Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ओशो रिक्रुटिङ म्यानपावर कम्पनीलाई कारबाहीको तयारी
ओशो रिक्रुटिङ म्यानपावर कम्पनीलाई कारबाहीको तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर ९, २०७७
Hardik health
काठमाडौं– ४१ जना युवालाई यूएई पु¥याएर अलपत्र पार्ने म्यानपावर ओशो रिक्रुटिङ एजेन्सी प्रा.लि.लाई वैदेशिक रोजगार विभागले कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ । सोमबार प्रभाव दैनिकसँगको कुराकानीमा पुरानो बानेश्वरमा सञ्चालनमा रहेको उक्त म्यानपावरले ती युवाहरूलाई आकर्षक तलबको लोभ देखाएर युएईमा अलपत्र बनाएको उजुरी परेसँगै कारबाही प्रक्रिया बढाइएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताए । महानिर्देशक दाहालका अनुसार ओशो रिक्रुटिङ एजेन्सी प्रा.लि.को इजाजत रोक्का गरी आवश्यक छानबिन तथा कारबाही प्रक्रिया अघि बढाइएको छ । ‘४१ जना युवाले विभागमा उजुरी दिएसँगै आवश्यक कारबाहीका लागि प्रमाणहरू माग गरेका थियौँ । र, हालसम्म आएका प्रमाणहरूका आधारमा म्यानपावरमाथि कारबाही अघि बढाइनेछ ।’ ४१ जना युवालाई पठाउने म्यानपावर मात्र नभएर त्यससँग सम्बन्धित रहेका व्यक्तिउपर पनि आवश्यक अनुसन्धान भइरहेको र दोषी देखिएमा कारबाही गरिने उनले बताएका छन् । ओशो रिक्रुटिङङ म्यानपावरले आफूहरूको करोडौँ रूपैयाँ ठगी गरेको आरोप लगाएका ती युवाहरूले आफूहरूबाट जनही अढाइ लाखदेखि साढे ३ लाखसम्म असुलेको विभागमा उजुरी दिएको पनि उनले बताए । कोभिड–१९ संक्रमण फैलिनुअघि नै उक्त म्यानपावरबाट विदेशिएका ती युवाहरूले कोरोना संक्रमणकै समयमा उद्धार भएर फर्किएको ७ महिना बितिसक्दा पनि अहिलेसम्म कुनै क्षतिपूर्ति पाउन नसकेको उजुरीमा उल्लेख छ । विभागमा उजुरी परेसँगै विभागले युएईस्थित नेपाली दूताबासलाई उनीहरूले त्यहँँ तलब पाए–नपाएको निश्चित गर्न पत्रचार गरिसकेको महानिर्देशक दाहालले बताए । उजुरी दिने सबै ड्राइभर महानिर्देशक दाहालका अनुसार विभागमा उजुरी दिने सबैजना विभिन्न चरणमा ओशो रिकुटिङमार्फत् शारजाहको इमिरेट्स क्याब नामक ट्याक्सी कम्पनीमा ड्राइभिङ कामका लागि पुगेका थिए । साथै, यससँग सम्बन्धित थप कुरा बुझ्नका लागि दूताबासलाई विभागले पत्राचार गरिसकेको र यदि उनीहरूले तलब नपाएको दूताबासले निश्चित गरेको खण्डमा सोहीअनुसार कानुनी प्रक्रिया अपनाएर कारबाही प्रक्रिया अघि बढाइने उनले बताए । युएई पुगेर अलपत्र भएको बताउने सबै युवाहरू लकडाउनकै बीचमा नेपाल फर्किएर आफूहरूले म्यानपावरले गरेअनुसारको सेवा सुविधा नपाएको भन्दै उजुरी दिएका थिए । महानिर्देशक दाहालका अनुसार कोही ६ महिनामै फर्किएका हुन् भने कोही १ वर्षसम्म बसेर फर्किएका हुन् । सम्झौता पत्रमा कमिसनको लोभ सम्झौता पत्रमा कम्पनी, कर्मचारी र एजेन्टले आफूहरूलाई तलबबाहेक आकर्षक कमिसन आउने र मासिक डेढ लाखभन्दा बढी आम्दानी हुने आसा देखाएर ३ लाखभन्दा बढी रकम आफूहरूबाट लिएको पीडितले उजुरीमा भनेका छन् । साथै, म्यानपावर कम्पनीले युएईमा १ हजार ५ सय दिराम तलब, दिनमा ८ घन्टा ड्युटी र हप्तामा १ दिन बिदा दिइने भनेर कागजी सम्झौता गरेको पनि उजुरीमा उल्लेख छ । तर, सम्झौता पत्रबमोजिम तलब, कमिसन र ड्युटी नभएको पीडितहरूले विभागसमक्ष उजुरी दिएका छन् । साथै, उजुरी दिएका केही भने डुयुटी गरेबापत घन्टाको आधारमा कमिसन मात्रै आउने तर त्यो पनि निकै कम आउने उनीहरूले गुनासो गरेको महानिर्देशक दाहालले बताए । यही बीचमा समस्यामा परेपछि उद्धार गरिदिन भन्दै अबुधाबीमा रहेको नेपाली दूताबासमा उनीहरू पुगेका थिए । तर, खान बस्न पनि गाह्रो हुने अवस्था आएपछि उनीहरू लकडाउनकै बीचमा स्वदेश फर्किएका थिए । महानिर्देशक दाहालका अनुसार विभागले दबाव दिएपछि उनीहरूलाई फर्किन म्यानपावरले हवाइ टिकट उपलब्ध गराएको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७  ०३:५३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP