Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • रोजगारीका नाममा फैलिँदै भिजिट भिसाको धन्दा
रोजगारीका नाममा फैलिँदै भिजिट भिसाको धन्दा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर २४, २०७७
TIA
Hardik health
विमानस्थलबाट फर्काइयो १ सय २० जनालाई काठमाडौं– भिजिट भिसामार्फत वैदेशिक रोजगारीका लागि भनेर विदेश जान तयार अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक हप्ताको अवधिमा १ सय २० जनाभन्दा बढीलाई फर्काइएको अध्यागमन विभागले जनाएको छ । उनीहरुको अपत्यारिलो हाउभाउ देखिएपछि विशेष सूचनाका आधारमा विभागबाट खटिएको टोलीले १९ मंसिरदेखि २२ सम्मको अवधिमा १ सय २० जना बढीलाई एयरपोर्टबाट घर फर्काएको प्रभाव दैनिकसँगको कुराकानीमा विभागका महानिर्देशक रमेशकुमार केसीले बताए । उनले भने, ‘सोधपुछका क्रममा भिजिट भिसामार्फत उनीहरु विदेश जान लागेको बताए पनि त्यस्तो देखिएन । थप सोधपुछका क्रममा कसैले आफू पहिलोपटक विदेश जान लागेको बताएका छन् भने कसैले के प्रयोजनका लागि जान लागेको त्यो बताएनन् । कागजी रुपमा सबै प्रमाण तन्दुरुस्त तर, शंकास्पद फेला परेपछि हामीले फर्काएका हौँ ।’ विमानस्थलबाट विदेशिनै लाग्दा लाग्दा विभागको फन्दामा परेका उनीहरुले भिजिट भिसामा नभई श्रमिकका रुपमा विदेश जान लागेको भेटिएको महानिर्देशक केसीले बताएका छन् । उनले भने, ‘त्यसपछि हामीले उहाँहरुलाई तपाई भिजिट भिसामा नभई श्रम गर्न जानु भएको रहेछ । पहिले श्रम प्रमाण गर्नुस् वा कोही आफन्त भेट्न जान लागेको हो भने विदेशमा आफन्त भएको प्रमाण गर्नुस् भने विमानस्थलबाटै फर्काएर ल्याएका छौँ ।’ भिजिट भिसामा जानेहरुले यकिन प्रयोजन बताउनुपर्ने र त्यो पुष्टि गर्ने आधार आवश्यक पर्ने उनी बताउँछन् । तर, अहिले कोभिड–१९ को संक्रमणका बेला म्यानपावर व्यवसायी वा त्यससम्बद्ध काम गर्ने एजेन्टहरुले विभिन्न बाटो अपनाउने क्रममा भिजिट भिसालाई विदेश पठाउने सजिलो अस्त्रका रुपमा प्रयोग गर्दै गरिएको पाइएको उनले बताए । भिजिट भिसामार्फत विदेश पठाउने धन्दा फैलिएपछि त्यसलाई कडाइ गर्न गृहमन्त्रालयको उपसचिवको नेतृत्वमा एक टोलीसमेत गठन गरिएको छ । उक्त टोलीले अबको केही दिनभित्र यस्ता धन्दाहरुको अनुगमन गरेर निष्क्रिय पार्ने बताइए पनि एजेन्टहरुले विभिन्न षड्यन्त्र रचेर सोझा सिधालाई विदेश पठाइरहेका छन् । भिजिट भिसामार्फत विदेश जान किन असम्भव ? नेपाल सरकारको उच्च ओहोदामा आसिन एक जना अधिकारीले चाहेको बेला विदेश भ्रमण गर्न मुस्किल हुने तर, त्यत्तिका धेरै संख्यामा एकैचोटी भिजिट भिसामार्फत विदेश जान सम्भव नभएको महानिर्देशक केसी बताउँछन् । ‘सरकारको उच्च ओहोदामा बसेका एक जना कर्मचारी चाहेको अबस्थामा आफ्नो गोजीबाट रकम निकालेर विदेश भ्रमण गर्न जान मुस्किल छ । तर, एक साधारण व्यक्ति यस्तो अवस्थामा विदेश भ्रमण गर्न जान लागेको विश्वसनीय आधार हुँदैन । यहिँ आधार नभेटिएपछि हामीले उहाँहरुलाई फर्कायौँ,’ उनले भने । सामान्यतयाः नेपाली नागरिकले भिसा लगाएको राहदानी (पासपोर्ट) र टिकट लिएर आउँछ भने विभागले कुनै थेनछुक वा कडीकडाउ नगर्ने महानिर्देशक केसीले स्पष्ट पारेका छन् । उनका अनुसार तर, पछिल्लो समय मिडिया वा अन्य सूचनाका आधारमा चनाखो गरिएको छ । दिइयो सबैलाई चिठी महानिर्देशक केसीका अनुसार उनीहरु सबैलाई के कारणले भिजिट भिसामार्फत विदेश जान लागेको स्पष्ट कुरा विभागसमक्ष बुझाउन माग गरिएको छ । उनीहरु सबैले कारण नखुलाई विदेश जान नपाउने पनि उनले बताए । हालसम्म केही मात्र विभागमा उपस्थित भएर विभागले दिएको चिठीको लिखित र मौखिक उत्तर दिएका छन् । उनीहरुमध्ये केहीले आफूले नाता प्रमाणित पत्र बोक्न भुलेको र अब आउँदा नाता प्रमाण पत्रसहितको कारण पत्र पनि बोकेर आउन विभागले भनेको उनले बताए । यसै सन्दर्भमा वैदेशिक रोजार विभागले पनि अब म्यानपावर व्यवसायीहरुको गतिविधिमा कडा अनुगमन तथा अनुसन्धान बढाइरहेको जनाएको छ । विभागका सूचना अधिकारी टिकामणि न्यौपानेका अनुसार पछिल्लो समय म्यानपावरहरुले भिजिट भिसाबाट नेपाली श्रमिकलाई विदेश पठाउने गरेको र अब दैनिक रुपमा अुनगमन टोली खटाइनेछ । उनले भने, ‘सोमबार पनि विभागको टोलीले अनुगमन ग¥यो । अनुगमनमा खटिएको टोलीले सिनामंगलको एक म्यानपावरबाट शंकास्पद फाइलहरु लिएको आएको छ । अब अनुगमनलाई अझ कडा र सशक्त पारिनेछ ।’ भिजिट भिसा धन्दाको सुरुवात भिजिट भिसामार्फत विदेश पठाउँदै आएको सिनामंगलस्थित सुर्खेत ओभरसिज प्रा.लि.को कार्यालयमा गएको शुक्रबार विभागबाट खटिएको टोलीले ताला लगायो । विभागका एक कर्मचारीले आफू श्रमिक बनेर भिजिट भिसामार्फत विदेश जान चाहेको भन्दै फोन सम्पर्क गर्दा म्यानपावरले भिजिट भिसामार्फत कामदार विदेश पठाउँदै गरेको र आफूलाई पनि पठाउने बतायो । अनुगमनका क्रममा उक्त म्यानपावरले भिजिट भिसाका नाममा धन्दा चलाएको पाइएपछि कार्यालयमा सिलबन्दी गरिदिएको थियो । त्यसदिन सुर्खेत ओभरसिजसँगै तीन म्यानपावर र एक ट्राभल एन्ड टुर्समा पनि विभागले छापा मारेर शंकास्पद कागजात, राहदानी बरामद गरेको छ । साथै, उनीहरुलाई विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७७  ०५:०८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP