Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सात दिनभित्र कतार सिन्डिकेटबारे निष्कर्ष आउने
सात दिनभित्र कतार सिन्डिकेटबारे निष्कर्ष आउने
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर १९, २०७७
Kumar Dahal
Hardik health
काठमाडौं– १६ म्यानपावर व्यवसायीको मिलेमतोमा कोभिड–१९ महामारीबीच पनि गोप्य रुपमा कतार रोजगारीमा पठाएर ‘सिन्डिकेट’ निम्त्याउन लागेको सन्दर्भ हल्ला कि सत्य भन्नेबारे अबको सात दिनभित्र निष्कर्ष आउने भएको छ । बिहीबार प्रभाव दैनिकसँगको कुराकानीमा आफ्नो नेतृत्वमा गठित समितिले अबको सात दिनभित्र सिन्डिकेटबारे हल्ला कि सत्य भन्नेमा निष्कर्षसहितको पूर्ण अनुसन्धान रिपोर्ट तयार पारेर मन्त्रालयलाई बुझाइने वैदेशिक रोजगार विभागका महादिर्नेशक कुमारप्रसाद दाहालले बताए । ‘दुई हप्ता लामो अनुसन्धान गरिसकेका छौँ । यस अवधिमा हामीले केही प्रमाणहरु पनि भेटेका छौँ । र, आगामी हप्ता यसबारेमा पूर्णरुपमा अनुसन्धानको निष्कर्ष बाहिर सार्वजनिक गरिनेछ,’ उनले भने, ‘मन्त्रालयलाई समितिले सात दिनभित्र रिपोर्ट बुझाउनेछ । र, यस अवधिमा पनि थप अनुसन्धान गरिनेछ ।’ दुई साता लामो अनुसन्धानले सत्य कि झूठो बताउँछ भन्ने प्रश्नमा समितिले एक खालको निष्कर्ष निकाले पनि अहिलै नै उक्त कुरा सार्वजनिक गर्न नमिल्ने उनले बताएका छन् । उनका अनुसार अहिले नै कतार रोजगारको सन्दर्भमा चलखेल भएको निष्कर्ष दिन मिल्दैन । उनले भने, ‘पूर्ण रुपमा अनुसन्धान भइनसकेकाले अहिले नै हामीले सत्य वा झूठो हो भनेर भन्न मिल्दैन । यसकारण पूरा निष्कर्ष हप्तादिनभित्र दिनेछौँ ।’ २७ कात्तिकमा उनको नेतृत्वमा गठन भएको समितिमा परराष्ट्र मन्त्रालयका उपसचिव, श्रम मन्त्रालयका दुईजना उपसचिव र वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष ५ सदस्य सम्मिलित रहेका छन् । व्यवस्थापिका संसदअन्तर्गतको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई १६ म्यानपावर कम्पनीले मात्र कतारमा नेपाली श्रमिक पठाउन लागेको विषयमा छानबिन गर्न ७ दिने निर्देशन दिएसँगै महानिर्देशक दाहालको नेतृत्वले छानविन अघि बढाएको हो । यद्यपि, सुरुमा ७ दिनका लागि भनेर समय दिइए पनि तिहार र छठ पर्वका कारण समय अपुग भएपछि समितिले पुनः अनुसन्धानका लागि समय अवधि बढाउन माग गरेको थियो । साथै, दुईसाता लामो समितिको छलफल र अनुसन्धानपछि समिति एउटा निष्कर्षका पुगेको र यसको रिपोर्ट अर्को हप्ता मन्त्रालयलाई बुझाउने उनले बताए । दुई हप्ताभित्र के के अनुसन्धान भए ? कतार रोजगारीमा पठाउन १६ म्यानपावर व्यवसायीले सिन्डिकेट रच्न लागेको हल्ला साँचो वा झूठो भन्ने सवालमा समितिले दुई हप्ताभित्र विभिन्न म्यानपावर व्यवसायीसँग सोधपुछ गरेको बताइएको छ । यस अवधिमा नेपालस्थित कतारी दूताबासका अधिकारीहरुसँग सोधपुछ भएको र कतारस्थित कतार भिसा सेन्टर तथा त्यहाँको श्रम मन्त्रालयसँग समेत परराष्ट्र मन्त्रालयमार्फत कुराकानी भएको बताइन्छ । समितिले यस बीचमा काम गर्ने सिलसिलामा कतारका लागि पूर्वस्विकृतिबिनै ३ म्यानपावर व्यवसायीहरुले कतार प्रहरीका लागि भनेर अन्तर्वार्ता लिने क्रममा छापा मारिएको थियो । यसबीचमा एस.ओ.एस म्यानपावर, डि.डि. ह्यमुन रिसोर्स प्रा.लि. र होप इन्टरनेसनलको कार्यालयलयमा विभागले छापा मारेर ६ महिनाका लागि सम्पूर्ण कारोबार रोक्का गरिदिएको छ । यस विषयमा म्यानपावर व्यवसायीका छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघले समितिको निष्कर्ष आएपछि चाल्नुपर्ने कदम अघि बढाइने जनाएको छ । समितिले हप्ता दिनभित्र अनुसन्धानको निष्कर्ष निकाल्ने बताएको र उक्त निष्कर्षपछि संघले कदम चाल्ने संघका सचिव मेघनाथ भुर्तेलले बताए । उनले भने, ‘वैदेशिक रोजगार क्षेत्रमा सिन्डिकेटको कुनै नाम हुन दिइने छैन । ८ सय ५४ वटै म्यानपावर व्यवसायी एक हुन् । कुनै माथि कुनै तल छैनन् ।’ उनका अनुसार व्यवसायीको साझा हकविपरीत काम गर्नेमाथि सबै एकजुट भइनेछ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०७७  ०५:२१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP