Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • कोरोना छ, त्रास छैन
कोरोना छ, त्रास छैन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर १८, २०७७
Hardik health
काठमाडौं– करिब नौ महिनाअघि चीनको वुहानबाट विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९)को जोखिम कायमै छ । तर, सर्वसाधारणमा कोभिड–१९ को त्रास छैन । करिब ६ महिने कडा लकडाउन भोगेका सर्वसाधारमा कोरोना त्रास हटेको बजारमा देखिएको भीडभाडले प्रष्ट देखाउँछ । काठमाडौंको मुख्य व्यापारिक बजार न्युरोड, असन, दरबारमार्गलगायत सार्वजनिक स्थानमा मानिसको भीड लाग्न थालेको छ । सरकारले लकडाउन तथा निषेधाज्ञा खुकुलो गरेसँगै बढेको चहलपहल अहिले सामान्य अवस्था जस्तै देखिन्छ । मुख्य बजारमा भीडभाड बढेको छ । सामान्य स्वास्थ्य मापदण्डसमेत पालना गर्न छाडिएको छ । कोरोना संक्रमणको उच्च जोखिममा रहेको काठमाडौं उपत्यकामा समेत बिनामाक्स मानिसहरू हिँड्डुल गर्न थालेका छन् । जसले गर्दा पुनः नेपालमा कोरोना संक्रमणको जोखिम बढेको स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चिसो मौसममा कोरोना संक्रमणले भयावह अवस्था लिन सक्ने भन्दै पटक–पटक चेतावनी दिँदै आएको छ । तर, न नागरिकले सरकारको मापदण्ड पालना गरेका छन्, न त सरकार डब्लुएचओ चेतावनीप्रति नै सजग छ । कोरोना संक्रमण बढ्ने भन्दै काठमाडौं उपत्यकामा मेयरहरूले दसैँ र तिहारलगत्तै उपत्यकामा लकडाउन गर्नुपर्ने सुझाव दिएका थिए । तर, गृहमन्त्रालयले अहिलेको अवस्थामा लकडाउन गर्नु आवश्यक नरहेको जनाएको छ । तर, पछिल्लो समय जुन अवस्थामा संक्रमित थपिँदै छन्, तिनले नेपालमा कोरोनाको त्रास कायममै छ भन्ने दर्शाउँछ । बुधबार मात्रै काठमाडौं उपत्यकामा मात्रै ७२३ जना संक्रमित थपिएका छन् । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंमा ५३१, भक्तपुरमा ५८ र ललितपुरमा ६१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, बुधबार देशभर १४ सय ९० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरै थपिएका १४ सय ९० जनासहित नेपालमा संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ भने १६ हजार ५४७ कोरोनाका सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार बुधबार १५ सय ६७ जना डिस्चार्ज भएका छन् । योसहित कोरोना जित्नको संख्या २ लाख १८ हजार १६१ पुगेको छ । बुधबार कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय ३८ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर क्वारेन्टिनमा ६०५ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ५ हजार ६०८ र होम आइसोलेसनमा १० हजार ७४१ जनाको उपचार भइराखेको छ । यस्तै, ३६५ जनाको आइसीयू र ६४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको पनि मन्त्रालयले जनाकारी दिएको छ । यसरी दिनदिनै संक्रमित बढिरहे पनि नागरिकस्तरमा स्वास्थ्य मापदण्ड पालना गर्न छाडिएको छ । सरकारले समेत कोरोना संक्रमणबारे चेतना जगाउने कुरालाई महत्व दिएको पाइँदैन । चिसो मौसममा कोरोना भाइरस बढी सक्रिय हुने भन्नै बेलायत, कोरिया, फ्रान्सजस्ता विकसित मुलुकहरूले समेत सचेत हुँदै लकडाउन जारी गरेका छन् ।  
प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०७७  ०५:०७
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP