Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • रोजगारीका नाममा मानव तस्करी बढ्दै
रोजगारीका नाममा मानव तस्करी बढ्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर १८, २०७७
Hardik health
काठमाडौं– कोभिड–१९ का कारण वैदेशिक रोजगारको बाटो बन्द भएको अवस्थामा पछिल्लो समय वैदेशिक रोजगारीको नाममा मानव तस्करीका घटना बढिरहेको सरोकारवालाहरूले बताएका छन् । बुधबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेका ‘कोरोना महामारीको समयमा मानव तस्करीको अवस्था’ विषयक कार्यक्रममा उपस्थित भएका सरोकारवालाहरूले वैदेशिक रोजगारीको नाममा मानव तस्करीको घटना बढिरहेको बताएका हुन् । कोभिड–१९ का कारण कतिपय गन्तव्य मुलुकहरूमा वैधानिक बाटोबाट जान सहज नहुँदा बेरोजगार युवाहरू आइपर्ने जोखिम नै मोलेर भए पनि वैदेशिक रोजगारीमा जाँदा मानव तस्करी बढिरहेका प्रतिनिधिसभाकी सदस्य सांसद डा.डिला संग्रौलाले बताएकी छन् । उनका अनुसार मानव तस्करीका घटना बढ्दै जानुमा दुई वटा पक्ष दोषी देखिन्छ । पहिलो– देशमा रोजगार दिन नसक्नु र दोस्रो गन्तव्य मुलुकमा सहज रूपमा कामदार जाने वातावरण नहुनाले वैदेशिक रोजगारीका नाममा मानव तस्करीका घटनाहरू मौलाइरहेको उनले बताइन् । उनले भनिन्, ‘यस्ता समस्याको पाटोमा काम गर्ने हाम्रो संयन्त्र पनि कमजोर छ । यसकारण मानव तस्करीका घटना कम गर्न देशमा रोजगारीका अवसर वृद्धि, विदेशबाट फर्किएका युवाहरूलाई देशमै पुनस्र्थापनाको आवश्यकता छ ।’ त्यस्तै, कतिपय गन्तव्य मुलुकस्थित नेपाली दूताबासहरूले मागपत्र प्रमाणीकरणको काम सहज नबनाइदिनु राज्यकै कमजोरी भएको पनि उनले औँल्याइन् । नेपाली दूताबासहरूले मागपत्र प्रमाणीकरणको काम सहज नबनाइदिँदा युवाहरू अवैध प्रक्रियामार्फत वैदेशिक रोजगारीमा जान बाध्य रहेको उनले बताइन् । यसका लागि सरकारका सबै निकाय तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरी मानव तस्करका घटना कम गर्न सकिने उनले सुझाव दिइन् । मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी डा. देवबहादुर बोहराले कोरोनाका कारण धेरै युवाहरू बेरोजगार बनेको र विदेशबाट पनि रोजगारी गुमाएर उनीहरू फर्किँदा मानव तस्करीका घटनाले बढवा पाएको बताएका छन् । उनका अनुसार अहिले मानव तस्करीको घटना घट्नुभन्दा पनि निरन्तर बढ्दो छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले बेरोजगार समस्याका कारण मानव बेचबिखन तथा ओसारपसारका घटना बढ्दै गइरहेको बताएका छन् । उनका अनुसार कतिपय व्यक्ति तथा संस्थासमेत यसतर्फ महत्वकांक्षी बन्दासमेत मानव बेचबिखनका घटना बढ्दै गएको छ । त्यसो त हाल विदेशबाट रोजगारका लागि मागपत्र आए पनि मागपत्र प्रमाणीकरण नहुँदा पनि अवैध रूपमा युवाहरूलाई रोजगारका लागि गन्तव्य मुलुकमा पठाउने क्रम बढेको उनले बताएका छन् । १४ भदौदेखि वैदेशिक रोजगारीका लागि श्रम स्विकृति खुल्ला भए पनि अझै पूर्ण रूपमा मागपत्र प्रमाणीकरण हुन नसक्नु आश्चर्य रहेको उनले बताए । मागपत्र प्रमाणीकरणको सहजीकरणको सवालमा वैदेशिक रोजगार विभाग तथा श्रम मन्त्रालयले आफ्नो जिम्मेवारी निर्वाह गरेर सम्बन्धित देशका दूताबासहरूले मागपत्र प्रमाणीकरण नगरिदिँदा यसतर्फ समस्या देखिएको उनको भनाइ छ । यसैगरी वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले वैदेशिक रोजगारीमा श्रम स्विकृति, मागपत्र प्रमाणीकरणलगायत केही प्रक्रियाहरू बन्द रहे पनि हाल विश्वका सबै मुलुकहरूमा नेपाली श्रमिकहरूका लागि बाटो खुल्ला भएको बताएका छन् । संस्थागत रूपमा तथा व्यक्तिगत रूपमा नेपाली श्रमिकहरू विश्वका जुनसुकै मुलुकमा जान नेपाल सरकारले खुल्ला गरे पनि खाडीका कतिपय गन्तव्य मुलुकहरूले आन्तरिक कारणले मागपत्र प्रमाणीकरणको काम नगरेकाले केही असहज भएको उनले बताए । ‘मागपत्र प्रमाणीकरणको विषयलाई सहजीरकण गरिदिन परराष्ट्र मन्त्रालयमा हामीले अनुरोध गरिरहेका छौँ । आन्तरिक व्यवस्थापनका केही असहज कारण छन् भन्ने छन् । तर अहिले जुन तरिकाले युएईलगायत देशमा भिजिट भिसामार्फत कामदार पठाउने कुरा सुनिएका छन्,’ उनले भने, ‘मागपत्र प्रमाणीकरणको समस्यामाथि परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर नीतिगत रूपमा सहजीकरण गरिनेछ ।’ महानिर्देशक दाहालका अनुसार ४० लाखभन्दा बढी नेपाली युवाहरूले जिविकोपार्जन गर्ने वैदेशिक रोजगारीको क्षेत्र निकै ठूलो सञ्जाल रहेकाले यसमा राम्रा र नराम्रा दुवै पाटाहरू रहेको छ । साथै, यसभित्र मानव तस्करका संस्थागत तथा व्यक्तिगत गिरोहहरू सक्रिय रहेको पनि उनले बताए । हाल विभागमा आएका वैदेशिक रोजगारीका नाममा ठगी तथा तस्करीका घटनामाथि आफूले निगरानी बढाएको र अपराधमा संलग्न व्यक्तिहरूलाई कारबाही प्रक्रिया बढाइरहेको पनि उनले बताएका छन् । यद्यपि, मानव तस्करी नियन्त्रणमा विभागले मात्र नभएर सम्बन्धित सबै संयन्त्रले सक्रिय रूपमा काम गर्नुपर्ने र वैदेशिक रोजगारीमा जाने व्यक्तिहरू विशेषगरी चनाखो हुनुपर्ने सुझाव उनले दिए । तस्बिरः गुगलबाट
प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०७७  ०४:५४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP