Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • हत्याको आरोपी निरीक्षकसहित तीन प्रहरी फरार
हत्याको आरोपी निरीक्षकसहित तीन प्रहरी फरार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस २, २०७७
Hardik health
रौतहट– प्रहरी हिरासतमा चरम यातना दिई दलित युवकको हत्याका आरोपी निलम्बित इन्स्पेक्टरसहित ३ प्रहरी फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत इन्स्पेक्टर नवीनकुमार सिंहसहित तीन जना प्रहरीविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ पूर्जी जारी गरेपछि उनीहरू फरार भएका हुन् । इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका युवक विजय रामलाई यातना दिएर मारेको आरोपमा उनीहरू निलम्बनमा परेका थिए । गत ३१ साउन राति गरुडा नगरपालिका–८ जिगडियाका २० वर्षीय निरञ्जन रामको घाँटी रेटी हत्या भएको थियो । सोही घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरेका अभियुुक्त १९ वर्षीय विजय रामलाई प्रहरी हिरासतमा चरम यातना दिएर हत्या गरेको आरोप प्रहरीहरूमाथि रहेको छ । प्रहरीद्वारा चरम यातना पाएका रामको १० भदौमा नेसनल मेडिकल कलेज वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको थियो । सो घटनाको छानबिन माग गर्दै दलित अगुवाहरूले चरणबद्ध आन्दोलन गरेपश्चात छानबिन थालेको जिल्ला प्रहरी कार्यालय रौतहटले प्रारम्भिक अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी निरीक्षक सिंह, प्रहरी हवल्दारद्वउ हिरोज मियाँ धुनिया र मन्नुकुमार सिंहको संग्लनता देखिएको भन्दै तीनै जनालाई निलम्बनमा गरेको थियो । सो घटनापश्चात रौतहटका तत्कालीन एसपी रविराज खड्का प्रहरी प्रधान कार्यालयमा तानिएका थिए भने इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञानकुमार महतो प्रदेश प्रहरी कार्यालय सरुवा भएका थिए । मृतक युवकका परिवारले ३ जना प्रहरीविरुद्ध कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गराएका थिए । घटनामा दोषी देखिएका इन्स्पेक्टरसहित ३ प्रहरीमाथि प्रहरी नियमावली, ०७१ को (नियम ११५) ४ बमोजिम थप अनुसन्धान तथा जाँचबुझ हुन्जेलसम्मका लागि निलम्बन गरिएको जनाइएको छ । आरोपित प्रहरी निरीक्षकसहित तीनै जना प्रहरी सम्पर्कमा नआएपछि १७ मंसिरमा उनीहरूको स्थायी ठेगानामा पक्राउ पूर्जी टाँस गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । फरार प्रहरीहरू भारतमा लुकेर बसेको हुन सक्ने रौतहट प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले बताएका छन् । उनीहरूलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी कानुनी कठघरामा उभ्याउने एसपी शाहले बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, पुस २, २०७७  ०२:४३
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP