फर्किएको र कम्पनीबाट एक वर्ष काम गरेको तलबमा बुझ्न बाँकी रहेको बताएका छन् । उनका अनुसार कम्पनीले १२ हजार साउदी रियाल दिन बाँकी छ । कोरोनाका कारण रोजगारी गुमँएका दोलखाका सुशील खड्का पनि दिनेजसरी नै रित्तो हात फर्किनुप¥यो । कतारमा श्रम गर्न पुगेका उनलाई कोरोना कारण देखाउँदै कम्पनीले सात महिनाको तलब नदिएको उनी बताउँछन् । त्यस्तै, घरेलु कामका लागि भारत हुँदै कुवेत पुगेकी विमला अधिकारीले पनि कम्पनीबाट भोग्नुसम्मको पीडा भोेगेको बताउँदै सरोवारवाला निकाय तथा विज्ञका सामु जसरी भए पनि आफ्नो तलब दिलाइदिन अनुरोध गरिन् । पीडितहरूको कुरा सुनेपछि श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालले श्रमिकहरूको न्याय नपाएको बताउँदै परदेशमा नेपाली श्रमिकहरू चरम श्रम शोषण पर्ने गरेको बताएका छन् । विदेशमा श्रम तथा आर्थिक शोषणमा परेर फर्किएका नेपाली श्रमिकहरूले वैदेशिक रोजगार विभागमा उजुरी गर्दा पनि १५ वर्षसम्म पनि उजुरी फरफारक नभएको उनले बताए । उनका अनुसार विभागमा परेका उजुरीमध्येमा ७२ प्रतिशत उजुरी फरफारक भएका छैनन् । यसकारण पनि श्रमिकहरूले कति न्याय पाए भन्ने प्रष्ट हुने उनले स्पष्ट पारे । भर्चुअल कार्यक्रमा बोल्दै अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओकी प्रतिनिधि नेहा चौधरीका अनुसार आप्रबासी नेपाली श्रमिकहरू न्यायको पहुँचमा पुग्न सकेका छैनन् । श्रमिकहरूको न्यायमा पहुँच एकदमै दयनीय अवस्था रहेको बताउँदै आप्रवासी नेपाली श्रमिकहरूको हकअधिकार सुनिश्चितताका लागि सबै सरोकारवालाहरू मिलेर अगाडि बढ्नुपर्ने उनले बताइन् । कार्यक्रमका प्रमुख अतिथि वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भने वैदेशिक रोजगारीको क्रममा भएका ठगीका सबै उजुरी विभागले महत्वका साथ हेर्ने गरेको बताएका छन् । विभाग सधैँ पीडितको पक्षमा उभिने र विभागमा पीडितले आफ्ना समस्या र गुनासाहरू राख्न कुनै ढिलाइ नगर्न पनि उनले सुझाए । विभागले पीडितलाई अझ सहज होस् भनी दिनदिनै सूचना जारी गरिरहेको र उजुरी लिन खोजिरहेको अवस्थामा पीडितहरूले न्यायका लागि उजुरी लिएर आउनुपर्ने पनि उनले बताएका छन् । उजुरी प्राप्त भएपछि न्यायका सवालमा यदि म्यानपावरले ठगेको हो भने म्यानपावरलाई बोलाएर कारबाही गरिने र गन्तव्य देशमा रहेको रोजगारदाताबाट ठगिएको हो भने सम्बन्धित देशमा रहेको नेपाली दूतावासलाई सम्पर्क गरेर न्याय दिलाइने पनि उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७  ०४:३५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP