Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कतार सिन्डिकेट अध्ययन प्रतिवेदन मन्त्रालयमाः दाहाल
कतार सिन्डिकेट अध्ययन प्रतिवेदन मन्त्रालयमाः दाहाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर ३०, २०७७
Kumar Dahal
Hardik health
काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई कतार ‘सिन्डिकेट’बारे सत्यतथ्य अध्ययन÷अनुसन्धान गरेर प्रतिवेदन पठाएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताएका छन् । सोमबार प्रभाव दैनिकसँगको कुराकानीमा २४ मंसिरमा नै अध्ययन प्रतिवेदन मन्त्रालयलाई बुझाइएको र प्रतिवेदनभित्र कतार ‘सिन्डिकेट’का विषयहरू मात्र नभएर म्यानपावर व्यवसायीहरूको पछिल्लो घटनाक्रमलाई अध्ययन गरेर प्रतिवेदन बुझाइएको उनले बताए । ‘समितिले २४ मंसिरमा नै अध्ययन प्रतिवेदन बुझाएको छ । प्रतिवेदनभित्र कतार सिन्डिकेटका सन्दर्भमा मात्र रहेर अध्ययन गरिएको छैन,’ उनले भने, ‘प्रतिवेदनभित्र म्यानपावर व्यवसायीहरूका पछिल्ला घटनाक्रबारे पनि अध्ययन÷अनुसन्धान गरेर सुझावसहित मन्त्रील्यूलाई प्रतिवेदन बुझाइसकेका छौँ ।’ महानिर्देशक दाहालका अनुसार लगभग ६० पेजको प्रतिवेदन तयार भएको छ । प्रतिवेदनभित्र के के अध्ययन भए भन्ने विषयमा मन्त्रालयबाट नै सार्वजनिक गरिने उनले बताए । यसअघि ८ सय ५४ म्यानपावर व्यवसायीलाई थाहै नदिई १६ म्यानपावर व्यवसायीको मिलेमतोमा कतार कामदार पठाउन ‘सिन्डिकेट’ निम्ताउन लागेको समाचार बाहिरिएको थियो । जसमा कतार भिसा सेन्टरका सञ्चालक तथा एसओएस म्यानपावरका अध्यक्ष हेमबहादुर गुरुङ पनि मुिछएका थिए । २७ कात्तिकमा महानिर्देशक दाहालको नेतृत्वमा गठन भएको समितिमा परराष्ट्र मन्त्रालयका उपसचिव, श्रम मन्त्रालयका दुईजना उपसचिव र वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षसहित ५ सदस्य सम्मिलित रहेका छन् । व्यवस्थापिका संसदअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई १६ म्यानपावर कम्पनीले मात्र कतारमा नेपाली श्रमिक पठाउन लागेको विषयमा छानबिन गर्न ७ दिने निर्देशन दिएसँगै महानिर्देशक दाहालको नेतृत्वले छानविन अघि बढाएको हो । यद्यपि, सुरुमा ७ दिनका लागि भनेर समय दिइए पनि तिहार र छठ पर्वका कारण समय अपुग भएपछि समितिले पुनः अनुसन्धानका लागि समय अवधि बढाउन माग गरेको थियो । साथै, दुईसाता लामो समितिको छलफल र अनुसन्धानपछि समिति एउटा निष्कर्षका पुगेको र यसको रिपोर्ट २४ मंसिरमा मन्त्रालयलाई बुझाइएको उनले बताए । अनुसन्धानानभित्र के के छन् ? कतार रोजगारीमा पठाउन १६ म्यानपावर व्यवसायीले सिन्डिकेट रच्न लागेको हल्ला साँचो वा झूठो भन्ने सवालमा समितिले दुई हप्ताको समयअवधिभित्र विभिन्न म्यानपावर व्यवसायीसँग सोधपुछ गरेको बताइएको छ । यस अवधिमा नेपालस्थित कतारी दूताबासका अधिकारीहरूसँग सोधपुछ भएको र कतारस्थित कतार भिसा सेन्टर तथा त्यहाँको श्रम मन्त्रालयसँग समेत परराष्ट्र मन्त्रालयमार्फत कुराकानी भएको बताइन्छ । समितिले यस बीचमा काम गर्ने सिलसिलामा कतारका लागि पूर्वस्विकृतिबिनै ३ म्यानपावर व्यवसायीहरूले कतार प्रहरीका लागि भनेर अन्तर्वार्ता लिने क्रममा छापा मारिएको थियो । यसबीचमा एस.ओ.एस म्यानपावर, डि.डि. ह्यमुन रिसोर्स प्रा.लि. र होप इन्टरनेसनलको कार्यालयलयमा विभागले छापा मारेर ६ महिनाका लागि सम्पूर्ण कारोबार रोक्का गरिदिएको छ । यस विषयमा म्यानपावर व्यवसायीका छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघले समितिको निष्कर्ष र मन्त्रालयको निर्णय आएपछि चाल्नुपर्ने कदम अघि बढाइने जनाएको छ । समितिले मन्त्रालयलाई अध्ययन÷अनुसन्धानको प्रतिवेदन बुझाएको भन्ने खबर पाएको र मन्त्रालयको आधिकारिक निर्णयपछि संघले कदम चाल्ने संघका सचिव मेघनाथ भुर्तेलले बताए । उनले भने, ‘वैदेशिक रोजगार क्षेत्रमा सिन्डिकेटको कुनै नाम हुन दिइने छैन । ८ सय ५४ वटै म्यानपावर व्यवसायी एक हुन् । कुनै माथि। कुनै तल छैनन् ।’ व्यावसायीको साझा हकविपरीत काम गर्नेमाथि सबै एकजुट भइने उनले बताए ।
प्रकाशित मिति: मंगलबार, मंसिर ३०, २०७७  ०२:५७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP